कार्यविभाजन सकियो
काठमाडौं । पार्टी एकीकरणको १५ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यविभाजनले करिब करिब पूर्णता पाएको छ । अहिलेसम्म ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी सदस्यमध्ये केन्द्रीय अध्यक्षसहित साढे ३ सयभन्दा बढीले जिम्मेवारी पाएका छन् ।
सात प्रदेशमा इन्चार्ज, सहइन्चार्जसहित २८ जनालाई जिम्मेवारी तोकिएको छ । ७७ भूगोलका जिल्लामा डेढ सय बढीलाई इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिइएको छ । त्यस्तै, विशेष जिल्लाअन्तर्गत एक दर्जन केन्द्रीय नेताले जिम्मेवारी पाएका छन् भने केन्द्रीय सम्पर्क कमिटीअन्तर्गत प्रदेश सम्पर्क कमिटीहरूमा डेढ दर्जन केन्द्रीय सदस्यहरूले जिम्मेवारी पाएका छन् । उता ३२ ओटा विभागमा ७० जनाभन्दा बढी केन्द्रीय सदस्यहरूलाई नयाँ जिम्मेवारी तोकिएको छ । दुईजना केन्द्रीय सदस्यले केन्द्रीय कार्यालयको जिम्मेवारी पाएका छन् । त्यस्तै २२ ओटा जनसंगठनमा करिब ५० जना केन्द्रीय सदस्य, प्रतिष्ठान र पार्टीसम्बद्ध विशेष संगठनहरूमा एक दर्जन केन्द्रीय सदस्यहरूले नयाँ जिम्मेवारी पाएका छन् । बाँकी रहेका केन्द्रीय सदस्यहरूलाई भने भारत प्रवास र भारतबाहेकका प्रवास कमिटी तथा छुटफुट केन्द्रीय सदस्यहरूलाई आवश्यकताअनुसार भूगोल वा विभागीय जिम्मेवारी तोक्ने बुझिएको छ । अब नेकपाभित्र तीनओटा केन्द्रीय आयोग निर्वाचन, अनुशासन र लेखा आयोग, केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्च मात्र गठन हुन बाँकी छ । यी काम सकिनासाथ नेकपाको एकीकरणले पूर्णता प्राप्त गर्नेछ । केही दिनभित्रै यी सबै काम सम्पन्न हुने भएकाले अब नेकपाले संगठन परिचालन र सरकारको काम प्रभावकारी बनाउने कुरामा मात्र सम्पूर्ण ध्यान केन्द्रित गर्दा नेकपाले लामो समयसम्म मुलुकको नेतृत्व गर्न सक्ने अनुमान गर्न सकिन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply