भण्डारीको नियुक्तिपछि बिचौलिया हर्षित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अनियमिततालगायतको आरोपमा बर्खास्त गरेका तत्कालीन स्वकीय सचिव इन्द्र भण्डारीलाई नै अन्ततः प्रधानमन्त्रीको स्वकीय सचिवालयमा प्रमुख स्वकीय सचिवको जिम्मेवारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा सरकारबाट बाहिरिएलगत्तै भण्डारीलाई स्वकीय सचिवबाट बर्खास्त गरेका थिए । दुई दशकभन्दा बढी सचिवालयमा रहेर साथ दिएका भण्डारीलाई व्यापारीहरूसँग मिलेर अनियमित काम गरेको, स्वकीय सचिवालयलाई दुरुपयोग गरेर अनुचित लाभ लिएको आरोपमा बर्खास्त गरिएपछि तत्कालीन एमालेभित्र ठूलै तरंग उत्पन्न भएको थियो । अपमानजनक ढंगले बर्खास्तमा परेपछि भण्डारीको उपस्थिति पार्टी कार्यालय, ओली निवास बालकोट, संसदीय दलको कार्यालय सिंहदरबारमा धेरै कम भएको थियो ।
त्यसो त उनीसँगै अर्का स्वकीय सचिव रमेश आचार्य पनि अनियमितताकै आरोपमा बर्खास्तगीमा परेका थिए । अहिले आचार्यलाई प्रधानमन्त्री निवास बालुवाटार प्रतिबन्धितजस्तै छ । यद्यपि, प्रधानमन्त्री ओलीको सार्वजनिक कार्यक्रममा पुगेका बेला सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्न भने आचार्यले छाडेका छैनन् । पदीय दुरुपयोग गर्दै धादिङमा सयौं रोपनी सरकारी जग्गा आफ्नो नाममा दर्ता गराएपछि उनी जिल्लामा पनि धेरै बदनाम छन् । उनले पदीय दुरुपयोग गरेको विषयमा जानकारी पाएकाहरूले तत्कालीन युवासंघमा पनि आचार्यलाई कसैले रुचाउँदैनन् । उता, भण्डारीले पनि प्रधानमन्त्री ओलीसँग नजिकको हिमचिम रहेका, टीसीएनलाई प्रभाव पारेर तीन दशकभन्दा बढी समयदेखि तस्करीको काठ बेचेर अर्बपति भइसकेका व्यापारीसँग मिलेर प्रधानमन्त्रीको नाम बेचेरै धेरै क्षेत्रमा लगानी गरेको बताइन्छ ।
यी सबै कर्तुतहरूको उद्घाटन भएकैले प्रधानमन्त्री ओलीले लामो समय साथमा रहेका भण्डारीलाई बर्खास्त गरेका थिए । तर, तिनै भण्डारीलाई प्रधानमन्त्री बनेको करिब नौ महिनापछि प्रमुख स्वकीय सचिवमा नियुक्ति दिइएपछि बिचौलियाहरू भने धेरै हर्षित भएको बताइन्छ । भण्डारीलाई स्वागत गर्नेहरूको प्रधानमन्त्री कार्यालय, सिंहदरबारदेखि सरकारी निवास बालुवाटारमा दिनहुँ भीडभाड लाग्ने गरेको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply