डीएसपी धिताल मुख्यालय तानिए
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर भन्सार नाकामा बसेर बदमाासी गर्ने सशस्त्र प्रहरीका डीएसपी सोधपुछका लागि मुख्यालय तानिएका छन् । सेटिङमा व्यापक मात्रामा तस्करी गराएको आरोपमा सशस्त्र प्रहरी बल नम्बर ३९ राजस्व तथा भन्सार गस्ती सुरक्षा गुल्मका गुल्मपति डीएसपी मनोज धिताल मुख्यालयको निगरानीमा परेका हुन् । उनलाई केही दिनअघि मात्र मुख्यालय झिकाएर यस विषयमा सोधपुछ गरिएको स्रोतले बताएको छ ।
कमान्ड क्षमता कमजोर भएका तर पैसा भनेपछि मरिहत्ते गर्ने डीएसपी धिताल कपिलवस्तु आएपछि भन्सार राजस्वसमेत प्रभावित भएको थियो । यसबारे बुधबार साप्ताहिकले गत अंकमा समाचार प्रकाशित गरेको थियो । गत जेठमा लक्ष्यभन्दा १२९ प्रतिशत राजस्व संकलन भएको थियो भने असारमा ४८ तथा साउनमा ८६ प्रतिशतभन्दा बढी राजस्व संकलन भएकोमा डीएसपी धिताल साउन अन्तिममा सो गुल्ममा आएपछि गत असोज महिनामा मात्र राजस्व लक्ष्यभन्दा २० प्रतिशत कम संकलन भएको थियो । जसका कारण सशस्त्र प्रहरी बल मुख्यालयले यसबारे चासो लिएको हो । तर, असुली धन्दामा लागेर उनले संगठनकै बदनाम गराएका छन् । जसले गर्दा भ्रष्टाचार शून्य सहनशीलताको सशस्त्रको नीतिकै उनले धज्जी उडाउने दुस्साहस गरेका छन् । यसका साथै आन्तरिक रूपमा समेत कुनै कमान्ड र समन्वय गर्न सक्ने क्षमता नभएका डीएसपी धितालले अत्यधिक मात्रामा बिदा छोडेर रासनमा समेत बदमासी गर्ने गरेको विषयमा समेत मुख्यालयले उनीसँग सोधपुछ गरेको थियो । डीएसपी धितालले आफ्नो बचाउ प्रयास गरे पनि मुख्यालयले बोलाएकै दिन र पत्रपत्रिकामा समाचार प्रकाशित भएपछि उनले मातहतका कर्मचारीलाई रातारात फोन गरेर युनिटमा हाजिर गराएका थिए । यस्तै, उनले अब आफ्नो कमीकमजोरी सुधार्नेसमेत सोधपुछका क्रममा बताएको स्रोतले उल्लेख गरेको छ । संगठनले तोकेभन्दा धेरै कर्मचारी बिदा छोड्ने तर रासनको पैसाचाहिँ बुझाउनुपर्ने नियम नै थियो । जसले गर्दा सो गुल्म पश्चिम क्षेत्रमै सबैभन्दा बढी बिदा मिल्ने कार्यालयका रूपमा चर्चित हुन पुगेको थियो । उनको यो हर्कत लाई बुटवलमा रहेको ५ नम्बर बाहिनीले समेत कुनै वास्ता नगर्दा संगठनलाई चुस्तदुरुस्त र भ्रष्टाचाररहित बनाउने नेतृत्वको चाहनासमेतमा गम्भीर असर पर्ने देखिएको छ ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply