अख्तियारभित्रै छन् अकूत सम्पत्ति कमाउनेहरू
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तको पदीय मर्यादा नै बिर्सेर घुस असुलीमा तल्लीन राजनाराण पाठकले संस्थाको छविमा हिलो पोतेर बिदा भए । जुन संस्थाको आयुक्त भए, त्यही संस्थाले उनीविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गर्नुपर्ने परिस्थिति निम्तियो । कुपात्रलाई अख्तियारको पदाधिकारी नियुक्त गर्दा आयोगको गरिमामाथि आँच पुग्न गयो । अख्तियारबाट पाठकको बेइज्जतीपूर्वक बहिर्गमनपछि उनी मुद्दा खेपिरहेका छन्, तर तिनै पाठकले आयोगमा लगेकाहरू भने सरुवा भएको तीन महिनासम्म पनि रमाना नबुझी बसेका छन् । प्रसंग हो, सहन्यायाधिवक्ता शंकर खत्रीको । सरकारी वकिलबाट सहन्यायाधिवक्तासम्म भएका पाठक आयोगमा नियुक्त भएपछि खत्रीलाई आयोगमा लगेका थिए । आयोगमा लगेपछि खत्री र पाठकको मिलेमतोमा धेरैलाई दुःख दिने र असुली गर्ने काम भयो । पाठकसँग खत्रीको कनेक्सन देखिएपछि प्रमुख आयुक्त नवीन घिमिरेले उनलाई महान्यायाधीवक्ता कार्यालयमै फिर्ता गरिदिए । तर महान्यायाधीवक्ता कार्यालयमा सरुवा भएको तीन महिना बितिसक्दा पनि उनी सरुवा भएको कार्यालयमा गएका छैनन् ।
उनले विगतमा अर्थमन्त्रालय र भूमि व्यवस्था मन्त्रालय हेर्ने गरेका थिए । दीप बस्न्यातको पालामा उनीनिकट भएर पनि खत्रीले लिनुसम्म लाभ लिए । अर्थ मन्त्रालय अन्तर्गत राजस्व समूहका कर्मचारीसँग उनले दररेट तोकेरै उठाए । दीप बस्नेतको कार्यकालमा एउटा पनि राजस्वका कर्मचारीविरुद्ध विशेष अदालतमा अकूत सम्पत्तिमा मुद्दा दायर नहुनुमा खत्रीकै सेटिङले काम गरेको स्रोतले बतायो । भैरहवा भन्सारबाट निर्वाध रूपमा भन्सार यार्डमै प्रवेश नगरी शमशेर मियाँका मालबाहक ट्रक पास हुँदा पनि आँखा चिम्लने भूपाल शाक्यजस्ता उपसचिवसँग पनि खत्रीको कनेक्सन रहेकाले उनी अहिलेसम्म पनि सुरक्षित भएको बताइन्छ । तर, भन्सार अधिकृत मानप्रसाद विकविरुद्ध भने अख्तियारले मुद्दा दायर गरिसकेको छ ।
ठाकुर खनाल भन्ने भूमाफियासँग मिलेर उनले थुप्रै सरकारी जग्गा गैरकानुनी दर्तामा साथ दिएको आरोप पनि अख्तियारकै अधिकारीले लगाउने गरेका छन् । खनालको सम्पत्ति विवरण हेर्ने हो भने र कनेक्सन खोज्ने हो भने पनि धेरै रहस्य खुल्नेछन् । दीप बस्नेत र पाठकको आडमा उनले अख्तियारको वार्षिक प्रतिवेदन तयार गर्ने तामेलीमा जाने अवस्थाका उजुरीमा प्रत्येकलाई सम्पर्क गरी लाभ लिने गरेका थिए । चर्चित र ठूला पदकाभन्दा तल्लो तहका कर्मचारी विशेष गरी जनसम्पर्क हुने कार्यालय र राजस्व समूहका नासु खरिदारसँग उनले सम्पर्क गरी फाइदा लिने गरेका थिए । अख्तियारले अकूत सम्पत्ति आर्जन गर्नेहरूको छानबिन गर्ने गर्दछ । तर सबभन्दा पहिला आयोगभित्रै खत्री प्रवृत्तिका कर्मचारीको छानबिन आवश्यक भइसकेको महसुस गरिएको छ । खत्रीले सात आना जग्गामा कपनमा भव्य महल बनाएर मात्र नपुगी आफन्तको नाममा कतिपय ठाउँमा जग्गा समेत खरिद गरी लुकाएको आरोप छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply