वरिष्ठ नेता नेपाल नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
काठमाडौं । वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा लाओस भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीको प्रतितिनिधिमण्डल हिजो स्वदेश फर्केको छ । वरिष्ठ नेता नेपालको नेतृत्वमा गत बिहीबार नेकपाका स्थायी समिति सदस्यद्वय लीलामणि पोखरेल र छविलाल विश्वकर्मा, केन्द्रीय कमिटी सदस्यत्र विष्णु रिजाल, जयन्ती राई र बिना श्रेष्ठ तथा पुष्पलाल स्मृति प्रतिष्ठानका सदस्य अली अख्तर मिकरानीसहितको टोली लाओस पुगेको थियो ।
भ्रमणका क्रममा टोलीले लाओसको सत्तारूढ कम्युनिस्ट पार्टी– लाओ पिपुल्स रिभ्युलसनरी पार्टीका पोलिटब्युरो सदस्य तथा उपराष्ट्रपति फांखाम भिफाभान्हसँग आज राजधानी भेन्टाइनस्थित पार्टी कार्यालयमा भेट गरेको थियो । भेटका अवसरमा उपराष्ट्रपति भिफान्हले लाओस र नेपालबीच धेरै विषयमा समानता रहेको उल्लेख गर्दै भूपरिवेष्ठित देश भएकाले एकअर्काका समस्या र चाहनाहरू दुवै देशले बुझेकाले आपसमा साझेदारी गरेर अघि बढ्नुपर्नेमा जोड दिए । कम्युनिस्ट पार्टीको नेतृत्वमा लाओसले हासिल गरिरहेको समृद्धि र तीव्र आर्थिक विकासबारे चर्चा गर्दै उहाँले उन्नत प्रविधि र पुँजीको प्रयोगबाट जनसहभागितामूलक विकासको मोडल आफ्नो जस्ता मुलुकका लागि प्रभावकारी रहेको जानकारी दिए । उनले भने, ‘हामीसँग जे छ, त्यसको प्रयोग गर्ने हो । हामी जलस्रोतमा अघि छौं, त्यसमा विदेश लगानी ज्यादै आइरहेको छ । हामीले पनि आफ्नो आवश्यकता हेरेर त्यसलाई प्रश्रय दिइरहेका छौं । छिमेकी र अरू ठूला मुलुकहरूले हाम्रो जलविद्युत्मा लगानी गरिरहेका छन् ।’
नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भएको खबरले आफूहरूलाई समेत उत्साहित बनाएको उल्लेख गर्दै उनले नेपाली जनताको जीवनस्तर उकास्न नेपाल कम्युनिस्ट पार्टीको सरकार सक्षम हुने विश्वास व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री नेपालले ‘सुखी नेपाली समृद्ध नेपाल’को नाराका साथ आफ्नो पार्टीले नेपालमा शासन सुरु गरेको एक वर्ष भएको, यस अवधिमा जनतामा आत्मविश्वास जागेको, विकासले सही दिशा पक्रिएको र आधार तयार भइसकेकाले अब परिणाम दिने गरी काम भइरहेको चर्चा गर्दै ठूला विकास परियोजनाका लािग लाओसको अनुभव आफूहरूलाई उपयोगी हुने विश्वास व्यक्त गरे । उनले भने, ‘हामी दुवै अति कम विकसित मुलुक हौं, भूपरिवेष्टित छौँ । हामीसँग पुँजी र प्रविधि कम छ । यस्तो अवस्थामा तपाईंहरूले अपनाएको विकासको मोडल हाम्रा लागि उपोगी हुन सक्छ ।’ पछिल्ला दिनमा लाओसले हासिल गरेको तीव्र आर्थिक वृद्धिका लागि उहाँले पार्टी नेतृत्वलाई बधाईसमेत दिएको भ्रमण टोलीमा रहेका नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले बताए ।
केन्द्रीय सदस्य रिजालका अनुसार भ्रमणका क्रममा लाओस कम्युनिस्ट पार्टीको मुख्यालयमा नेपाली प्रतिनिधिमण्डल र लाओ पिपुल्स रिभ्युलसनरी पार्टीको प्रतिनिधिमण्डलबीच पार्टीगत वार्ता भएको थियो । लाओसको पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रशिक्षण र प्रचार विभाग प्रमुख किकेओ खाइखामफिथोम, विदेश विभाग प्रमुख सुन्थोन सायाचाक, उपप्रमुख सिम्फोन सिचालेनलगायत सहभागी वार्तामा दुई देशका पार्टीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र अन्तर्राष्ट्रिय मञ्चहरूमा मिलेर काम गर्ने समझदारी भएको थियो ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply