वायुसेवामा अन्योल थपियो
काठमाडौं । अगामी एक महिनापछि अर्थात् अगस्ट २९ देखि जापानको ओसाका उडानको तयारीमा रहेको नेपाल वायुसेवा निगमको उडान सेवा अन्योलमा परेको छ । देवमान हिराचनले आफूलाई अकारण आर्थिक चलखेलका कारण हटाएको आरोप लगाउँदै मुद्दा हालेपछि यो विषय अन्योलमा परेको हो ।
हिराचनले सर्वोच्च अदालतमा मुद्दा हालेपछि सर्वोच्च अदालतले निगमलाई कारण देखाऊ आदेश जारी गरेको छ । तर निगमले अदालतको आदेश उल्लंघन गर्दै ओसाकामा निगमको प्रतिनिधि नियुक्त गर्न कमर्सियल डाइरेक्टर टंकनिधि दाहाल र एचआरका निर्देशक अशोक सिग्देल आइतबार ओसाका पठाएको बताइएको छ । यदि यसो हुने हो भने यो विषय अदालतको अवहेलनामा पर्ने स्पष्ट भएको बताइन्छ ।
सुरुमा ओसाकाका लागि प्रतिनिधिका रूपमा हिराचनलाई काम गर्न निगमले प्रतिनिधि तोकेको थियो । पछि शक्तिकेन्द्रको आडमा ओसाका प्रतिनिधि खर्पु शेर्पालाई दिएपछि विवाद उत्पन्न भएको हो । शेर्पा यति एयरलाइन्ससँग समेत सम्बन्धित भएको बताइएको छ ।
शेर्पाले जापानको एआईजे नामक ट्राभल्स एजेन्सीसँग मिलेर काम गर्न खोजेको र सो एआईजे कम्पनी बर्मा एयरलाइन्सको रकम हिनामिना गरेर कालो सूचीमा परेको कम्पनी भएको बताइएको छ ।
त्यस्तो कम्पनीलाई निगमको प्रतिनिधि तोक्दा भोलिका दिनमा निगम डुब्न सक्ने आशंका गराइएको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले शक्तिकेन्द्र रिझाउन शेर्पालाई ओसाकाको जिम्मा दिएको स्रोतको दाबी छ ।
अगस्ट २९ देखि ओसाका उडाउने भनिए पनि मार्केटिङ, टिकेटिङको काम भने अघि नबढेको बताइएको छ । तोकिएको सर्त पूरा गर्न नसकेको भन्दै नेपाल वायुसेवा निगमले हिराचनलाई जापान प्रतिनिधिबाट हटाएपछि उनको ठाउँमा जापानको एआईजे (एभिएसन इन्टरनेसनल जापान) कम्पनीलाई नियुक्त गरेको बताइन्छ ।
हिराचनले आफू प्रतिनिधि भएपछि जापानमा जीएसए (जेनरल सेल्स एजेन्ट) हुने माग राखेका थिए । उनले माग थप्दै लगेपछि जिम्मेवारीबाट हटाएको निगमको दाबी छ । एक साताअगाडि निगमको बोर्ड बैठकले हिराचनलाई प्रतिनिधि पदबाट हटाउने निर्णय गरेको थियो । हिराचन एक दशकअगाडि नेपाल–जापान उडान क्रममा प्रतिनिधि पदमा नियुक्त भएका थिए । हिराचनले आफूलाई जानकारी नदिई हटाएको दाबी गर्दै आएका छन् । काठमाडौं–ओसाका उडानका लागि मासिक तीनवटासम्म चार्टर उडानको प्रस्ताव आइरहेको निगमले जनाएको छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply