‘दाल मे कुछ काला है ?’
काठमाडौं । करिब सात वर्षअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मा थन्किएको नर्सिङ कलेजलगायत केही कलेजको सम्बन्धनको फाइललाई पुनः ब्युँताउने काम भएको छ । तत्कालीन समयमा सम्बन्धनमा आर्थिक चलखेलको कुरा उठेपछि रोकिएका फाइलहरू मन्त्रीकै तत्परतामा ब्युँताउन थालिएको हो ।
२०६९ सालभन्दा अगाडि देशभरका २२ वटा नर्सिङ, हेल्थ असिस्टेन्ट र फार्मेसीसमेत गरी २७ वटा कलेजले सम्बन्धनका लागि सिटिइभिटीमा आवेदन दिएका थिए । तत्कालीन समयमा ती कलेजहरूलाई सिटिइभिटीले आशयपत्रसमेत दिएको थियो । तर, तीव्र आर्थिक चलखेलका आधारमा ती कलेजहरूलाई सम्बन्धन दिन लागिएको आशंका भएपछि त्यसयता सम्बन्धनको प्रक्रिया नै रोकिन पुगेको थियो ।
करिब आठ वर्षपछि भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको रुचि र तत्परतामा सम्बन्धन नपाएका ती कलेजहरूको फाइल अहिले अघि बढेको छ । सूत्रका अनुसार ती कलेजहरूलाई सम्बन्धन दिनका लागि केही दिनअघि शिक्षा सचिव महेशप्रसाद दाहालको टेबुलबाट फाइल सदर भएर मन्त्रीसामु पुगिसकेको बताइन्छ । अब तत्काल बस्ने सिटिइभिटीको परिषद् बैठकले सम्भवतः ती कलेजहरूलाई सम्बन्धन दिने बुझिएको छ ।
ती कलेजहरूलाई सम्बन्धन दिलाउन शिक्षा मन्त्री पोखरेलको सचिवालयमा कार्यरत केही व्यक्तिले लबिइङ गरेको बताइन्छ । तिनै व्यक्तिहरूको लबिइङका आधारमा यसअघि पनि सिटिइभिटीको दुई÷तीनवटै परिषद् बैठकमा ती कलेजहरूलाई सम्बन्धन दिने सम्बन्धमा प्रस्ताव लगिएको थियो । तर, प्रक्रिया नपुगेको भनी प्रस्ताव पारित हुन सकेको थिएन ।
अब भने शिक्षा सचिवबाटै फाइल सदर भएर प्रक्रिया अघि बढिसकेको हुँदा अब बस्ने परिषद् बैठकमा ती कलेजहरूले सम्बन्धन पाउने निर्णय हुने बताइन्छ । तत्कालीन समयमा आशय पत्र पाएका कलेजहरूले २०६५ सालदेखि नै घरभाडा तिरेर बसिरहेको बताइन्छ । ती कलेजहरूलाई सम्बन्धन दिन सकिने वा नसकिने भन्ने विषयमा शिक्षा मन्त्रालयले मन्त्रालयको उपसचिव, सिटिइभिटीका अधिकृत, नेपाल नर्सिङ परिषद्का सदस्य, शिक्षण अस्पताल महारागन्जका नर्सिङ अधिकृतसमेत गरी पाँच–पाँच जनाको पाँचवटै टोली बनाएर अध्ययन र निरीक्षणका लागि खटाइएको थियो । ती टोलीहरू सातवटै प्रदेशमा खटिएका थिए । तर, ती टोलीहरूले दिएका प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
सम्बन्धन पाएका केही नर्सिङ, हेल्थ असिस्टेन्ट र फार्मेसीसम्बन्धी कलेजहरूले बिनाप्रक्रिया नै कलेज सञ्चालन गरिरहेको हुँदा पनि सिटिइभिटीले सम्बन्धन प्रक्रिया रोकेको थियो । सम्बन्धन पाएर पनि प्रक्रिया नपु¥याई सञ्चालन गरिरहेका कतिपय कलेजहरूको सम्बन्धन यो बीचमा सिटिइभिटीले खारेज गरेको थियो । सम्बन्धन पाएका कलेजहरूमै समस्या देखिइरहेका बेला पछिल्लो समय भने शिक्षा मन्त्रीकै सक्रियतामा फाइल थन्किएका कलेजहरूले सम्बन्धन पाउने सम्भावना बढेसँगै कतिपयले ‘दाल मे कुछ काला है’ भन्न थालेका छन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply