विमानस्थलको जग्गा मुआब्जामा करोडौंको घोटाला
काठमाडौं । अख्तियारका आयुक्त राजनारायण पाठकको भ्रष्टाचारलाई पनि माथ खुवाउने गरी भएको अर्को एउटा दसौं करोड घोटालाको विषयमा अहिले अख्तियारले छानबिन प्रक्रिया अगाडि बढाएको छ । त्यो विषय हो, भैरहवा विमानस्थलको जग्गा मुआब्जा । जग्गाको वास्तविक क्षेत्रफलभन्दा ट्रायल चेकमा दोब्बर बढाएर गरिएको दसौं करोड घोटालामा अख्तियारले छानबिन प्रक्रिया अगाडि बढाएपछि यसमा संलग्न नागरिक उड्डयन प्राधिकरण र भूमिसुधारका कर्मचारीहरूको छटपटी सुरु भएको छ ।
नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय गौरवका विमानस्थल भैरहवा विमानस्थल र पोखरा विमानस्थलको जिम्मा प्रदीप अधिकारीलाई दिएको छ । उनै अधिकारीले मालपोत र नापीका कर्मचारीसँग सेटिङ मिलाएर करोडौं रुपैयाँ घोटाला गरेको बुझिएको छ । स्रोेतका अनुसार जग्गाको मुआब्जा दिँदा वास्तविक क्षेत्रफलभन्दा ट्रायल चेकमा दोब्बर बढाएर दिइएको छ । वास्तविक जग्गा चार कट्ठा छ भने टायल चेकमा आठ कट्ठा बनाएर बढी जग्गाको मुआब्जाको आधा रकम जग्गाधनी र आधा रकम अधिकारीसहितका कर्मचारी मिलेर झ्वाम पारेका हुन् । त्यति मात्र होइन, अधिकारीले सो विमानस्थलको परामर्शको ठेक्का ईएमआरसी नामक कम्पनीलाई दिँदा पनि करोडौं फाइदा लिएको बताइन्छ । आफ्नै भाइलाई पार्टनर बनाएर एएमआरसीलाई दिएको बुझिएको छ ।
जग्गा मुआब्जा घोटाला प्रकरणमा प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमको पनि मिलेमतो भएको बताइन्छ । त्यति मात्र होइन, यसमा मन्त्रीदेखि सचिवको संलग्नता रहेको आशंका गरिएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply