पेटोलियम पाइपलाइन उद्घाटन
काठमाडौं । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटरबाट र भारतीय मन्त्री मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट एकैपटक स्विच थिचेर उद्घाटन गरेका छन् । उद्घाटनसँगै विगत २४ वर्षदेखि चर्चा रहेको पेट्रोलियम पाइपलाइन सञ्चालमा आएको छ । कुल ६८ किमि लामो पाइपलाइनको ३२.७ किमि खण्ड भारतमा पर्छ भने ३६.२ किमि खण्ड नेपालमा पर्छ । यसको शिलान्यास अघिल्लो वर्ष प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि गरिएको थियो ।
यो पाइपलाइन २४सै घण्टा सञ्चालन हुनेछ । पाइपलाइनको क्षमता प्रतिघन्टा २ सय ९४ किलोलिटरसम्म छ । पाइपलाइन उद्घाटनसँगै दुवै प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत सम्बोधन थिए । भारतीय प्रधानमन्त्री मोदीले नेपालको प्राथमिकताअनुसार विकासमा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताएका थिए । उनले नेपाल र भारतबीचको साझेदारी थप गहिरो र गाढा बन्ने विश्वाससमेत प्रकट गरेका थिए ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply