थापा बाउँठिँदा भेला स्थगित
काठमाडौं । नेकपाको प्रदेश ७ को भेला स्थगित भएको १५ दिन बितिसकेको छ । तर, अझै पनि भेला स्थगित भएको विषयलाई लिएर पार्टीभित्र विवाद भने बढ्दै गएको छ । प्रदेशका नेता–कार्यकर्ता जम्मा भयो कि स्वभाविक रूपमा त्यही भेलाको कुरा उठिहाल्छ । अनि सुरु हुन्छ प्रदेश अध्यक्षको आलोचना ।
हुन पनि माघ २० गते गर्ने भनिएको प्रदेश ७ को नेकपाको कार्यकर्ता भेला प्रदेश अध्यक्ष कर्णबहादुर थापा बाउँठिएका कारण स्थगित भएको अधिकांश कार्यकताको मत छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आउने भनिएको कार्यकर्ता भेलाको तयारी समितिमा जिम्मेवार व्यक्ति राखौं भन्दा प्रदेश अध्यक्ष थापा बाउँठिएर पाखुरा सुर्किन थालेपछि अन्ततः भेला नै स्थगित गर्नुपरेको बताइन्छ ।
थापाको कार्यशैलीका कारण अहिले प्रदेश ७ को पार्टी पंक्ति नै हैरान भएको छ । भेलाको तयारीका सन्दर्भमा बसेको बैठकमा प्रदेश सदस्य मीनबहादुर कुँवरले प्रधानमन्त्री आउने कार्यकर्ता भेलाको व्यवस्थापन कमिटीमा परिचित र जिम्मेवार व्यक्ति राखौंभन्दा बैठकको अध्यक्षता गरिरहेका थापाले पाखुरा सुर्केका थिए । थापाले राम्रो कुरा सुन्न नचाहेपछि कुँवरले बैठक बहिष्कार गरेका थिए । त्यसपछि थप सदस्यहरूले पनि ख्याउख्याउ पार्दा बैठक बिथोलिएको थियो । त्यही विवादले प्रधानमन्त्री आउने माघ २० गतेको कार्यकर्ता भेला स्थगित भएको थियो । अध्यक्ष तथा प्रधानमन्त्री ओली नआए पनि थापाले विभिन्न व्यापारिक गृहबाट ओलीको कार्यक्रम भन्दै मोटो रकम उठाएको चर्चा अहिले प्रदेश ७ मा व्याप्त छ । उनले धनगढीस्थित आयल निगमका प्रमुखलाई फोन गरेर ‘म नेकपाको प्रदेशको कार्यकारी अध्यक्ष हुँ हरेक महिना सय लिटर डिजल दिनू’ भन्दै थर्काएको कुरा अहिले धनगढीका चोकचोकमा नेकपा विरोधीहरूका लागि मसला बनिरहेको छ ।
धनगढीका व्यवसायी हंस सिंहलाई थापाले आगामी स्थानीय चुनावमा बाजुरमा मेयर बनाइदिने आश्वासन दिँदै आर्थिक सहयोग लिइरहेको बाजुरावासीमा चर्चा छ । कहिले सर्वसाधारण, कहिले व्यवसायी, कहिले पत्रकारसँग विवाद गर्दे कुटपिटको तहमा उत्रिने थापाले दुई वर्षअघि अत्तरियामा काँचो नरिवल महँगो भयो भन्दै सामान्य व्यापारीलाई कुटेका थिए । स्थानीयले ठूलो प्रतिकार गरेपछि बझाङका एलबी रावलले प्रहरी मगाएर उनलाई जोगाएका थिए । अचम्म त के भने उनले बाजुरा कांग्रेसका पूर्वसभापति मानबहादुर रावललाई प्रदेश कमिटी सदस्यमा मनोनीत गर्न लगाएका थिए । गत चुनावमा कांग्रेससँग असन्तुष्ट भएकै भरमा मनोनीत गरिएका रावलले आफू प्रजातन्त्रवादी नै रहेको भन्दै कमिटीमा रहन अस्वीकार गर्दै विज्ञप्ति निकालेका थिए । पछिल्लोपटक प्रदेश सरकारका गाडी मागेर माछा खान कहिले कर्णाली, कहिले जोगबुढा, कहिले महाकाली पुग्ने गरेका थापासँग सुदूरपश्चिम प्रदेश सरकारका प्रायः सबै मन्त्री आतंकित र असन्तुष्ट छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply