एकेडेमीमा कस्ता–कस्ता आए ?
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले आफूनिकटका स्रष्टाहरूलाई मात्र समेटेर गठन गर्ने आशंका व्याप्त रहे पनि केही दिनअघि पूर्णता पाएको नेपाल प्रज्ञा–प्रतिष्ठानमा अरू विचारमा बाँधिएका अनुहारहरू पनि परेका छन् । सत्तारूढ नेकपादेखि नेपाली कांग्रेसनिकटका लेखक–साहित्यकारहरूसमेत नवगठित प्रज्ञा–प्रतिष्ठानमा अटाएका छन् ।
कुलपतिमा गंगाप्रसाद उप्रेती र सदस्य–सचिवमा जगतप्रसाद उपाध्यायको नियुक्ति भएको करिब एक महिनापछि प्रज्ञा–प्रतिष्ठानले पूर्णता पाएको हो । कुलपतिमा उप्रेती दोहोरिएका हुन् भने सदस्य–सचिव उपाध्याय नयाँ अनुहार हुन् । यसपटकको प्रज्ञा–प्रतिष्ठान गठनलाई सरकारले भरिसक्य समावेशी बनाउन खोजे पनि ब्राह्मण–क्षत्रीहरूको बाहुल्य रहेको भनी जनजाति वृत्तबाट आवाज पनि उठ्न पुगेको छ ।
नवगठित प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यमा कांग्रेसनिकट मानिने डा. दिनेशराज पन्त र प्रा.डा. उषा ठाकुर नियुक्त भएका छन् । दुवै यसअघि पनि परिषद् सदस्य थिए । यसअघि उनीहरू कांग्रेसको सिफारिसमा नियुक्त भएका थिए । तर, प्रज्ञा–प्रतिष्ठानमा दोहोरिने चाहना राखे पनि कांग्रेसनिकट श्रवण मुकारुङ भने बाहिरिएका छन् । प्रज्ञा–प्रतिष्ठान गठन हुनुपूर्व नेपाली लेखक संघका कार्यवाहक अध्यक्ष मुकारुङ र नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले प्रज्ञा–प्रतिष्ठान गठनका लागि आफ्नो संस्थाबाट पनि सिफारिस माग्नुपर्ने भनी वक्तव्य निकालेका थिए । सरकारले सिफारिस मागे मुकारुङले आफ्नो नाम सिफारिस गरेर दोहोरिने चाहना राखेका थिए । तर, उनको चाहना पूरा हुन पाएन । प्राज्ञ सभामा पनि यसअघि कांग्रेसको कोटाबाट परेका विवश पोखरेल र धु्रव मधिकर्मी दोहोरिएका छन् ।
यसपटक प्राज्ञ परिषद्मा पूर्वएमालेबाट कुलपति, सदस्य–सचिवसहित पाँचजना परेका छन् । परिषद्हरूमा पूर्वएमालेबाट हेमनाथ पौडेल, माया ठकुरी र देवी नेपाल परेका छन् भने पूर्वमाओवादी केन्द्रबाट गोपिन्द्र पौडेल र लक्ष्मी माली परेका छन् । परिषद्मा पर्ने डा. योगेन्द्रप्रसाद यादव भने तटस्थ मानिन्छन् ।
परिषद्मा पर्ने लगभग टुंगो भइसके पनि केही स्रष्टाहरूको नाम अन्तिम समयमा आएर काटिएको बताइन्छ । त्यसमा गायत्री विष्ट, शशि लुमुम्बु र मातृका पोखरेल रहेका छन् । विष्टको त टुंगो लागिसकेको बताइन्छ । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सद्भाव थियो भने एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विष्टलाई परिषद्मा पठाउन चाहेका थिए । दुईपटक प्राज्ञ सभामा परिसकेका उनी अन्तिम समयमा हटाइएकी थिइन् । उनलाई परिषद्मा लगेर अनुवाद विभागको जिम्मेवारी दिने टुंगो लागे पनि सोही विभाग दिने गरी डा. ठाकुरलाई दोहो¥याइएको छ ।
प्राज्ञ सभामा दोहोरिएका लुमुम्बु पनि अन्तिममा आएर नाम काटिएको बताइन्छ । उनको नाम काटेर देवी नेपाललाई ल्याइएको हो । त्यस्तै, पोखरेलले पनि परिषद्मा दोहोरिन चाहेका थिए । तर, उनलाई नल्याएर गोपिन्द्र पौडेललाई ल्याइएको छ । प्राज्ञ सभामा पोखराका सूर्य खड्का ‘बिखर्ची’ पनि परेका छन् । बेग्लै राजनीतिक दल खोलेर बसेका उनले केही समयअघि एमालेमा आफ्नो दल मिसाएका थिए । उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको गृहजिल्लावासी भएका नाताले परेका हुन् । तर, यसपटक प्रज्ञा–प्रतिष्ठान गठन हुँदा मन्त्री अधिकारीले एकदुईजनाभन्दा बढी मानिसलाई पार्न सकेनन् ।
उपकुलपतिमा नियुक्त डा. जगमान गुरुङलाई भने ‘राजावादी’ भनेर आरोप लागेको छ । तत्कालीन राजा ज्ञानेन्द्रको पालामा २०६१ सालमा परिषद् सदस्यमा नियुक्त भएका उनले २०६२÷६३ को जनआन्दोलनपछि अरू प्राज्ञहरूसँगै राजीनामा दिएका थिए । तत्कालीन उपकुलपति डा. वासुदेव त्रिपाठी र परिषद् सदस्य रत्नाकर देवकोटाले राजीनामा नदिए पनि अधिकांश प्राज्ञहरू भने राजीनामा दिएर बाहिरिएका थिए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply