पहिले अस्वीकृत, अहिले फेरि दाबेदार
काठमाडौं । ६ महिनाअघि संसदीय सुनुवाइबाट अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशी फेरि प्रधानन्यायाधीशको रोस्टरमा परेका छन् । न्यायपरिषद्ले भावी प्रधानन्यायाधीशका लागि जोशीसहित दुई जनाको नाम संवैधानिक परिषद्मा पठाएको छ । न्यायपरिषद् सचिवालयले परिषद्मा पठाइएको सूचीमा जोशी र अर्का न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम उल्लेख छ ।
पुस १६ देखि प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकाश पाउँदै छन् । उनले अवकाश पाउनुभन्दा एक महिनाअघि नै संवैधानिक इजलासले भावी प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संविधानमा उल्लेख छ ।
६ महिनाअघि प्रधानन्यायाधीशका लागि जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएका थिए । त्यसपछि राजीनामा दिन्छन् भन्ने धेरैको अड्कलविपरीत जोशी सर्वोच्चको न्यायाधीशकै रूपमा जागिरमा फर्किए ।
न्यायाधीशका रूपमा काम गर्न संविधानले नरोकेको भन्दै उनले नियमित काम गरे । सर्वोच्च अदालतमा अहिले उनी र राणा मात्र प्रधान्यायाधीश हुन योग्यता पुगेका न्यायाधीश छन् । सर्वोच्च अदालतको न्यायाधीशका रूपमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशका लागि योग्य हुने संविधानमा उल्लेख छ । न्यायपरिषद्ले संवैधानिक परिषद्मा पठाएको सूचीमा जोशीबारे संवैधानिक परिषद्बाट यसअघि अस्वीकृत कैफियत पनि उल्लेख भएको छ । यसअघि अस्वीकृत भइसकेकाले पनि फेरि उनका बारेमा संसदीय समितिमा छलफल नै नहुने भएकाले पुस १६ पछि राणाले प्रधानन्यायाधीशका रूपमा न्यायालय सम्हाल्ने बुझिएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply