पेटोलियम पाइपलाइन उद्घाटन
काठमाडौं । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटरबाट र भारतीय मन्त्री मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट एकैपटक स्विच थिचेर उद्घाटन गरेका छन् । उद्घाटनसँगै विगत २४ वर्षदेखि चर्चा रहेको पेट्रोलियम पाइपलाइन सञ्चालमा आएको छ । कुल ६८ किमि लामो पाइपलाइनको ३२.७ किमि खण्ड भारतमा पर्छ भने ३६.२ किमि खण्ड नेपालमा पर्छ । यसको शिलान्यास अघिल्लो वर्ष प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि गरिएको थियो ।
यो पाइपलाइन २४सै घण्टा सञ्चालन हुनेछ । पाइपलाइनको क्षमता प्रतिघन्टा २ सय ९४ किलोलिटरसम्म छ । पाइपलाइन उद्घाटनसँगै दुवै प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत सम्बोधन थिए । भारतीय प्रधानमन्त्री मोदीले नेपालको प्राथमिकताअनुसार विकासमा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताएका थिए । उनले नेपाल र भारतबीचको साझेदारी थप गहिरो र गाढा बन्ने विश्वाससमेत प्रकट गरेका थिए ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply