कसरी देलान् अध्यक्षद्वयले जवाफ ?
काठमाडौं । आठ दिनको लगातार छलफलपछि स्थगित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज पुनः पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बस्दै छ । ४५ सदस्यीय स्थायी समितिमा बैठकमा सहभागीमध्ये ४१ जनाले अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकिएकाले सकभर आजै बैठक समापन गर्ने नेकपाको तयारी छ ।
राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नमाथि केन्द्रित रहेर अध्यक्ष ओली र प्रचण्डले आज जवाफ दिएपछि बैठक सकिनेछ । बैठकमा राजनीतिक प्रतिवेदनमाथि खरो टिप्पणी र आलोचना भएकाले सचिवालय सदस्य वामदेव गौतम, नेता भीमबहादुर रावललगायतले प्रस्तुत गरेको लिखित धारणालाई समेत समेटेर प्रतिवेदन परिमार्जन होइन, पुनर्लेखन नै गर्नुपर्ने पनि जोडदार माग उठेको छ । प्रतिवेदनमा सरकारको कामको प्रशंसा मात्रै गरिएको, कमजोरीहरू स्वीकार नगरिएको, पार्टी एकताका बाँकी कामका सवालमा ठोस प्रस्ताव नआएको जस्ता विषयमा स्थायी समितिमा धेरैले आलोचना गरेका छन् । त्यसैले पनि ती सबै आलोचनाहरूलाई समेत समेटेर प्रतिवेदन परिमार्जन गर्नुपर्ने आवश्यकता छ । पुनर्लेखनको अर्थ दिशाहीन प्रतिवेदनको अर्थ लाग्ने भएकाले धेरै विषय सच्याउनुपर्ने भए पनि कम्युनिस्ट पार्टीमा सामान्यतया सबैको धारणा आइसकेपछि परिमार्जनसहित पारित गर्ने प्रचलन छ । त्यसअनुसार अध्यक्ष ओली र प्रचण्डले प्रतिवेदन परिमार्जनको प्रस्ताव राख्ने बताइएको छ । बैठकबाट कार्यतालिकासहित एकीकरणको खाका पारित गर्ने, केही मापदण्डहरू बनाइने बुझिएको छ । त्यस्तै, केन्द्रीय कमिटी बैठक आह्वान गर्ने सम्भावना रहेकोसमेत बताइएको छ ।
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply