एनआईसी एसियाको सीईओमा न्यौपाने

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । तत्कालीन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजीनामापछि न्यौपानेले कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए ।
आन्तरिक लेखापरीक्षण विभाग प्रमुखका रूपमा तत्कालीन बैंक अफ एसिया नेपाल लिमिटेडबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्व सम्हालेका छन्। न्यौपाने चार्टड एकाउन्टेन्ट समेत हुन् । न्यौपानेलाई सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । अधिकृत न्यौपानेले बैंकका ग्राहकलाई उत्कृष्ट, सरल एवं सुलभ बैंकिङ सेवाप्रदान गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्पले परिकल्पना गरेबमोजिम सबै सरोकारवालाको सर्वाङ्गीण आर्थिक समृद्धिका लागि एक उत्कृष्ट बैंकका रूपमा स्थापित गर्ने बताएका छन् ।
एनआईसी बैंकले मुलुकभर २ सय ६५ शाखा कार्यालय, २ सय ७० एटीएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
-
शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply