डीएसपी आचार्य उठ्तीपुठ्तीमा
काठमाडौं । महानगरीय प्रहरी परिसर सिंहदरबारको कमान्ड गर्न केही महिनाअघि मात्रै आएका डीएसपी काजीकुमार आचार्य केही महिनामै बदनाम भएका छन् । उनले त्यहाँ आएबाट नै सिंहदरबारजस्तो महŒवपूर्ण वृत्तमा केही नयाँ काम गरेर देखाउनेभन्दा पनि उठ्तीपुठ्तीमा ध्यान दिन थालेपछि बदनाम भएका हुन् ।
यसअघि डीएसपी अपिल बोहोराले कमान्ड गरेको सो वृत्तमा बागबजार, पुरानो बसपार्कदेखि अन्य व्यापारिक महŒवपूर्ण स्थानहरूसमेत पर्छ । बागबजार र पुरानो बसपार्क क्षेत्रमा अधिकांश होटेल छन् र ती होटल अवैध यौन व्यवसाय हुने ठाउँका रूपमा परिचित छन् ।
डीएसपीका रूपमा आचार्य आएयता त्यस क्षेत्रमा नियमित रूपमा असुली धन्दा जारी राखी अवैध काम गर्न छुट दिइरहेको बताइन्छ । उनले बागबजार, पुरानो बसपार्क र पुतलीसडकलगायतका स्थानका त्यस्ताखाले होटलहरूबाट नियमित असुली गर्ने गरेको भन्दै गुनासो आएको छ । त्यसैले त्यस क्षेत्रमा अचेल निर्वाध रूपमा यौन व्यवसाय फस्टाएको बताइएको छ ।
कहिलेकाहीँ उनी छापा मार्न जाने गरे पनि पहिल्यै सूचना दिएर जाँदा सो क्षेत्रमा रंगेहात त्यस्तो अवैध गतिविधि फेला पार्न नसकिएको बताइएको छ ।
वृत्तले सूचना संकलनका लागि घुमुवा प्रहरी राख्न नपाउने प्रावधान भए पनि सो प्रावधानविपरीत डीएसपी आचार्यले आफूमातहत चार जवानलाई सुराकी राखेका छन् । उनीहरूले त्यस्ता गतिविधिको सूचना संकलन गर्ने र सोही आधारमा बार्गेनिङ गर्ने गरिएको बताइएको छ । त्यस्ता अधिकारीलाई महागनगरीय प्रहरी आयुक्त कार्यालयले वार्षिकोत्सवका अवसरमा पुरस्कृत गरिएकोमा अन्य अधिकारीहरू भने अचम्ममा परेका छन् ।
सम्बन्धित समाचार
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग
Leave a Reply