कोषमा गोपालको लुटैलुट
काठमाडौं । राष्ट्रिय अपांग कोषका सभापति गोपाल भण्डारीले कोषलाई दुहुनो गाई बनाउँदै आएका छन् । समाजकल्याण परिषद् मातहत रहेको सो कोषको सभापतिमा नियुक्त भएदेखि नै भण्डारीले आर्थिक चलखेल गर्दै आएका थिए र पछिल्लो समयमा भने त्यसले झनै तीव्रता पाएको छ ।
धरान घर भएका भण्डारी काठमाडौंबाट घरतिर जाँदा–आउँदा प्रायजसो मोटरसाइकल नै प्रयोग गर्ने गर्दछन् । उनी कोषको मोटरसाइकलमा नै आवतजावत गर्दछन् । तर, मोटरसाइकल चढ्ने गरे पनि कोषबाट भने उनले हवाईजहाजमा यात्रा गरेको नक्कली बिल बुझाएर पैसा असुल्दै आइरहेका छन् । पूर्वतिरका विभिन्न ठाउँमा अपांगहरूलाई सरसामान वितरण गर्ने कार्यक्रम मिलाएर उनी जाने गरेका छन् । एकपटक काठमाडौं बाहिर कार्यक्रम मिलाएर जाँदा दैनिक भ्रमण भत्ता र हवाईजहाजको खर्चसमेत गरी करिब ३०–४० हजार नै भण्डारीले कोषबाट बुझ्ने गरेका छन् । दैनिक भ्रमण भत्ता र हवाईंजहाज खर्चसमेत गरी महिनामा मोटै रकम बुझ्ने गरेका भण्डारीले कोषबाट हरेक महिना ४०–५० हजार तलब सुविधासमेत बुझ्दै आएका छन् । हरेकपटकको बैठक भत्ता त पाउने भइहाले ।
सभापति भण्डारीले कोषकी बोर्ड सदस्य जुना घिमिरेलाई पुनः दोहो¥याउन चाहेको पनि बुझिएको छ । केही दिनअघि बोर्डकी सदस्य घिमिरेको चारवर्षे पदावधि सकिएको थियो । तर, धनकुटा घर भएकी घिमिरेलाई पुनः बोर्डमा ल्याउन भण्डारीले भित्रभित्रै पहल गरिरहेका छन् । केही समयपहिले आफ्नो व्यक्तिगत काममा काठमाडौं आएकी घिमिरेलाई भत्ता खुवाउनकै लागि सभापति भण्डारीले बोर्ड बैठकसमेत बोलाएका थिए । तर, त्यतिबेला कोरम नपुगेपछि बैठक स्थगित हुन पुगेको थियो । त्यसो त बोर्डको बैठक हुँदा भत्तामा मात्रै लाखौं रकम जाने गरेको छ । बोर्डका अरु सदस्यहरू काठमाडौं उपत्यका बाहिरका भएका हुँदा उनीहरूलाई हवाईजहाजको खर्चदेखि दैनिक भ्रमण भत्तासमेत दिनुपर्ने भएको हुँदा लाखौं खर्च हुने गरेको हो ।
तत्कालीन महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सीता खड्काको पालामा नेकपा (माले) को कोटाबाट कोषको सभापति बनेका भण्डारीले अहिले भने सो पार्टी परित्याग गरिसकेका छन् । आफ्नो पद जोगाउन उनी सीपी मैनालीको माले छाडेर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा केही महिनाअघि मात्रै प्रवेश गरेका हुन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply