केयूकेएलका महाप्रबन्धक नै अवैध
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का महाप्रबन्धक महेश भट्टराई अवैध रूपमा पदमा टाँसिएर बसिरहेका छन् । उनको काज सकिएको केही समय बितिसक्दा पनि महाप्रबन्धक पद छाड्न आनाकानी गरिरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा प्राध्यापन पेशा गर्दै आएका भट्टराई केयूकेएलको महाप्रबन्धकमा नियुक्त भएपछि विश्वविद्यालयबाट काज स्वीकृत गराएर कार्यरत रहँदै आएका छन् । सरकारले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो । पहिलोपटक विश्वविद्यालयले उनलाई दुई वर्षका लागि काज बिदा दिएको थियो । तर पछिल्लो समय भने उनको काज अवधि सकिएको छ ।
आफ्नो काज सकिएको दुई महिना बितिसक्दा पनि महाप्रबन्धक भट्टराई पदमा नै टाँसिएर बसिरहेका छन् । उनको काज सकिएपछि केयूकेएलको सञ्चालक समितिले उनलाई पछिल्लो समय दबाब दिँदै आइरहेको छ । बोर्डका सदस्यहरूले ‘कि काज स्वीकृत गराएर ल्याउनुस्, कि महाप्रबन्धक पदबाट राजीनामा दिनुस्’ भनेर दबाब दिए पनि उनले टेरिरहेका छैनन् । बोर्डका सदस्यहरूले ‘काज स्वीकृत गराएर ल्याउने वा पद छाड्ने’ कुरा उठाउँदा महाप्रबन्धक भट्टराईले ‘मेरो काज स्वीकृत प्रक्रियामा नै छ, म चाँडै नै काज स्वीकृत गराएर ल्याउँछु’ भनेर अल्मलाउँदै आइरहेका छन् ।
केयूकेएलमा विभिन्न सेयरधनी संस्थाहरूका प्रतिनिधिहरू सञ्चालकमा रहेका हुँदा सोही सञ्चालक समितिले नै महाप्रबन्धकलाई राख्न वा हटाउन सक्ने प्रावधान छ । केयूकेएलमा सबभन्दा धेरै खानेपानी तथा सरसफाइ मन्त्रालयको ३० र काठमाडौं महानगरपालिकाको ३० प्रतिशत सेयर रहेको छ ।
यसअघि पनि पटकपटक विवादमा पर्दै आएका महाप्रबन्धक भट्टराईले विश्वविद्यालयबाट काज स्वीकृत गराउन प्रयत्न गर्दै आए पनि पछिल्लो समय भने उनी सफल हुन सकेका छैनन् । केयूकेएलमा डेढ वर्ष अवधि बाँकी नै रहेको हुँदा उनी प्राध्यापक पेसाबाट राजीनामा दिएर केयूकेएलमा बाँकी अवधि रहने वा केयूकेएलको महाप्रबन्धकबाट राजीनामा दिएर प्राध्यापन पेसामा फर्किने भन्ने कुरा अन्योलमा रहेको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply