‘चोर बाटो’ बाट कोरिया घुमघाम
काठमाडौं । अनावश्यक वैदेशिक भ्रमणमा सरकारले कडाइ गरेपछि कर्मचारीहरू ‘चोर बाटो’ अपनाएरै भए पनि विदेश घुम्न छाडेका छैनन् । कतिपय कर्मचारीहरू सरकारको आँखा छल्न बिदा लिएरै विदेश घुम्न थालेपछि वैदेशिक भ्रमणको कडाइमाथि नै प्रश्नचिह्न उठ्न थालेको छ ।
पछिल्लो समय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका आठ जना कर्मचारी बिदा लिएरै दक्षिण कोरिया घुमेर स्वदेश फर्किसकेका छन् । दक्षिण कोरियाबाट आएको सरकारी निम्तोमा ती कर्मचारीहरू गुपचुप घुमेर फर्किएका हुन् । वैदेशिक भ्रमणमा जान प्रधानमन्त्री कार्यालयले कडाइ गरेपछि उनीहरू बिदा मिलाएर कोरियाको साताव्यापी भ्रमण सकेर फर्किएका हुन् ।
कोरिया घुमेर फर्किनेहरूमा सो मन्त्रालयका अधिकृत अरुण जीसी, अर्का अधिकृत अरुण काफ्ले, जिसी थर गरेका अर्का अधिकृत, प्रधानमन्त्री आधुनिक कृषि परियोजनाका अधिकृत गणेश चालिसेलगायत आठजना रहेका छन् । उनीहरू कोरियामा सम्पन्न खाद्यसम्बन्धी कार्यक्रममा भाग लिन गएको आशंका गरिएको छ । तर, उनीहरू कुन कार्यक्रममा गएका हुन् भन्नेबारे मन्त्रालयले सूचना गोप्य राखेको छ । परियोजनाका अधिकृत चालिसे भने उक्त कार्यक्रमका लागि असम्बन्धित व्यक्ति भए पनि उनले पनि कोरिया घुम्ने मौका पाएका छन् ।
कोरियाबाट मन्त्रालयमा निम्तो आएपछि मन्त्रालयले केही कर्मचारीको नाम सिफारिस गरेर छनोट गर्ने प्रक्रियाको समेत थालनी गरेको थियो । तर, प्रक्रिया थालनी भए पनि त्यसलाई रोकेर मन्त्रालयका सचिव युवकध्वज जीसीलगायतको मिलेमतोमा गुपचुप रूपमा नै कर्मचारीहरूलाई विदेश पठाउने कार्य गरिएको बताइन्छ । एकैपटक आठजना कर्मचारी बिदा लिएर विदेश भ्रमणमा जाँदा मन्त्रालयले चासो राख्नुपर्नेमा उक्त कार्यमा सचिव जीसी स्वयंकै संलग्नता रहेको हुँदा त्यत्तिकै गुपचुप राखिएको हो । तर, विदेशबाट कार्यक्रमका लागि निम्तो आएपछि मन्त्रालयको वैदेशिक भ्रमण सिफारिस समितिले विदेश भ्रमणमा जाने कर्मचारीहरूको नाम सिफारिस गर्ने गर्दछ र त्यसपछि योजना महाशाखाको मातहतमा रहेको मानव संशाधन शाखाले भ्रमणको प्रक्रिया अघि बढाउने गर्दछ । सिफारिस समितिको संयोजकमा प्रशासन महाशाखाको प्रमुख हुने व्यवस्था रहेको छ ।
तर, यसपटक भने कोरिया भ्रमणको निम्तो आए पनि कुनै प्रक्रिया अपनाइएन । मानव संसाधन शाखाका प्रमुख शिरीष पुनले भने, ‘हामीले कुनै कर्मचारलाई पनि विदेश पठाएका छैनांै । मैले पनि केही कर्मचारी कोरिया गएर फर्र्किएको भन्ने कुरा सुनें । कोही बिदा लिएर घुम्न जान्छन् भने हामीलाई थाहा हुने कुरा भएन ।’
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply