नयाँ पुस्ताका प्रेरक कमरेड मनमोहन
योगेश भट्टराई
भनिन्छ, ‘एउटा असल मानिस जन्मँदा आफू रुन्छ, अरूलाई हसाउँछ । अनि मर्दा आफू हाँस्छ र अरूलाई रुवाउँछ ।’ यो भनाइ कमै मानिसहरूको हकमा लागू हुन्छ । तिनै कममध्येका एक हुनुुहुन्थ्यो– नेपाली राजनीतिका शिखर पुरुष कमरेड मनमोहन अधिकारी । १९७८ सालमा जन्मिनुभएका कमरेड मनमोहनको हकमा यो भनाइ चरितार्थ भयो ।
उहाँ जन्मँदा परिवारका लागि खुुसियाली छायो । परिवारका सदस्यहरूलाई लाग्यो– ‘हाम्रो परिवारमा एकजना सदस्य थपियो ।’ त्यही परिवारको एउटा सदस्य समय बित्दै जाँदा लाखौंलाख नेपालीहरूको अभिभावक हुनुुभयो । लाखौंलाख परिवारको प्रिय सदस्य हुनुुभयो । हो, त्यही कारण २०५६ वैशाख १३ गते उहाँले केवल आफ्ना परिवारका सदस्यहरूलाई मात्रै रुवाउनुभएन, सिंगो देशलाई रुवाएर जानुुभयोे । त्यतिबेला नेपालसँग परिचित विश्व समुदायको मन रोएको थियो । कमरेड मनमोहनको मृत्युमा परिवारले एउटा सदस्य मात्रै गुमाएन, विश्वले असल मित्र, देशले कुुशल संवाहक र संरक्षक तथा नेपाली कम्युनिस्ट आन्दोलनले एउटा असल अभिभावक गुुमाएको थियो ।
के कसैको मृत्युमा सबैको आँसुु झर्छ ? सीधा उत्तर छ– झर्दैन । किन झ¥यो कमरेड मनमोहनको मृत्युमा सबैको आँसुु ? यो उत्तरको खोजी गर्न उहाँले बाँच्नुुभएको जीवनको सम्झना र बाँचेको समयको समीक्षा जरुरी छ ।
राजनीतिक नेता र हामीले अवलम्बन गरेको प्रणालीका कारण नेतृत्वप्रति ज्यादै नकारात्मक सोच छ हाम्रो समाजमा । राजनीतिमा ६ दशकभन्दा बढी सक्रिय जीवन बिताएर कसैले पनि औंला उठाउने परिस्थिति नबन्नुु हामीकहाँ एकदमै कठिन विषय हो । अन्तिम अवस्थासम्म सबैको आदरणीय भइरहनु, सांस्कृतिक तथा चारित्रिक रूपमा सही ठाउँमा उभिन सक्नु, आर्थिक अनियमितता र व्यक्तिगत आचरणमा कुनै दाग नलाग्नु सामान्य कुरा होइन । तर, यी सबै उहाँबाट सम्भव भयो । सम्पूर्णतामा एउटा असल मानिसको संज्ञा पाएर सबैलाई रुवाउँदै जानु सामान्य परीक्षा मात्र होइन, असाध्यै कठिन अग्निपरीक्षामा उत्तीर्ण हुनु हो ।
हो, जीवनको त्यही कठिन अग्निपरीक्षामा कमरेड मनमोहन पास मात्रै हुनुभएन, उत्कृष्टता नै हासिल गर्नुभयो । नेपाली समाज र खासगरी नयाँ पुस्ताका मानिसहरूलाई उहाँले दिनुुभएको उच्चतम ज्ञान र योगदान यही हो । उहाँले देखाउनुभएको बाटो र दिनुुभएको उज्यालो पनि यही हो । यही उज्यालो बालेर यही बाटोमा सबै राजनीतिकर्मी र समाजका सबै क्षेत्रका अगुवाहरू हिँड्न सके सुन्दर गन्तव्य अवश्य भेटिनेछ ।
अँध्यारो समयका उज्यालो कमरेड मनमोहन
कहिल्यै घाम नअस्ताउने उपमा पाएको बेलायती उपनिवेशले दक्षिण एसियासम्म आफ्नो प्रभाव बिस्तार गरेको समयमा मनमोहन अधिकारी जन्मिनुुभयो । उपनिवेशविरुद्ध विश्वव्यापी रूपमा चलिरहेको राष्ट्रिय स्वतन्त्रता संग्रामले कमरेड मनमोहनको कलिलो मस्तिष्कमा छिट्टै प्रभाव पा¥यो । स्वतन्त्रताको आन्दोलनको कुनै भौगोलिक सीमा, जात, धर्म, लिंग वा वर्ण हुँदैन । त्यसै कारण हामी कम्युनिस्टहरूले ‘मानिसको अन्तर्राष्ट्रिय जाति हुन्छ’ भनेर गीत गाउँछौं । नेपाली भूमिको एउटा कलकललाउँदो युवा त्यही मानवीय भावना र स्वतन्त्रताको नसाले भारतीय भूमिमा चलिरहेको उपनिवेशविरुद्धको स्वतन्त्रता संग्रामको सिपाही बन्न पुग्यो ।
कैयौं भारतीयहरूले उपनिवेशकै गुलामी गरिरहेका बेला नेपाली युवाले स्वतन्त्रताको झन्डा उठायो । परदेशको जेलमा बन्दी जीवन बितायो । अर्काको माटोमा लड्दा पनि त्यत्तिकै गौरव र स्वाभिमानका साथ लड्यो । उसले क्रमशः बुझ्दै थियो, ‘गरिब, निमुखा र हेपिएका राष्ट्रको पक्षमा उभिनु आफ्नो धर्म हो ।’ हो, उसले मानिसको त्यही अन्तर्राष्ट्रिय धर्म निर्वाह ग¥यो । जात, धर्म, लिंग, भौगोलिक सीमा तथा सम्प्रदायमा सीमित बन्न खोजिरहेका वर्तमान अन्दोलन र तिनका अभियान्ताहरूलाई विश्वव्यापी रूपमा मानव कल्याणका पक्षमा उभिन कमरेड मनोहन अधिकारीको त्यो इतिहासले अवश्य प्रेरणा प्रदान गर्दछ ।
भारतीय जेल जीवनदेखि नै विद्रोही स्वभाव विकसित गरिरहनुभएका कमरेड मनमोहन अधिकारीले नेपालको विराटनगरमा देखापर्दै गरेको मजदुर आन्दोलनलाई थप संगठित र सशक्त बनाउने भूमिका निर्वाह गर्नुभयो । अनि संस्थापक मजदुर नेताका रूपमा आफ्नो परिचय निर्माण गर्नुभयो । त्यो आन्दोलनबाट उहाँमा श्रमजीवी पक्षधरता विकसित भयो । श्रमजीवीहरूलाई माया गर्ने, उनीहरूसँग एकाकार हुने व्यवहारले उहाँलाई विलासी जीवनशैलीबाट टाढा धकेलिदियो । अधिकांश मध्यम वर्गीय बुद्धिजीवीहरूबाट निर्माण भएका आजका पार्टीहरूमा स्वयम् नवधनाढ्य परिचय पाएको नयाँ वर्गको उदय भएको छ । यी पार्टीहरू क्रमशः श्रमजीवी वर्गबाट टाढिँदै जाने जुन प्रक्रिया देखापरेको छ, कमरेड मनमोहन अधिकारीको पुरानो जीवनबाट केही सिक्ने हो भने राजनीतिक नेतृत्वमा आइरहेको नयाँ पुस्ताले आन्दोलनलाई श्रमिक वर्गको पक्षमा परिचालित गर्न पे्ररणा प्राप्त गर्नेछ ।
सबैका प्रिय कमरेड मनमोहन
कमरेड मनमोहन अधिकारी एकजना राष्ट्रवादी तथा देशभक्त राजनेता हुनुहुन्थ्यो । नेपालको राष्ट्रिय एकता, जातीय सद्भाव र भौगोलिक एकता जीवनपर्यन्त उहाँका एजेन्डाहरू थिए । उहाँ काठमाडौंमा जन्मनुभयो, पूर्वलाई कार्यथलो बनाउनुभयो । तर, कमरेड मनमोहन देशका पश्चिम र सुदूरपश्चिमका दूरदराज गाउँहरूमा पनि उत्तिकै लोकप्रिय हुनुहुन्थ्यो । बहुदलीय व्यवस्थापछिका संसदीय निर्वाचन तथा पार्टीका विभिन्न अभियानअन्तर्गत उहाँको उपस्थितिमा भएका जनसभाहरूमा उर्लिएको मानव उपस्थिति यसका बलियो प्रमाण हुन् । तराई मधेसमा पनि उहाँ त्यत्तिकै प्रिय हुनुहुन्थ्यो । माथिल्लो भनिने ब्राह्मण परिवारमा जन्मिएर पनि उहाँमा कहिल्यै ठूलो जातीय अहंकारले घर गरेको देखिएन । पूर्वको जानजातीय समुदायदेखि काठमाडौंको नेवार समुदाय वा उत्पीडित दलित समुदाय, मधेसी समुदाय वा पश्चिमी पहाडका गरिब जनता सबैले उहाँलाई सदैव आफ्नो अभिभावकका रूपमा माया र सद्भाव प्रकट गरे । अमूक निर्वाचन क्षेत्रबाट चुनिएर देशकै सबैभन्दा माथिल्लो प्रशासनिक नेता भएको अवस्थामा पनि उहाँले आफ्नो सोचाइलाई एउटा निर्वाचन क्षेत्र वा एउटा जिल्लामा मात्र सीमित गर्नुभएन । उहाँले सिंगो राष्ट्रलाई नै आफ्नो कर्मथलो बनाउनुभयो ।
राष्ट्रवादका अगुुवा कमरेड मनमोहन
आज मुलुकमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कमजोर बनिरहेको अबस्थामा विविधतायुक्त विशेषता भएको नेपाल राष्ट्रलाई सहकार्य र आपसी मेलमिलापको कार्यबाट एकताबद्ध बनाउनसक्ने कमरेड मनमोहनको व्यक्तित्वले अवश्य पनि केही उत्प्रेरणा दिनेछ । सन् १९५० को असमान सन्धिका विरुद्ध तत्कालीन अवस्थामा सञ्चालित आन्दोलनमा उहाँले अगुवाइ गर्नुभयो । जीवनको अन्त्यसम्म पनि उहाँले त्यो एजेन्डा छोड्नुभएन । आफूलाई तमाम असमान र राष्ट्रिय हितविरोधी सन्धि सम्झौताका विपक्षमा उभ्याएर उहाँले आफ्नो राष्ट्रवादी छविलाई हरहमेसा उँचो बनाइरहनुभयो ।
सत्ता र शक्तिको लोभमा राष्ट्रिय हितलाई नजरअन्दाज गर्ने नेपाली शीर्ष राजनीति (!) को नकारात्मक प्रवृत्तिले उहाँलाई कहिल्यै पनि लोभ्याएन । यस मामलामा बरु खरो साबित हुनुभयो । पछिल्लो समयमा कमरेड मदन भण्डारी र मनमोहन अधिकारीको नेतृत्वमा सञ्चालन भएको राष्ट्रव्यापी आन्दोलन र त्यसले प्राप्त गरेको सफलताले हजारौं वर्षसम्म पनि नेपाल राष्ट्रले उहाँलाई सलाम गरिरहनेछ ।
कमरेड मनमोहन अघि र पछि पनि यो देशमा धेरै प्रधानमन्त्री भए, तर उहाँ नै त्यस्तो प्रधानमन्त्री हुनुभयो– जसले मित्र राष्ट्र भारतको औपचारिक भ्रमणका बेलामा पहिलोपटक आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावसँग सन् १९५० को असमान सन्धि पुनरालोकन गर्ने प्रस्ताव राख्नुभयो । उहाँको यो दृढता नयाँ पुस्ताका लागि प्रेरणामात्र होइन; चुनौती पनि बन्न पुगेको छ ।
कम्युनिस्ट एकताको अभियन्ता कमरेड मनमोहन
१९४९ अप्रिल २२ का दिनमा कमरेड पुष्पलालको अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । कमरेड मनमोहन अधिकारी जेलमा रहनुभएका कारण उहाँ स्थापनाको अवसरमा उपस्थित हुन सक्नुभएन । जसका कारण पार्टीको संस्थापकमा उहाँ रहनुभएन । तर, पार्टी स्थापना हुनुभन्दा पहिले नै उहाँ कम्युनिस्ट पार्टीको सदस्य बनिसक्नुभएको थियो । जेलबाट छुटेपछि उहाँले कमरेड पुष्पलालको अभियानलाई निसङंोच साथ दिनुभयो । उहाँका एक असल सहयोद्धाका रूपमा सँगसँगै अघि बढ्नुभयो । २००८ सालमा सम्पन्न पार्टीको पहिलो सम्मेलनबाट मनमोहन अधिकारी पार्टीको केन्द्रीय समिति र पोलिट्ब्युरोमा निर्वाचित हुनुभयो । २०१० सालमा भएको प्रथम महाधिवेशनबाट पार्टीको महामन्त्री निर्वाचित भएपछि मृत्युको क्षणसम्म पनि पार्टीको शीर्ष पद (नेकपा एमालेको अध्यक्ष) मा रहनुभयो ।
जतिबेला पार्टीका पदहरू आजजस्तो अवसर प्राप्त गर्ने माध्यम नभएर हरपल जीवन र मृत्युको साधन बन्दथे, त्यसबेला उहाँले पार्टीका नेतृत्वदायी पदहरू सम्हाल्नुभयो । नेपालको कम्युनिस्ट आन्दोलन एकता विभाजन र पुनः एकताको चक्रबाट अगाडि आइरहेको छ । परिस्थिति, मुद्दा तथा व्यक्तिका इगोका भिन्नता र टकरावबाट आन्दोलनमा बेला–कुबेला विभाजन आउने गरेको हामीले देखेका छौं ।
विभाजनपश्चात कुनै एउटा कित्तामा उभिनु कहिलेकाहीँ बाध्यता हुुन जान्छ । अन्यथा अवस्थामा कमरेड मनमोहन अधिकारीले हमेशा नेपालको वाम आन्दोलनलाई एकताबद्ध बनाउने भूमिका नै खेल्नुभयो । पार्टीको तेस्रो महाधिवेशनमा पुष्पलाल र तुल्सीलालका बीचको मनमुटावलाई मध्यस्थता गर्नेदेखि ०४७ साल पुस २२ गते तत्कालीन नेकपा (माले) र (माक्र्सवादी) पार्टीको एकीकरण गर्नसम्ममा उहाँको योगदान अविस्मरणीय रहेको छ ।
एक आपसमा पानी बाराबारको अवस्थामा रहेका वामपन्थी दल र नेपाली कांग्रेसको बीचमा पञ्ंचायतविरुद्ध संयुक्त जनआन्दोलनलाई अघि बढाउन महŒवपूर्ण भूमिका खेलेर कमरेड मनमोहनले एकातिर कमरेड पुष्पलालले अघि सार्नुभएको संयुक्त जनआन्दोलनको कार्यदिशालाई व्यावहारिक रूप दिनुभयो । र, आफूलाई पुष्पलालको सच्चा सहयोद्धाका रूपमा स्थापित गर्नुभयो भने अर्कातिर प्रजातन्त्रको नायकका रूपमा आफूलाई परिचित र स्थापित गराउनुभयो ।
आज पार्टीहरूभित्र अन्तरविरोधको व्यवस्थापन हुन नसकिरहेको, सामान्य व्यवहार तथा स–साना मुद्दाका कारण पार्टीभित्र अस्वस्थ अवस्था देखापरिरहेको साथै पार्टी र नेताहरूको ‘इगो’का कारण मुलुक निकासविहीन बनेर संक्रमणकाल लम्बिनुपर्ने अवस्थामा रहिरहेको सन्दर्भमा कमरेड मनमोहनको विशाल हृदय र अग्लो व्यक्तित्वले हामीलाई राष्ट्रिय हित र सहमतिका लागि केही न केही ऊर्जा प्रदान गर्दछ ।
१९९० को दशक दुनियाँका वामपन्थी तथा समाजवादीहरूका लागि नकारात्मक समय अवधि थियो । विश्वव्यापी रूपमा जनवादी तथा समाजवादी आन्दोलनमा शीतलहर चालिरहको थियो । नेपाल पनि त्यसबाट अलग थिएन । तर, त्यसका बाबजुद पनि नेपालको वाम आन्दोलनले आफूलाई निरन्तर जनव्यापी बनाउँदै लग्यो । नेपालको वामआन्दोलन र जनताको सम्बन्ध पानी र माछाको जस्तै भएर बस्यो । यसका पछाडि मूलतः दुईवटा कारणहरू छन् ः
पहिलो, यो आन्दोलनको मुख्य शक्ति तथा प्रवृत्तिका रूपमा रहेको नेकपा (एमाले) ले आफूलाई वैचारिक, राजनीतिक तथा संगठनात्मक रूपमा रूपान्तरण गर्दै जनतासँग सम्बन्ध बनाउँदै लगिरहेको थियो र दोस्रो, जनस्तरबाट र आन्दोलनबाट उठेर धरहराका रूपमा खडा हुनुभएका मनमोहन अधिकारीको जस्तो पाको र अनुभवी नेतृत्व थियो । जसले निरंकुश राणा शासनका बेलामा स्वतन्त्रताका लागि लड्यो, राजतन्त्र र पञ्चायतको कालमा बहुदलीय प्रजातन्त्रका लागि लड्यो, राष्ट्रियता र स्वाधीनताका लागि लड्यो, जनजीविकाका लागि लड्यो, जेल, नेल खायो, खल्तीमा चिया खाने पैसा नहुँदा पनि सम्झौता नगरी नैतिक बललाई बचाएर राख्यो, सुखद अवसर पाएको बेलामा पनि पद र हैसियतलाई दुरुपयोग गरेन । यसरी हरपरीक्षामा सामेल भयो र एकएक गरी उत्तीर्ण भयो । हो, यस्तै विशेषतायुक्त कमरेड मनमोहन अधिकारीलगायत नेताहरूको व्यक्तित्वले ९० को दशकमा आएको कम्युनिस्टविरोधी विसर्जनको लहरलाई नेपालमा हाबी हुन दिएन । त्यसविरुद्ध बलियो प्रतिरोधी क्षमता निर्माण ग¥यो । के नयाँ पुस्ताका राजनीतिकर्मीहरूका लागि यी विषय आफैंमा अनुभवका खानी र विश्वविद्यालय बन्न सक्दैनन् ?
उत्कृष्ट प्रधानमन्त्री कमरेड मनमोहन
कमरेड मनमोहनको नेतृत्वमा गठन भएको नौमहिने सरकार नेपाली जनताका लागि र खासगरी नेकपा (एमाले) का हर सदस्यका लागि कालजयी गीतजस्तै स्थापित भएको छ । आज पनि हाम्रा चुनावी घोषणापत्रहरू त्यसैको जगमा उभिएका छन् । चुनावी अभियानमा नौमहिने सरकारकै महिमागान मतदाताहरूलाई गराइरहेका छौं । ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम उदारवादी सोचको विभेदकारी विकास मोडलको सट्टामा समतामूलक जनसहभागितामा आधारित एवं राज्य र जनताको साझेदारी विकास मोडलको विकल्प थियो, जसका पछाडि मनमोहन अधिकारीको नाम अभिन्न रूपमा जोडिन्छ ।
राज्यलाई अधिनायकवाद लागू गर्ने साधन ठान्ने बुझाइलाई बदल्दै सेवा प्रदायक र जनसेवाको साधनमा बदल्न उक्त सरकारले ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, ‘नौ स’को अभियान, जानजाति, उत्पीडित तथा सीमान्तकृत अवस्थाका जनताको पक्षमा ल्याएका लोककल्याणकारी कार्यक्रमले राज्यको परिभाषालाई नै धेरै हदसम्म बदलिदियो । जुन कुरा जनताको बहुदलीय जनवादको व्यावहारिक प्रयोग थियो । फलस्वरूप एमालेको नौमहिने सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणका दृष्टिले उदाहरणीय बन्न पुग्यो । सिंहदरबार र जनताका बीचको दूरीलाई छोट्याइदियो । कमरेड मनमोहन यसका मुख्य हिस्सेदार र नेतृत्वकर्ता हुनुहुन्थ्यो । अर्थात् नयाँ पुस्ताका लागि जनपक्षीय सरकार सञ्चालनको दृष्टिले उहाँले चौडा र विशाल राजमार्ग निर्माण गरिदिनुभयो ।
पुुस्तान्तरणका पक्षपाती कमरेड मनमोहन
कमरेड मनमोहनले आफूलाई ओझेलमा राखेर नयाँ पुस्ता र युवाहरूलाई अघि बढाउन सकारात्मक भूमिका खेल्नुभयो । आफू पार्टी सदस्य भएपछि जन्मिएका कमरेड मदन भण्डारी र कमरेड माधवकुमार नेपाललाई आफ्नो पनि नेताका रूपमा स्वीकार गर्नुभयो । उहाँहरूलाई हरबखत सही मार्ग देखाइरहनुभयो । नयाँ पुस्ताको सफलतामा आफू रमाउन सिक्नुभयो । आज नेकपा (एमाले) मा कार्यकारी पदमा दुई कार्यकाल र ७० वर्षे उमेर हदको वैधानिक व्यवस्था गरिएको छ । यो प्रबन्ध पार्टीभित्रको लामो छलफलको उपज हो । कमरेड मनमोहन त पहिले नै यस्तो विचारका पक्षधर हुनुहुन्थ्यो । २०५६ वैशाखमा कान्तिपुर दैनिकमा विजय कुमारलाई दिएको अन्तर्वार्तामा उहाँले भन्नुभएको छ– ‘२१औं शताब्दी युवाहरूको शताब्दी हो । अब हामीले अवकाश लिनुपर्छ, सल्लाहकार भएर बस्नुपर्छ । पार्टीमा एक व्यक्तिका लागि दुई कार्यकालको धारणा लागू गर्नुपर्छ ।’ यसले पार्टी सञ्चालनमा उहाँको दूुरदृष्टिलाई प्रमाणित गर्दछ । जोसिला युवाहरूले निर्माण गरेको नेकपा (एमाले) मा मनमोहनको उपस्थिति आडिलो अभिभावकका रूपमा रहेको थियो ।
इतिहासका रूपमा शिर निहु¥याउनुपर्ने र भविष्यका रूपमा शिर ठाडो बनाउने भरोसायुक्त राजनेता हुनुहुन्थ्यो, कमरेड मनमोहन । एक व्यक्तिः अनेक व्यक्तित्व र युवा पुस्ताका प्रेरक हुनुहुन्थ्यो अध्यक्ष कमरेड मनमोहन । वैशाख १३ गते उहाँको स्मृति दिन हो । उहाँ अमर हुनुहुन्थ्यो । अमर रहनुहुनेछ । नेपाली राजनीतिका भीष्म पितामह कमरेड मनमोहनप्रति हार्दिक श्रद्धाञ्जली !!!
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
- ‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- अडानबाट पछि हटे हर्क साम्पाङ
- मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply