ओली सिंगापुर जाँदै, प्रचण्ड दुबई भ्रमणमा
काठमाडौं । प्रधानमन्त्री केपी ओली नियमित स्वास्थ्य परीक्षणको सिलसिलामा सिंगापुर जाने भएका छन् । गत शनिबार वीरेन्द्र सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेका ओलीलाई चिकित्सकहरूले थप परीक्षण गर्न सुझाव दिएपछि उनी १८ साउनमा त्यसतर्फ प्रस्थान गर्ने तयारीमा रहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । स्वास्थ्य परीक्षणमा पहिलेभन्दा सन्तोषजनक अवस्था नरहेको बताइए पनि चिकित्सकहरूले खुलाएका छैनन् ।
२०६३ सालमा प्रधानमन्त्री ओलीको थाइल्यान्डको बैंककमा मिर्गाैला ट्रान्सप्लान्ट गरेका थिए । त्यसयता उनले कहिले थाइल्यान्ड कहिले सिंगापुर र दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । सोमबारको सचिवालय बैठकमा उनले लामो समयदेखि स्वास्थ्य परीक्षण नगराएकाले उपयुक्त समय मिलाएर एक हप्ताका लागि सिंगापुर जान लागेको नेताहरूलाई जानकारी गराएका छन् । उनी २५ गते स्वदेश फर्किनेछन् ।
ओली स्वास्थ्य परीक्षणको सिलसिलामा सिंगापुर जाने तयारीमा रहेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । त्यस्तै, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि निजी भ्रमणको सिलसिलामा मंगलबार दुबई प्रस्थान गरेका छन् । उनीसहित श्रीमती सीता, छोरी र नातिनीहरू पनि भ्रमण दलमा छन् । चारदिने भ्रमणपछि उनी फर्किने निकट स्रोतले जनाएको छ । दुवै अध्यक्षको विदेश भ्रमणका कारण पनि २९ साउनसम्मका लागि बैठक स्थगित भएको बताइएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply