देव विकास बैंकसँग ग्राहक त्रसित
काठमाडौं । तपाईंले देव विकास बैंकमा पैसा राख्नुभएको छ भने अब सचेत हुनुपर्ने भएको छ । किनकि, त्यहाँ बैंकका मेनेजर नै मिलेमतोमा किर्ते गरी सर्वसाधारणको रकम ठगी गर्ने गिरोहलाई ऋण दिने गर्छ । पछिल्लो समय सो कुराको प्रमाणित भएपछि अहिले सो बैंकका ग्राहकहरू त्रसित भएका छन् ।
देव विकास बैंकको विभिन्न शाखाहरूबाट सवारी कर्जा लिने ११ जना व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ठगी गर्ने आठजनालाई पक्राउ गरेको हो । आठजनाले कार्यालयको कर्मचारी र मूल्यांकनकर्तालाई सवारीसाधन देखाई यातायात कार्यालयबाट प्राप्त प्रतिलिपि ब्लुबुकमा गलत विवरणसहित सहीछाप गरी सुरक्षणस्वरूप बैंकमा धितो राखी रकम निकासा गरेका थिए ।
विभिन्न ११ वटा ऋणीहरूको नाममा नक्कली कागजातहरू तयार पारी कर्जा लिई बैंकलाई हानिनोक्सानी गर्ने कार्यको मुख्य योजनाकार नारायणबहादुर श्रेष्ठ रहेको सिआइबीले जनाएको छ । आठजना मानिसलाई मिति गत मंसिर २५ गतेदेखि विभिन्न मितिमा मोरङ, काभ्रे र काठमाडौंलगायत स्थानबाट पक्राउ गरिएको हो ।
उनीहरूविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ तथा मुलुकी ऐनको सरकारी छाप दस्तखत किर्ते कागजको महलबमोजिमको कसुरमा समेत अनुसन्धान पूरा गरी बैंकिङ कसुरतर्फको अनुसन्धान प्रतिवेदन विशेष सरकारी वकिल कार्यालय माइतीघर काठमाडौं र सरकारी छाप दस्तखत किर्तेतर्फको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौं र ललितपुरसमक्ष पेस गरिएको छ । पक्राउ गरिएका व्यक्तिहरूमा काभ्रे साबिक सापिङ–४ हाल भुम्लु गाउँपालिका–१ स्थायी वतन भएका वर्ष ३६ को नारायण श्रेष्ठ, काभ्रे साबिक सापिङ–४ हाल भुम्लु–१ स्थाई वतन भएका वर्ष ३० को बालकृष्ण श्रेष्ठ, काभ्रे साबिक सापिङ–४ हाल भुम्लु–१ स्थायी वतन भएका वर्ष ३४ को चेतबहादुर श्रेष्ठ, काभ्रे साबिक सापिङ–४ हाल भुम्लु–१ स्थायी वतन भएका वर्ष २६ को विकास श्रेष्ठ, काभ्रे साबिक सापिङ–४ हाल भुम्लु–१ स्थायी वतन भएका वर्ष ३२ को नवीन श्रेष्ठ, काभ्रे, चौबास–४ हाल गोठाटार काठमाडौं बस्ने वर्ष ४२ को कृष्णबहादुर खत्री, जिल्ला पर्सा, गवहा वीरगन्ज घर भइ हाल ललितपुर ज्वागल–१० बस्ने नेरश मान सिंह अमात्य, कामनपा–२३, बस्ने वर्ष ३७ को सरिन शंकर श्रेष्ठ रहेका छन् । श्रेष्ठ तत्कालीन देव विकास बैकका शाखा प्रबन्धक हुन् । अनुसन्धानबाट देव विकास बैंकमा सवारीसाधन धितो राखी ऋण लिने क्रममा प्रतिलिपि ब्लु वुकमा नक्कली डाटा तयार गर्नुका साथै आफूअनुकूलका विवरणहरू राखी बैंकमा पेस गर्ने गरेको पत्ता लागेको छ । त्यसैगरी उनीहरूले विभिन्न व्यक्तिहरूलाई विभिन्न मितिमा ऋणी बनाई १६ वटा कर्जा फाइल तयार गरी २ करोड ७१ लाख ७६ हजार कर्जा स्वीकृत गर्न सफल भएको र सम्पूर्ण कर्जा फाइलमा आम्दानीको स्रोतमा राखिएको सबारीसाधनको विवरणलगायतको कागजातसमेत नक्कली तयार पारी कर्जा फाइलमा समावेश गरेको पाइएको छ । ऋणी नारायण श्रेष्ठ गाडी किनबेचमा आबद्ध रही यातायात कार्यालयमा सजिलै प्रवेश पाउने हैसियत बनाएको देखिएको र तत्कालीन बैक म्यानेजरले ऋण प्रवाह गर्दा आफ्नो कर्जा सीमा नाघी कर्जा स्वीकृत गरेको बताइन्छ । सो कार्यले हाल बैंकलाई २ करोड १० लाख ८ हजार ९ सय २६ रुपैयाँ हानिनोक्सानी पु¥याएको देखिन्छ ।
सो बैंकको सञ्चालक समिति अध्यक्ष मेजरजनरल बज्र गुरुङ र सञ्चालक सदस्यहरूमा जीवनकुमार कटुवाल, सुदनरत्न बज्राचार्य, भरतबहादुर हमाल, पुरुषोत्तम श्रेष्ठ र विजयकुमार भुसाल रहेका छन् । त्यसैगरी हाल बैंकको सिइओ विजयबहादुर श्रेष्ठ तथा डेपुटी सीईओमा लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् ।
सम्बन्धित समाचार
- 
                	    
                	    चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
                	  - 
                	    
                	    संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
                	  - 
                	    
                	    काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
                	  - 
                	    
                	    एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
                	  - 
                	    
                	    डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
                	  - 
                	    
                	    कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
                	  - 
                	    
                	    उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
                	  - 
                	    
                	    टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
                	  - 
                	    
                	    भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
                	  - 
                	    
                	    रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
                	  - 
                	    
                	    आजबाट छठ पर्व सुरु
                	  - 
                	    
                	    मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
                	  
           
          
              
              
              
              
Leave a Reply