कसरी बन्यो नौ जनाको कार्यदल ?
काठमाडौं । स्थायी कमिटीको अन्तिम दिनको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको थियो । बैठककै बीचमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठककक्षबाट जुरुक्क उठेर हिँडे । उनी माथिल्लो तलामा रहेको आफ्नो कार्यकक्षमा गए । आफ्नो कार्यकक्षमा पुगेपछि उनले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि बोलाए । खबर आएपछि दाहाल पनि ओली कै कार्यकक्षमा छिरे ।
दुई नेताबीच केही समय कुराकानी भएपछि दुवै नेता पुनः बैठस्कस्थलमा फर्किए । अध्यक्ष दाहालले सांगठनिक एकताको सबै काम गर्न एउटा कार्यदल गठन गर्ने भन्दै कार्यदलमा पाँच जनाको नाम प्रस्ताव गरे । उनले प्रस्ताव गरेकोमा रामबहादुर थापा, विष्णु पौडेल, वर्षमान पुन, योगेश भट्टराई र शंकर पोखरेलको नाम थियो । नाम सुनिसकेपछि अष्टलक्ष्मी शाक्यले ती नाममा अरू दुईजनाको नाम थप्नुपर्ने भन्दै रघुजी पन्त र वेदुराम भुसालको नाम प्रस्ताव गरिन् । यसमा वरिष्ठ नेता माधवकुमार नेपालले पनि समर्थन जनाए । त्यसपछि लेखराज भट्टले प्रादेशिक सहभागिताका पनि हेर्नुपर्ने भन्दै भीम रावलको नाम प्रस्ताव गरे भने रावलले भट्टको नाम लिए । थापा, पौडेल, पुन, भट्टराई, पोखरेल, पन्त, भुसाल र भट्ट गरी आठ जनाका नाममा सबैको सहमति भएपछि अध्यक्ष ओलीले आठ नभएर नौ सदस्यीय बनाऔं, यसमा रघुवीर महासेठको नाम थपौं भन्ने प्रस्ताव राखे । नौ जनाकै नाम बैठकले सर्वसम्मतिका साथ पारित ग¥यो ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply