प्रधानमन्त्री ओली स्वदेश फिर्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा १० दिन लामो स्वास्थ्योपचारपछि सोमबार स्वदेश फर्किएका छन् । त्यस अवसरमा प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका नेताहरू वामदेव गौतम, सुवास नेम्वाङलगायतले त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलमा स्वागत गरेका थिए ।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली साउन १८ गते स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए । मिर्गाैलाको मात्र उपचार हुने विश्वकै उत्कृष्ट मानिने नेसनल युनिभर्सिटी हस्पिटलमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो । अघिल्लो सोमबारबाटै स्वास्थ्य परीक्षणको काम सुरु भए पनि सबै परीक्षणको रिपोर्ट आउन ढिलो भएपछि यो सोमबार मात्र उनी स्वदेश फर्किएका हुन् । त्यसअघि शुक्रबारै नेपाल फर्कने कार्यक्रम थियो । रिपोर्ट नआएपछि शनिबारलाई नेपाल फर्कने कार्यक्रम सारिए पनि त्यस दिन पनि रिपोर्ट आउन ढिला भएपछि सोमबार सारिएको हो । सबै रिपोर्ट प्राप्त भएपछि प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् ।
विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दा आफ्नो स्वास्थ्य अवस्था ठीक भएको बताए । विदेश भ्रमणबाट फर्कंदा पत्रकार सम्मेलन गर्ने गरेका प्रधानमन्त्री ओलीले यसपटक भने पत्रकार सम्मेलन नगरी बाहिरिए भने भ्रमण अनौपचारिक भएको भन्दै सेनाको सलामी पनि लिएनन् । प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, जनसम्पर्क सल्लाहकार अच्यूत मैनाली र निजी चिकित्सक दिव्या शाह पनि सिंगापुर गएका थिए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply