कास्की –२ मा विद्याको चर्चा
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ गते उपनिर्वाचनको मिति घोषणा गरेसँगै संघीय संसद्मा रिक्त कास्की क्षेत्र नं. १ मा नेकपाले कसलाई उम्मेदवार बनाउला भन्ने चर्चा बिस्तारै चुलिँदै गएको छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि खाली रहेको सो क्षेत्रमा रवीन्द्र पत्नी विद्या भट्टराईलाई उठाउनेबारे नेकपाभित्र अनौपचारिक छलफल सुरु भएको बुझिएको छ ।
केही दिनअघि नेकपाका सचिवालय सदस्य वामदेव गौतमले सो क्षेत्रमा रवीन्द्र पत्नी विद्याको नाम अनौपचारिक रूपमा शीर्ष नेताहरूसँग प्रस्ताव गरेसँगै उम्मेदवारको चर्चा सुरु भएको हो । त्यसो त रवीन्द्रको निधन हुनासाथ त्यहाँ पत्नी विद्यालाई रवीन्द्रको उत्तराधिकारीका रूपमा खडा गर्नुपर्ने आवाज नउठेको होइन । तर सुरुमा विद्याले आफंैले आफ्नो रुचि नभएको बताएकी थिइन् । तर विगतमा अनेरास्ववियुको सचिवालय सदस्यसम्म भएकी विद्याले पछिल्लो समय केही सञ्चारमाध्यमसमक्ष निर्वाचन लड्न सक्ने संकेत गरेपछि त्यहाँ नेकपाले उनैलाई अघि सार्ने तयारी गरिरहेको बुझिएको छ ।
सो क्षेत्रबाट नेकपाका अरू आकांक्षी नै नभएको भने होइन । तर, विद्याको नामको चर्चा सुरु भएसँगै आकांक्षीहरूले मुख खोलेका छैनन् । अध्यक्ष केपी शर्मा ओलीले सो क्षेत्रमा वामदेव गौतमलाई उठ्न आग्रह गरे पनि उनले सो प्रस्ताव इन्कार गरेर विद्याकै नाम प्रस्ताव गरेको कुरा सार्वजनिक भइसकेको छ । त्यसबाहेक सोमनाथ अधिकारी प्यासी, तुलबहादुर गुरुङ, रश्मि आचार्यलगायतलाई पनि सो क्षेत्रको सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ ।
पछिल्ला तीन निर्वाचनमा निर्वाचित रवीन्द्र गत निर्वाचनमा यस क्षेत्रबाट २७ हजार २ सय ७ मत प्राप्त गरी विजय भएका थिए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवराज चालिसेलाई उनले ८ हजार ५ सय ४५ अन्तरले पराजित गरेका थिए । कांग्रेसले भने चालिसेलाई नै खडा गर्ने सम्भावना रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply