प्रहरी सरुवामा मनोमानी
काठमाडौं । आफ्नो पदावधी नौ महिना मात्र बाँकी रहँदा प्रहरी प्रमुख सर्वेन्द्र खनालले आर्थिक प्रभावमा परेर प्रहरी अधिकृतहरूको सरुवामा चलखेल तीव्र बनाएको बताइन्छ । आफूनिकटस्थहरूलाई र नजरना चढाउनेहरूलाई पहिले काजमा महŒवपूर्ण स्थानमा पठाउने र पछि त्यही दरबन्दी कायम गर्ने गरेका छन् ।
पछिल्ला दुई महिनाका बीचमा पनि उनले थुप्रै प्रहरी नायब उपरीक्षकहरूको सरुवामा यही विधि अपनाएको बताइन्छ । केही महिनाअघि सुरुमा रूपन्देहीमा काजमा पठाइएका प्रहरी नायब उपरीक्षक धर्म भण्डारीलाई त्यही दरबन्दी कायम गरिएको छ । त्यस्तै, प्रेमसागर केसीलाई उदयपुरको कटारीमा पहिले काजमा पठाएर पछि त्यही दरबन्दी कायम गरिएको हो । रसुवाबाट काठमाडौं काजमा ल्याइएका सन्तोष तामाङलाई पनि त्यही दरबन्दी कायम गरिएको छ ।
त्यस्तै अर्का प्रहरी नायब उपरीक्षक मोहन थापालाई काठमाडौंबाट काजमा झापाको दमक पठाइएको थियो । सामान्यतया मुद्दा फाँटमा रहेकालाई इन्चार्ज दिइँदैन । तर, थापालाई काठमाडौं प्रहरी परिसर मुद्दा फाँटबाट पहिले काजमा दमक पठाएर अहिले त्यही दरबन्दी कायम गरिएको छ । कवित कटुवाललाई पनि पहिले काजमा चन्द्रनिगाहपुर पठाएर अहिले त्यहि दरबन्दी कायम गरिएको छ । मिसनबाट फर्किएकालाई तुरुन्त तर आमअधिकारीलाई सुरुमा काजमा अपराध महाशाखामा पठाएर त्यहि दरवन्दी कायम गरिएको छ । यसबाहेक पनि थुप्रै अधिकृतहरूको सरुवामा आइजी खनालले मनोमानी गरेको बताइन्छ ।
सामान्यतया एक वर्ष र विशेष अवस्थामा ११ महिनाभन्दा कम अवधिमा सरुवा चलाइँदैन । तर प्रहरी नायब उपरीक्षकहरू अपिलराज बोहरा, राजकुमार केसी, आभूषण तिमिल्सिनालगायतलाई नौ महिनामै सरुवा गरिएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply