पुराना ठाउँहरूमा फेरि घुम्न जाँदा
यस वर्षको मे महिनामा मैले ब्रिटेन घुम्न जाँदा यस्तो विचार गरेको थिएँ, आन्दोलनसम्बन्धी केही राजनीतिक कामहरू पूरा गरिसकेपछि, फेरि जर्मनी फर्किनुपहिले लन्दन सहरको त्यस क्षेत्रमा अवश्य पुग्नेछु जहाँ हामीले प्रवासी जीवन बिताएका थियौं । त्यसमा पनि म त्यस क्षेत्रमा पुग्नेछु, जहाँ म माक्र्स परिवारसँग बसेको थिएँ ।
सोमबार ८ जुनका दिन हामी (म, एल्योनोरा (तुस्सी) र उनका श्रीमान एवलिङ) साइडेनहैमका लागि प्रस्थान ग¥यौं । किनभने त्यहाँबाट रेलगाडी, घोडागाडी र बसबाट पनि सोहो स्क्वेयरका नजिकैको टोटेनहैम कोर्ट रोडको घुम्तीमा पुग्न सकौं । त्यहाँबाट मात्र हामीले आफ्नो खोजीकार्य आरम्भ ग¥यौं । त्यस कार्यमा हामीले पनि त्रायको पुरातात्विक स्थलको उत्खनन कार्य सम्पन्न गर्ने स्लिमानले जस्तै गरी व्यवस्थित ढंगबाट आफ्नो काम थाल्यौं । स्लिमान त्रायलाई त्यसै रूपमा बुझ्न चाहन्थे, जस्तो अवस्था प्रियाम र हेक्टोरका जमानामा थियो । हामीले पनि ठीक त्यस्तै गरी लन्दनको त्यस क्षेत्रलाई पाँचौं दशाब्दीको अन्त्यदेखि लिएर छैटौं र सातौ दशाब्दी सम्मका प्रवासीहरू बस्ने लन्दनको ‘अनुसन्धान’ गर्न थाल्यौं ।
त्यसपछि हामी सोहो स्क्वेयर र लिसेस्टर स्क्वेयरदेखि नजिकै पर्ने टोटेनहैम कोर्ट रोडको घुम्तीमा पुग्यौं । जुन ठाउँमा हामी जर्मन र फ्रान्सिसी प्रवासीहरू बेसहारा भएका कारणले हामी नै एकआपसमा सूत्रबद्ध भएका थियौं ।
सुरुमा हामी सोहो स्क्वेयर पुग्यौं । त्यहाँ कुनै प्रकारको परिवर्तन भएको थिएन । तिनै घरहरू जसका भित्ता र छानाहरूमा ध्वाँसाको जालो रहेको हुन्थ्यो । यहाँसम्म कि कैयौं साइनबोर्डहरू र फर्मका तिनै पुराना नामहरू जस्ताको तस्तै कायम थिए । …हामीलाई सपनाजस्तै लागि रहेको थियो र मेरा सामुन्नेमा तिनै युवावस्थाका दिनहरू साकार भएका थिए । करिब ४०–४५ वर्ष अघिका सबै कुरा हावाको झोंक्काले कुहिरोलाई पन्छाइदिएझैं गरी सबै स्मृति ताजा भएर आए । मलाई लाग्यो २५ वर्षको जर्मन प्रवासी युवाले त्यो स्क्वेयरलाई पार गरेर अर्को परिचित गल्लीको बाटो हुँदै ओल्ड काम्पटन स्ट्रिट तर्फ जाँदै छु । त्यही पुरानो मोडेल लाँजिङ हाउस जसमा डेढ पुस्तापहिले हामी खुसीखुसीका आफ्ना दुष्कर दिनहरू बिताएका थियौं । त्यो हाउस पनि जस्ताको तस्तै थियो । त्यस अवस्थामा मलाई लाग्यो कहीँकतै ‘लालवोल्फ’का नजिकैबाट हिँडिरहेको छु कि, अथवा कोनराद श्राम्म मेरै अगाडि पो आई पुग्छन् कि भन्ने आभासजस्तो भइरहेको थियो । त्यस क्षेत्रमा पुग्दा मलाई लागि रहेको थियो म हिजो मात्र त्यहाँ आइपुगेको हुँ । कस्तो आश्चर्य ! लन्दनका ती घरहरूको आवास क्षेत्रमा, त्यस्ता गल्ली र बाटाहरू छन् र त्यस्ता बस्तीहरू छन्, जहाँ समयको परिवर्तनले कुनै प्रकारको प्रभाव पार्न सकेको छैन । त्यस्ता ठाउँहरू छन् जहाँ समयका परिवर्तनको कुनै पनि लहरबाट अक्षत रहेका छन् ।
त्यसपछि हामी अगाडि बढ्यौं । सोझै अगाडि पट्टि चर्च स्ट्रिटसम्म त्यो चर्च अहिले पनि जस्ताको तस्तै छ । त्यसका नजिकै रहेको रक्सीपसलमा पनि कुनै प्रकारको परिवर्तन भएको छैन । त्यसैका अगाडिपट्टिको दुईवटा झ्याल भएको तीनतले घर पनि जस्ताको तस्तै छ । त्यसमा लेखेको १४ नम्बर पनि उस्तै छ । जहाँ मैले आठ वर्ष बिताएको थिएँ ।
हामी केही पछाडि फर्किएर त्यहाँको घुम्ती हुँदै अगाडि बढ्छौं । यो मैक्लसफिल्ड स्ट्रिट हो । तर यहाँको ६ नम्बरको घर कता गएछ ? त्यो घर त यहीं हुनुपर्ने हो, तर त्यो घर खोज्नु व्यर्थ छ । किनभने त्यहाँबाट एउटा नयाँ सडक बनेको रहेछ त्यसैले सो घरलाई निलिदिएछ । अब त्यहाँ सो घर छैन । यसै घरमा एंगेल्सले आफ्नो प्रवासी जीवन बिताएका थिए । उनी त्यस घरमा त्यतिबेलासम्म बसे, जबसम्म उनका अनुशासन प्रिय बाबुले आफ्ना छोरालाई उद्योग, कारोबारको हेरचाह गर्न मेनचेस्टर पठाइदिएनन् ।
त्यसपछि हामी अगाडि बढ्छौं । यो डिन स्ट्रिट हो । तर, यहाँ त्यो घर कुन होला, जसमा माक्र्स आफ्नो परिवारका साथमा वर्षौदेखि बसेका थिए । मैले पहिले पनि उनी बसेको त्यो घर पत्ता लगाउने असफल प्रयास गरेको थिएँ । पछि मलाई एंगेल्सले बताए त्यहाँका घरघरहरूका नम्बरहरू यता उता चेन्ज भइरहन्छन् । त्यहाँको एउटा घरदेखि अर्को घरको बनोट छुट्ट्याउन त्यति नै मुस्किल हुन्छ, जस्तो कि दुइटा अन्डामा रहेको अन्तर छुट्ट्याउन मुस्किल पर्छ । यसभन्दा अगाडिको लन्दन यात्रामा मसिनो गरी खोजेर त्यो घर पत्ता लगाउने मसँग समय थिएन । मैले यो कुरा हेलेनासँग उनको निधन हुनुभन्दा केही समय पहिल्यै भनेको थिएँ । उनले पनि निश्चितै रूपमा केही भन्न सकिनन् कि माक्र्स बसेको त्यो घर कुन थियो ? स्पष्ट छ, यो कुरा तुस्सीलाई थाहा हुने कुरै भएन । किनभने, त्यतिबेला उनी केवल एक वर्षकी थिइन् । त्यसबेला माक्र्स परिवार डिन स्ट्रिटबाट सरेर केन्टिस टाउनमा बसेको थियो ।
यस घरको व्यवस्थित ढंगबाट गर्नु आवश्यक थियो । त्यहाँको गल्ली र सडकमा ठूलो परिवर्तन आएको थियो । ओल्ड काम्पटन स्ट्रिटको सिरानदेखि दाहिनेदाहिनेतर्फका घरहरूलाई सूक्ष्म निरीक्षण गर्दै जाँदा पनि हामीले यही घर हो भनेर ठम्याउन सकेनौं । ओल्ड काम्पटन स्ट्रिटनजिकै विपरीत दिशातिर एउटा रंगशाला थियो । त्यो नै मेरा लागि एउटा पक्का निसाना रह्यो । त्यस समयमा रंगशालाकी मालिक्नी थुमारी केली भन्ने थिइन् । अहिले त्यो थिएटरलाई भत्काएर नयाँ बनाइएको रहेछ र त्यसलाई रोयल्टी थिएटर भनिँदो रहेछ । त्यो थिएटर पहिलेको रंगशालाभन्दा फराकिलो र नयाँ डिजाइनको रहेछ । मलाई तत्काल सम्झना भए कि हामीले खोजेको घर त्यस रंगाशालाभन्दा दायाँ थियो कि बायाँ । अन्त्यमा मैले यो कुरा सुनिश्चित गरे कि त्यहाँ बाँकी रहेका घरहरूमध्ये एउटा घर हो । अब ती घरहरूलाई बाहिरबाट हेरेर मात्र कुन घर हो भनेर छट्ट्याउन सकिँदैनथ्यो । अब भित्रै गएर हेर्नुपर्ने भयो । ती दुई घरमध्ये एउटा घरको ढोका खुला थियो । म भित्र पसें । मलाई त्यस घरको भ¥याङ चिनेचिने जस्तो लाग्यो किनभने त्यसको भित्री ढोकालाई हेरेर पनि अनुमान गर्न सकिन्थ्यो । त्यस घरको पुरै बनोट मेरो स्मृतिसँग मेल खान्थ्यो । तर, लन्दनका अधिकांश घर यस्तै प्रकारले सिलसिला मिलाएर बनाइएका हुन्थे । ती घरहरूका आफ्ना कुनै विशेषता एवं मौलिकता पनि हुँदैनथे । म पहिलो तलामा पुगें । त्यहाँका कुनै पनि वस्तुलाई चिन्नै सकिन ।
यसैबेला माक्र्सकी छोरी र उनका श्रीमान्ले पनि आफ्नै किसिमले खोजबिन गरेका थिए तर उनीहरूले केही पत्तो पाउन सकेनन् । तर मैले भने केही अनिश्चित परिणामका विषयमा बताएँ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply