प्रहरीमा मनपरी सरुवाबढुवा
काठमाडौं । नेपाल प्रहरीमा केही समययता व्यक्ति हेरेर मापदण्ड हेरफेर हुन थालेको छ । पछिल्लो समय गरिएको डीआईजी बढुवा र उपत्यकाअन्तर्गतका केही डीएसपी सरुवामा यस्तो गरिएको छ ।
माथिल्ला तहका हाकिमहरूले आफ्ना निकट मान्छेहरूलाई विभिन्न जिम्मेवारीमा ल्याउन मनपरी गर्न थालेपछि संगठनभित्र असन्तुष्टि बढेको प्रहरीका एक उच्च अधिकारीले बताए ।
११ डीआजी बढुवा भएकोमा पहिलो नम्बरमा विनोद शर्मा घिमिरे, दोस्रोमा विकास श्रेष्ठ र तेस्रोमा ठाकुरप्रसाद ज्ञवाली रहेका छन् । त्यसैगरी पूर्णचन्द्र जोशी, तारिणिप्रसाद लम्साल, शैलेश थापा क्षत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापति र सूर्यप्रसाद उपाध्याय रहेका छन् ।
यही असोज २० गते भएको बढुवामा यस्तो ढंगले योजनाबद्ध परिणाम ल्याइएपछि समस्या भएको हो । संगठनभित्र विवादास्पद मानिएका पाललाई आईजी बनाउने योजनाअनुरूप यो बढुवा गरिएको बुझिएको छ । अहिले पाँचौं नम्बरसम्म बढुवा भएका आईजी खनालकै ब्याजी हुन् । त्यपछि शैलेन्द्र थापा पछि दोस्रो नम्बरमा पाललाई बढुवा गरिएको छ । यो ब्याजबाट पहिला एसएसपीमा बढुवा हुँदा उनी सातौं नम्बरमा थिए भने अहिले दोस्रो नम्बरमा छन् ।
पाल एसपी भएर भैरहवा नाकामा बस्दा निकै विवादित बनेका थिए । चर्चित ३३ केजी सुन प्रकरणमा बयानका क्रममा विमल पोद्धारले समेत पोलेका थिए । छानबिन समितिले बुझाएको प्रतिवेदनमा समेत उनको नाम उल्लेख छ । उनी डीएसपी भएर नुवाकोट बस्दा एक विवादास्पद एनजीओको कार्यक्रममा गएको तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालले स्पष्टीकरण सोधेका थिए । बैद्धमा बस्दा तिब्बतियनसँग पैसा खाएको भनेर रेकर्डमा जनिने गरी कारबाही भएको थियो ।
आईजी खनालले आफ्ना ब्याचमेटहरूलाई च्याप्दा पछिल्लो लर्टका भए पनि काबिल रहेका एसएसपीहरू विश्वराज पोखरेल, धिरजप्रताप सिंह, उत्तम सुवेदी र वसन्त लामालगायतलाई अन्याय भएको बताइएको छ ।
काबिलहरूलाई ल्याउने क्रममा पुराना भन्दैमा क्षमताहीनहरूलाई च्याप्ने काम विगतमा पनि नहुने गरेको बताइएको छ । तर, आईजी खनालले यस्तो गरेपछि प्रहरीभित्र असन्तुष्टि बढेको छ ।
डीआईजीमा बढुवा भएसँगै एसपीहरूबाट एसएसपीमा बढुवा हुने बाटो खुलेको छ । रिक्त १५ एसएसपीमा ५० एसपीहरू लबिङमा रहेको बताइएको छ । डीआईजी बढुवापछि रिक्त हुने १५ एसएसपी पदका लागि करिब ५० भन्दा बढी एसपीहरू लबिङमा लागेका छन् । एसपीहरू गणेश रेग्मी, सन्दीप भण्डारी, वसन्तबहादुर कुँवर, रामदत्त जोशी, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, बुद्धिराज गुरुङ, मीरा चौधरी थारू, राजेशनाथ बास्तोला, विष्णुकुमार केसी, दीपक थापा, पोषराज पोखरेल, भरतबहादुर बोहरा, टेकप्रसाद राई, रवीन्द्र केसी, नवराज भट्ट, उमेशराज जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, अशोक सिंह, हृदय थापा, उमाशंकर पन्जियार, नरेन्द्रप्रसाद उप्रेती, कुवेर कडायत, केदार ढकाल, राजेन्द्र विष्ट, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, कृष्णकुमार महत, लालमणि आचार्य, गोविन्दकुमार शाह, किरण राणा, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डे, मुकेशकुमार सिंह, चक्रबहादुर सिंह, सुदीप राजभण्डारी, कृष्णहरि शर्मा पोखरेल, सुरेन्द्र मैनाली, राजेन्द्रकुमार थापा क्षत्री, यज्ञविनोद पोखरेललगायतबीच प्रतिस्पर्धा देखिन्छ । त्यस्तै, बढुवाको प्रतिस्पर्धामा रहेको एसपीहरू गणेश रेग्मी, सन्दीप भण्डारी, रामदत्त जोशी, विष्णुकुमार केसी, राजेशनाथ बाँस्तोला, बुद्धिराज गुरुङ, दीपक थापा, अशोक सिंह, हृदय थापा, टेकबहादुर तामाङ व्यावसायिक प्रहरी अधिकारी हुन् । त्यस्तै, अर्का एसपी राजुबाबु श्रेष्ठ आगामी कात्तिक १४ गते ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाशमा जाने भएकाले उनको बढुवा हुने सम्भावना छैन । यता, प्रहरी प्रधान कार्यालयले उपत्यकाका तीन प्रहरी वृत्तको नेतृत्व परिवर्तन गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धमा डीएसपी नरेन्द्र चन्दलाई खटाएको छ । बौद्धका डीएसपी श्यामकुमार राई गत शनिबार घुस काण्डमा निलम्बनमा परेपछि वृत्तको नेतृत्व रिक्त रहेको थियो । अहिले ल्याएकाहरू पनि बदनाम पात्रका रूपमा चिनिन्छन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply