प्रधानमन्त्रीको सम्बोधन आज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई आज अपराह्न ४ बजे सम्बोधन गर्दै छन् । युरोप भ्रमण र समसामयिक विषयमा बोल्न समय माग गरेपछि हिजै सभामुख कृष्णबहादुर महराले उनलाई बोल्न समय दिएका थिए । सम्बोधन गर्न प्रधानमन्त्री ओली रोस्टममा पुगेपछि प्रतिपक्षी सांसदहरूले नाराबाजी गरेर बोल्न दिएका थिएनन् । त्यसपछि सभामुखले आजसम्मका लागि बैठक स्थगित गरेका थिए । आजको बैठकको पहिलो कार्यसूची प्रधानमन्त्रीको सम्बोधन नै रहेको छ ।
प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रधानमन्त्रीभन्दा अगाडि बोल्न समय मागेका थिए । तर, सभामुखले प्रधानमन्त्रीले सम्बोधन गरेपछि बोल्न समय दिने भन्दै बस्नका लागि पटकपटक आग्रह गरे पनि उनीहरूले कुनै टेरपुच्छर लगाएनन् । बरु अगाडि बढेर बेल घेर्न पुगे । बैठक सुरु हुनुअघि कसलाई पहिला बोल्न दिने भन्नेबारे सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकबीच विभिन्न चरणमा छलफल भए पनि सहमति जुट्न सकेको थिएन । कुनै सहमति नजुटेपछि सभामुखले प्रधानमन्त्रीलाई पहिला बोल्न समय दिएका थिए ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply