एक काम करोड गफ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार बनेको डेढ वर्ष जति भएको छ । कामको समीक्षा गरेर सरकारले प्रशस्त उपलब्धि भएको कुरा पनि बताइरहेको छ । तीमध्ये सामाजिक सुरक्षा कार्यक्रम र रोजगारीको कुरा बढी मात्रामा प्रचार गरिएको छ । त्यस्तै अरू विकास निर्माणको काम पनि निकै धेरै गरें भनेको सुनिएको छ । ‘सडक लामिएको छ । बिजुली बढी झलमलिएको छ । स्वास्थ क्षेत्र उजेलिएको छ । सञ्चारले चमत्कार देखाउन थालेको छ । खानेपानीका धारा बढेका छन् । पानीजहाज कार्यालय खुलेको छ । रेल छकछकाउन थालेको छ । मेसिनले काठमाडौंका सडक सफा गर्न थालिएको छ ।’ यस्तै यस्तै प्रचारमा सरकार मक्ख छ । यसमै रमाएकोजस्तो देखिएको छ ।
यी प्रचारभित्र केही सत्यता लुकेको होला । त्यो भने सरकार रमाउनका निम्ति मात्र काम लागेजस्तो देखिन्छ । तिनलाई सुनकाण्डको अनुसन्धानको गुपचुपले ढाकिदिएको छ । निर्मला हत्या तथा बलात्कार काण्ड आदि अपराधले कालो लगाइदिएको छ । शान्तिसुरक्षाको गलत अभ्यासले गर्दा ‘विप्लव’ पार्टीले विस्तार हुने अवसर पाएको छ । देशका विभिन्न भागमा भएका सामूहिक हत्या र बलात्कारले शान्तिसुरक्षालाई खिसीट्युरी मात्र गरिरहेका छन् । मूल्यवृद्घिले घन्टाघरको टुप्पोलाई उछिनेको छ । काठमाडौंका जनताले मेलम्चीको पानी खान पाउने भन्ने कुरा अनिश्चित भएको छ । सुनकाण्ड, निर्मला बलात्कार तथा हत्या काण्ड, मेलम्ची खानेपानी, बालुवाटारलगायत विभिन्न ठाउँको सरकारी जग्गा कब्जा आदि महŒवपूर्ण पक्षको अध्ययन गर्दा सरकार तस्कर पक्षधर भएको प्रमाणित भएको देखिएको छ ।
संसद्मा पेस भएका विधेयकहरूले पार्टीकै सांसद र नेताहरूको समेत विरोधको सामना गर्न परिरहेको छ । त्यसमा पनि सञ्चारसम्बन्धी विधेयक बढी विवादित भएको छ । अधिकांश पत्रकार÷सम्पादकहरू त्यसको विरोधमा देखिएका छन् । पत्रकारहरूको छाता संगठन ‘नेपाल पत्रकार महासंघ’ त आन्दोलनमै छ । पार्टीका केही नेताहरूले पनि विधेयक संशोधन गरेर मात्र पास गर्नुपर्ने भन्ने लागेको कुरा बताएका छन् । पानी जहाज कार्यालय भनेर उल्लेख गरेको भवन र ठाउँमा खोज्न जाँदा त्यो भेट्न नसकिएको कुरासमेत प्रचारित भएको थियो । यी सबै नकारात्मक विषयहरूको फैलावटले सकारात्मक छन् भनेका विषयहरूलाई ओझेलमा पारेका छन् । समग्रमा भन्दा सरकारको कामबाट जनता उत्साहित देखिएका छैनन् । जनताका बीचमा निराशाको बादल मडराउन थालेको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि निरंकुश भएको आरोप पनि लागेको छ । प्रतिपक्षले भनेको कुरालाई नजरअन्दाज गरौंला । आफ्नै पार्टीभित्रबाट लागेको आरोपमा के गर्ने हो ? अध्यक्षले पार्टीमा एकलौटी ग¥यो भन्ने भनाइमा सत्यता छ कि छैन ? अर्का अध्यक्ष पुष्पकमल दाहालले बेलाबेलामा ‘फेरि जंगल जान्छु, पुनः हतियार उठाउँछु’ भनेका कुरा पनि उही कारणले हो भन्ने सुनिएको छ । यही स्वभावका कारणले गर्दा पार्टी एकीकरण हुन एक वर्ष लागेको विषय पनि कम रोचक थिएन । अझ वरिष्ठ नेता माधव नेपालले समानान्तर कमिटी बनाउने कुरासमेत गरे भनेको विषयले पनि उत्तिकै ध्यानाकर्षण गरेको थियो ।
वर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले सोचीबिचारी बोल्नुहुन्छ । त्यसपछि, त्यसमा लामो समयसम्म अडिनुहुन्छ पनि । यो नेतामा नभई नहुने एउटा गुण हो । यही गुणले उहाँलाई यो उचाइसम्म उचालेको छ । उहाँ पिपलपाते हुनुहुन्न । चट्टानी अडान भएको नेता हुनुहुन्छ उहाँ । उहाँ सहमत कार्यकर्ताप्रति लचिलो र नरम हुनुहुन्छ । आपूmसँग असहमत कार्यकर्ताप्रति भने उहाँ कडा र क्रूर हुनुहुन्छ । चट्टानी अडान र क्रूरताको समागम भयो भने व्यक्ति निरंकुश र तानाशाह हुन सक्छ । केपी ओलीमा अन्तरनिहित यस्तो स्वभावका सम्बन्धमा म राम्ररी परिचित छु । सही विश्लेषणका साथ नेता–कार्यकर्ताले होसियारी अपनाउन आवश्यक छ ।
बाटोमा हिँड्दा फेला परेका झिना मसिना काम गरेकोमा फुर्ती नदेखाउन राम्रो हुन्छ । सरकारले नभएका दिशाहरूसमेत थपेर भौंतारिन आवश्यक देखिँदैन । यसले क्षमता, इमानदारी र निष्पक्षताका साथ एउटै काम गरे पुग्छ । त्यो हो भ्रष्टाचारको उन्मूलन । पुरै समाजबाट भ्रष्टाचार उन्मूलन गर्न सम्भव नहुन सक्छ । तर, तपाईंले भ्रष्टाचार नगर्न त सक्नुहुन्छ । सर्वप्रथम तपाईंले भ्रष्टाचार नगर्नुहोस् ! चाहनुभयो भने यो काम शतप्रतिशत गर्न सक्नुहुन्छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचार नगर्ने हो र नियन्त्रण गर्ने अभियान सञ्चालन गर्ने हो भने यो नियन्त्रित नहुने कुरै छैन । त्यसपछि पञ्चायती कालका मण्डलेहरू लुक्नुपरेजस्तै लुक्नुपर्ने छ भ्रष्टाचारीहरू । तब मात्र विकासका सारा बाटाहरू खुल्नेछन् । सडकहरू एक वर्षभित्रमा दुईगुणा बढी लम्बिनेछन् । मेलम्चीको पानी काठमाडौंमा छलछल गर्दै बग्न थाल्नेछ । ठूलो मात्रामा बिजुली उत्पादन हुन सक्नेछ । गाउँगाउँमा निःशुल्क स्वास्थ्य सेवा पुग्नेछ । सार्वजनिक जग्गा कसैले पनि हडप्न सक्नेछैन । खानीहरूको उत्खनन हुनेछ र सुन, तामा, फलाम, ग्याँस आदि वस्तुहरू बजारमा आउन सक्नेछन् । संक्षेपमा भन्दा ‘सुखी नेपाली र समृद्घ नेपाल’को नाराले साकार रूप लिनेछ । व्यापारीले चिल्लो ब्रिफकेस चढाउन ल्याउँदा मुस्कुराउनुहुन्छ, आँखाहरू चम्काउनुहुन्छ र ओठ र गालासहितका सबै अंग फर्पmराउनुहुन्छ भने तपाईं समृद्घ र सुखी त हुनुहोला । देश र जनताका निम्ति त त्यो ‘आकाशको फल’जस्तै भइरहनेछ ।
अहिले नेकपा सर्वव्यापी भएको छ । सरकारमा छ । संसद्मा छ । सडकमा छ । जंगलमा छ । हरठाउँमा छ । पार्टीलाई जनताले विश्वास गरेका हुनाले यो स्थिति बनेको हो भनेर भनिरहन जरुरी छ जस्तो लाग्दैन । जनताबाट यस्तो विश्वास लिन ठूलो संख्यामा इमानदार नेता र कार्यकर्ताले निजी स्वार्थ परित्याग गरेका थिए । तर, अहिले तपाईंहरूको सहयोगमा केही कार्यकर्ता निजी स्वार्थमा लागिरहेका छन् । यस दौडमा कैयौं इमानदार नेता–कार्यकर्ता धपाइएका पनि छन् । पार्टीमा नयाँ स्वभाव र चरित्रका नेता कार्यकर्ताहरू थपिइरहेका छन् । ठगी धन्दामा लिप्त, जालझेलमा सिपालु, तस्कर र काला व्यापारीहरूको ठूलो संख्या पनि पार्टीमा प्रवेश गरिरहेको छ । यीमध्ये केही ठेकेदारका रूपमा, केही जग्गा दलालका भेषमा र केही म्यानपावरका अनुहारमा पनि छन् । पञ्चायती व्यवस्थाका समयमा यस्ता चरित्रका व्यक्तिहरू पञ्चायतमा थिए । पछि कांग्रेस पार्टीमा प्रवेश गरे । अहिले नेकपामा हर्ताकर्ता भएका छन् । यिनले पञ्चायत खाए । कांग्रेसको बेहाल बनाए र दैंत्याकार मुख बनाएर नेकपा निल्न तम्सिरहेका देखिन्छन् । यो झुन्ड भएको ठाउँलाई नेपाली जनताले तिरस्कार गर्दै आएका छन् । यस्ता चरित्र भएका व्यक्तिले घुमाईफिराई ठग्ने त जनतालाई न हो । यो कुरा बुझेका सचेत जनताले यो प्रवृत्तिको अन्त्य गर्न चाहन्छन् । प्रवृत्तिको अन्त्य गर्दा त्यसलाई आश्रय दिइरहेका शक्ति, संस्था वा व्यक्तिको पनि इतिश्री हुँदै आएको छ ।
कम्युनिस्ट पार्टी गरिब जनताको भलो गर्ने पार्टी हो भनेर जनताले विश्वास गरेका हुन् । यदि पार्टी र पार्टीको यो सरकार गरिब जनता पक्षधर हुन छोड्यो भने जनता पार्टीका नेताको गोठालो बनेर पछि लागिरहनेछैनन् । भारतको पश्चिम बंगाल, केरालाजस्ता राज्यमा भएको भर्खर सम्पन्न निर्वाचन परिणामले यो कुरा बताइरहेको छ । अहिलेजस्तै काम गरिरहने हो भने नेकपाको अवस्था पनि यस्तै हुनबाट बचाउन सकिनेछैन । त्यसकारण, नैतिकवान् र इमानदार नेता–कार्यकर्ता सरकार र पार्टीका गलत कामको अन्धभक्त नबनौं । पार्टीका नेताले जे भन्छन्, त्यसलाई आपूmले विश्लेषण गरौं । सही भएको लागे स्वीकार गरौं । गलत भएको लागे आलोचना गरौं । दलाली गरेर स्वार्थसिद्घ गर्ने काम तस्कर, ठग, जग्गा दलाल र काला व्यापारी कम–रेडहरूले नै गर्नुहुने छ ।
मेरो विचार सुन्दा बाटो बिराएका सरकारी मानिसहरूका कन्सिरीका रौं ठाडा हुन सक्छन् र मामाथि खनिन सक्छन् । यस्तो हुनुपर्छ भन्ने मेरो विचार छ । यो पार्टीलाई यति शक्तिशाली बनाउनमा मैले पनि केही बुँद पसिना र रगत बगाएका छु । मलाई यो पार्टीको अति माया लाग्छ । दुष्टहरूले यसलाई गिद्घले सिनु लुछेझैं लुछेको देख्दा असहनीय पीडा हुन्छ । त्यही भएर यसलाई बचाउन सहयोग मिल्छ कि भनेर यति लेख्ने प्रयत्न गरेको हुँ ।
सरकारले जनताको पक्षमा राम्रो काम गरोस् ! राष्ट्र र जनपक्षधर बनिरहोस् ! ठग र तस्करहरूका पुट्ट परेका झोला देख्दा ¥याल नबगाओस् ! यो सरकार बनाउँदा ठूलो संख्यामा इमानदार र नैतिकवान् नेता–कार्यकर्ताको पसिना र रगत बगेको छ । त्यो रगत र पसिनाप्रति गद्दारी नगरियोस ! यतिबेला काम थोरै र गफ बढी भएका छन् । धेरै काम गरौं । थोरै गफ गरौं । एक काम र करोड गफ गर्ने शैलीको अन्त्य गरौं ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
- पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
Leave a Reply