मातृकाको मनै भरंग
काठमाडौं । प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीसँग चित्त नबुझे वा मतभेद भए मन्त्रीहरूले सहज रूपमा पद त्याग गर्नु नै उपयुक्त मानिन्छ । तर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहँदारहँदै पनि पदमै टाँसिएर बसेका छन्, उनले पद त्याग्ने कुनै सुरसार देखाएका छैनन् ।
पछिल्लो समय मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकनमा मन्त्री यादव कमजोर देखिएपछि प्रधानमन्त्री ओली उनलाई फेर्ने सोचमा पुगेका थिए । मन्त्री यादवलगायत आफूले जिम्मेवारी पाएको मन्त्रालयमा राम्रो क्षमता देखाउन नसकेका केही मन्त्रीलाई बिदाइ गरेर नयाँ अनुहारलाई जिम्मेवारी दिने तयारीमा प्रधानमन्त्री लागेका थिए । यो विषयमा प्रधानमन्त्री ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि सल्लाह गरिसकेका थिए । तर, लगानी सम्मेलनअघि मन्त्रिमण्डल हेरफेर गर्दा र मन्त्री यादवलाई हटाउँदा राम्रो सन्देश नजाने भएपछि प्रधानमन्त्री ओली एक कदम पछि हटेका थिए ।
लगानी सम्मेलनपछि भने प्रधानमन्त्री ओली मन्त्री यादवसँग झनै असन्तुष्ट रहेको जनाइन्छ । लगानी सम्मेलनमा मन्त्री यादवले देखाएका हर्कत अचम्मलाग्दो नै थियो । सम्मेलनको पहिलो दिन आफूलाई मञ्चमा स्थान नदिएको भन्दै मन्त्री यादव दर्शकदीर्घामा नै बसेका थिए । उनले त्यस्तो हर्कत प्रधानमन्त्री ओलीसँग असन्तुष्ट रहेको कारण गरेको बताइन्छ । मन्त्री यादवले लगानी सम्मेलनमा मन्तव्य दिने क्रममा अन्टसन्ट रूपमा अंग्रेजी भाषामा बोलेको कुरा पनि अहिले आलोचनाको विषय बनेको छ ।
प्रधानमन्त्रीसँग असन्तुष्ट भएपछि मन्त्री यादवले आफूलाई पदबाट हटाउने संकेत भने पाइसकेका छन् । उनले आफूनिकटका कर्मचारी र कार्यकर्ताहरूसँग भेट्दा ‘अब मेरो कार्यकाल धेरै छैन’ भन्न थालेका बताइन्छ । यसअघि उनले आफूलाई कर्मचारीहरूले टेर्न छाडेको गुनासो पनि गरेका थिए । त्यसो त मन्त्री यादव र सचिव यामकुमारी खतिवडाबीचको सम्बन्ध पनि अत्यन्तै चिसो रहेको बताइन्छ । मन्त्री यादवले सचिव खतिवडासँग कुनै परामर्श नै नगरी आफूखुसी काम गर्न थालेपछि मन्त्री र सचिवबीचको सम्बन्ध चिसिन पुगेको हो । सचिव खतिवडाले गर्ने काम मन्त्री यादवले आफ्नै सचिवालयमार्फत गर्न थालेपछि उनीहरूबीच सम्बन्ध बिग्रिन पुगेको हो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply