सचिवहरू को कहाँ सरुवा ?
काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका सचिवहरुको सरुवा गरेको छ । लामो समयदेखि सचिव सरुवाको चर्चा चले पनि केही दिनअघि केही मन्त्रालयका सचिव अवकाश भएसँगै सचिव सरुवा भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव साटफेर भएका छन् । जानकारीअनुसार श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई शिक्षा मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव खगराज बराललाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ ।
यसैगरी विवादित पृष्ठभूमिका महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । उनी शिक्षा मन्त्रालयमा रहँदा आफैंले आफ्नो छोरीको कापी जाँची पास गराएर निकै विवादमा आएका पात्र हुन् । उनी गृहसचिव हुने दौडमा लागेका समेत थिए । यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिँचाइ सचिव सञ्जय शर्माको पनि सरुवा भएको छ । यता, पर्यटन सचिव मोहनकृष्ण सापकोटाको पनि सरुवा भएको छ । उनको स्थानमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई ल्याइएको स्रोतको दाबी छ ।
सरकारले सचिव सरुवाको निर्णय भने सार्वजनिक गरेको छैन । स्रोतले बताएअनुसार सोमबारको बैठकमा सरुवा हुने सचिवहरूको नाम सुनाइएको थियो । त्यसमाथि केही मन्त्रीले आपत्ति जनाएपछि बुधबार अन्तिम टुंगो लगाउने गरी बैठकमा अन्य विषयमा छलफल भएको थियो । जानकारीअनुसार केही मन्त्रालयका सचिव, प्रदेशका प्रमुख सचिव र आयोगका सचिवहरू सरुवाको सूचीमा छन् । प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकाल र प्रदेश ५ का प्रमुख सचिव डा तीर्थ ढकाल काठमाडौं आउँदै छन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि सिंगापुर जाने भएपछि भदौ १० मा अनिवार्य अवकाश पाउने राजस्व सचिव लालशंकर घिमिरेको अवकाश स्वीकृति पनि सोमबार नै गरिएको बताइएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply