एक बोरा आलु र कम्युनिस्ट चरित्र
पुरुषोत्तम पौडेल
माक्र्सले लेखेको एकबोरा आलुको सिद्धान्त क–कसले पढे÷पढेनन्, म भन्न सक्दिनँ । तर म र मभन्दा अघि कम्युनिस्ट भएको इतिहास लेखाउने मित्रहरूले पक्कै पढेको या सुनेको हुनुपर्छ । किनकि, मलाई पार्टी सदस्यताको शपथ गराउँदा माक्र्सवाद पहिलो पुस्तक, दर्शन शास्त्रको प्रारम्भिक ज्ञान, कमरेड माओले लेखेका रेडबुकहरू, चिनियाँ कथाहरू, गोर्कीको आमा, समाजको विकासक्रमसहित नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास, नेपालको इतिहास, नेपाली प्रगतिशील साहित्य संघ सम्बन्धित थुप्रै पुस्तकसहित कार्ल माक्र्सको एकबोरा आलुको सिद्धान्त पढे÷नपढेकोबारे जानकारी लिइएको थियो । कम्युनिस्ट पार्टीको सदस्य कति इमानी, कति शुद्ध, दृढ र वैचारिक हुनुपर्छ भनेर सुन्दर ढंगले पढाइएको पनि थियो !
एक बोरा आलुको सिद्धान्तमा जसरी सिंगो आलुको बोरामा एउटा मात्र कुहिएको आलु प¥यो भने त्यसले सबै आलु कुहाएर नष्ट, भ्रष्ट पारेर दुर्गन्धित बनाइदिन्छ । त्यसैगरी, समाजमा असल, इमानदार र शुद्ध सर्वहारा क्रान्तिकारीले बनेको कम्युनिस्ट पार्टीमा पनि एउटै मात्र खराब, ठग या भ्रष्ट व्यक्ति घुस्यो भने त्यसले सम्पूर्ण पार्टीलाई नै नष्ट–भ्रष्ट गरिदिने स्वतःसिद्ध छ । यसैले कार्ल माक्र्सले कम्युनिस्ट पार्टीको असल चरित्र जोगाइराख्न प्रतीकका रूपमा एक बोरा आलुको सिद्धान्त अघि सारेको हुनुपर्दछ ।
आजकल त्यो सिद्धान्त पढ्नु आवश्यक छैन जस्तो छ । अनि त्यस्तो कपट–छान गरेर कार्यकर्ता बनाउने कुरा क्रान्तिकाल सकिनुका साथै सकिएको अथवा आवश्यक नरहेको हुन सक्छ । अहिले त त्यो क्रान्तिकारिता कता हरायो कता । एकचरणको क्रान्ति सफल भइसकेर होला । क्रान्तिपछिको सरकार बन्यो । सरकारमा बहुमतसहित हामी बसिरहेका छौं । क्रान्ति सफल भएकाले कार्यकर्ताको शुद्धताको औचित्य सकिएको पो हो कि ? त्यो एक बोरा आलुको सिद्धान्त पढाउने गुरुसमेत कतै बोलेको सुनिँदैन । जनताले लामो संघर्ष र दुःखले कमाएको आलुको बोरामा एकतिहाइ आलु कुहिएको गन्ध ठसठसी आइरहेको छ । भान्सामै राखिएको आलु कुहिएर ठसठसी गन्ध हो कि बास्ना छारस्ट भएको चर्चा भान्सेहरूबाटै बाहिर आइरहेको छ । तैपनि कसैलाई चासो भइरहेजस्तो लाग्दैन । सत्तामा बस्नेहरू चमत्कार गरेको बखान गर्दै छन् । बाहिर बस्नेहरू माखो मरेन भन्दै छन् ।
के भइरहेको छ यहाँ ? कुरा बुझ्नै गाह्रो भो । हामीजस्ता सादा गाउलेहरूलाई ! आमजनसाधारणलाई ! भ्रष्टाचाररूपी दुर्गन्धले सर्वत्र प्रदूषण फैलाएको छ । विचरा जनता चारैतिर दुर्गन्धको थुप्रो देख्छन् । अनुभव गर्छन् । पीडित छन् । तर सरकार न त्यो दुर्गन्ध देख्छ । न सुँघ्छ । जनताले दैनिक भोगिरहेको दर्द र पीडा सरकारले महसुस गर्न सकिरहेको देखिँदैन । अझ कम्युनिस्ट पार्टीकै सरकार छ । वरिष्ठ कम्युनिस्टले चलाएको सरकार छ । त्यहाँ त कुहिएको आलु अवश्य त्याज्य हुनुपर्ने हो । तर भान्सावरिपरि नै आलु कुहिएको दुर्गन्ध आएको चर्चा छ । तर पनि रैथाने भान्सेले त्यो महसुस गर्न नसकेको प्रस्ट देखिँदै छ । अनि उनीहरूलाई दुर्गन्ध नै सुगन्धित र प्रिय लाग्न थालिसक्यो भन्ने चर्चा चल्दै छ ? वास्तविकता के हो, जनता जान्न चाहन्छन् ।
कम्युनिस्टहरू आफैंमा इमानदार हुन्छन् । जो असल कम्युनिस्ट छ, त्यो बेइमान हुनै सक्दैन । जो बेइमान छ, त्यो कम्युनिस्ट हुनै सक्दैन । कम्युनिस्टहरू स्वच्छ र खुला हुन्छन् । जो भ्रष्ट छ त्यो कम्युनिस्ट हुनै सक्दैन । टाढा जानै पर्दैन । नेकपाका संस्थापक क. पुष्पलाल र जननेता क. मदन भण्डारीको जीवन पढ्दा पुग्छ । कम्युनिस्ट पार्टीको सरकारमा बेइमान, भ्रष्टाचारी, तथा दुष्ट र दुराचारीहरूको कुनै स्थान हुनुहँुदैन । आफूप्रति सचेत, मुलुकप्रति जिम्मेवार तथा कम्युनिस्ट आचरणप्रति स्पष्ट व्यक्ति मात्र कम्युनिस्ट सरकारको नेतृत्वमा रहनुपर्दछ ।
कहिलेकाहीँ झुक्किएर भ्रम दिएर गलत तŒव पनि कम्युनिस्ट पार्टी र सरकारमा प्रवेश गर्न सक्छन् । यदि पार्टी नेतृत्व सही छ र उसको गन्तव्य सही छ भने त्यस्ता तŒव पार्टीमा लामो समय टिक्न सक्दैनन् । कथंकदाचित त्यस्ता तŒवले गुँड बनाएको रहेछ भने पनि तिनको बहिर्गमन अनिवार्य हुन्छ । कम्युनिस्ट सिद्धान्तले त्यस्तालाई किमार्थ पनि स्वीकार गर्दैन । त्यस्ता बिग्रेका र सडेगलेका तथा जनताबीच अस्वीकार्य भएका तŒवलाई चिनेर, छानेर फाल्न सके मात्र असल कम्युनिस्ट चरित्र कायम रहन्छ । त्यसैले, माक्र्सले एक बोरा आलुको सिद्धान्त अघि सारेको हुनुपर्छ ।
कम्युनिस्टहरूले सामन्तवादको विरोध गरे । कम्युनिस्ट पार्टीले सामन्ती सत्ताको अन्त्यको कुरा ग¥यो । किनकि, सामन्तवादले जनतालाई आफ्नो सेवक मात्र बुझ्दछ । सामन्ती सत्ताले उसको हुकुमलाई नै राज्यको आधार मान्दछ । उसको नजरमा नागरिक हुन्नन् । रैती मात्र हुन्छन् । जनतारूपी रैतीहरूको काम उसको चाकरी गर्नु हुन्छ । चाकरी गर फल खाऊ । उसको सिद्धान्त हो । चाकरी–चाप्लुसी नगर्ने, उसको सत्ता र शोषण जोगाउन चुक्ली नलगाउने बागी ठहरिन्थ्यो । त्यसैले, हामीले सामन्तवाद उन्मूलनको कुरा ग¥यौं र किसान मजदुरको स्वतन्त्रताको आवाज बुलन्द ग¥यांै ।
हामीले पुँजीवादी प्रजातन्त्रलाई पनि अस्वीकार ग¥यौं । किनकि, पुँजीवादी प्रजातन्त्रले पनि ठूला पुँजीपति र ठालुको मात्र सेवा गरेको देखियो । पुँजीवादी प्रजातन्त्रले नागरिकलाई भुक्ने हकसहितको नागरिक स्वतन्त्रताको कुरा त ग¥यो तर आफ्ना नागरिकहरूको समानताको हकलाई स्वीकार गरेन । अर्थात् नागरिकहरूको शिक्षा, स्वास्थ्य र जीविकाको हकसहितको समानताको अधिकारलाई हास्यास्पद ठान्यो । अझ यसलाई असम्भव र वाहियात भन्दै पन्छाउने काम ग¥यो । यही पुँजीवादी अकर्मण्यता र आधारभूत वर्गका श्रमजीवी जनताको समस्याबीचको अन्तरविरोध परिणाम कम्युनिस्ट पार्टीको जन्म भएको हो ।
यसरी सामन्ती शोषणदमन र उत्पीड़नबाट मुक्ति एवं पुँजीवादी दानवीय चरित्र र अकर्मण्यताको गर्भबाट आधारभूत वर्ग तथा शोषित–पीडित जनताको मुक्तिका लागि स्थापित पार्टी हो कम्युनिस्ट पार्टी । आज देशमा त्यही महान् माक्र्सवादी सिद्धान्त र जनताको असाधारण त्याग तपस्या र बलिदानको मूल्यमा स्थापित कम्युनिस्ट पार्टीको सरकार छ । यस्तो स्पष्ट लक्ष्य र उद्देश्यसहित बनेको सरकार जनताको सेवा र मुक्तिलाई बिर्सिएर तुच्छ स्वार्थमा अलमलिन थाल्यो, भ्रष्टाचाररूपी आहालमा डुब्न थाल्यो भने के होला यो संसारमा ? के होला विचरा जनताको ? के होला हजारौं सहिद र तिनको बलिदानको ।
मलाई त अझै पनि पूर्ण विश्वास छ । झापा आन्दोलनदेखि निरन्तर संघर्षको इतिहास बोकेको, जननेता मदन भण्डारीले बनाएको पार्टी नेकपा एमाले र दसवर्षे जनयुद्ध लडेको अनि कमरेड प्रचण्डले बनाएको माओवादी केन्द्रजस्तो पार्टी मिलेर बनेको नेकपाजस्तो महान पार्टी र सरकार आफूलाई सम्हालेर अघि बढ्छ । अथवा जनताको अपार समर्थनबाट स्थापित यो सरकार सबै किसिमका फोहोरमैला साफ गर्दै अघि बढ्छ । राज्य र समाज विकासको अवरोधका रूपमा रहेको भ्रष्टाचार र अनर्गल गतिविधिया रुमलिएर यो सरकार बस्दैन । यो सरकारले कुनै पनि मूल्यमा बाटो बिराउनेछैन । जनताको अपार समर्थनभित्र लुकेको आशा, भरोसा र विश्वास टुट्न दिनेछैन । तर पनि जुन जोगी आए पनि कानै चिरेका भन्न थालेका छन् जनता । जनताको भनाइको पछाडिको सत्यता जाँचेर आफूलाई ठीक गर्दै लक्षमा अघि बढ्नुपर्दछ । कहीँ एक बोरा आलुको सिद्धान्त लागू गर्नुपर्ने छ कि ? ‘जनताबाट सिक्नु अनि जनतालाई सिकाउनु’ असल कम्युनिस्टको चरित्र नै हो । जनतालाई अर्ती मात्र सुनाउने आफूचाहिँ भर्ती मात्र गर्ने असल कम्युनिस्ट चरित्र होइन । आफूलाई मात्र ठीक ठान्ने चरित्र पनि अशल कम्युनिस्ट चरित्र होइन । असल कम्युनिस्ट बन्नेतिर अघि बढौं । जनमुखी र असल संस्कार बसालौं ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply