साइकल रियालीमा फोरजी सिम वितरण

काठमाडौं । नेपाल टेलिकमले नेपालभर फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गरिरहेको छ । सोही अवसरमा सिन्धुलीमा कम्पनीले यससम्बन्धी व्यवसाय प्रवद्र्धन कार्य सम्पन्न गरेको छ । गत मंसिर ६ देखि काठमाडौंको पशुपतिनाथ परिसरबाट प्रारम्भ भई जनकपुरमा पुगेर मंसिर ९ गते समापन भएको साइकल ¥याली ‘राइड थु्र सिन्धुलीगढी’ र सांस्कृतिक कार्यक्रमका अवसरमा सिन्धुलीका स्थानीयवासीबीच सिम वितरण गर्नुका साथै सेवा तथा छुटहरूबारे अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
सो कार्यक्रम सिन्धुलीको मूलकोट, खनियाखर्क, सिन्धुलीमाढी र बलेनीका स्थानीयवासीमाझ गरिएको थियो । तत्कालीन नेपालमाथि आक्रमण गरेका बेला सिन्धुलीगढीमा सानो समूहको नेपाली सेनाले ४ हजारभन्दा बढी अंगे्रज सेनामाथि विजय प्राप्त गरेको सम्झनामा समृद्ध सिन्धुली अभियानद्वारा विजय उत्सवका रूपमा आयोजित साइकल ¥यालीका अवसरमा सो कार्यक्रम गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ परिसरबाट कम्पनीको लोगो अंकित झन्डा भएको साइकल कुदाएर सुरुवात गर्नुभएको सो ¥याली र सांस्कृतिक कार्यक्रममा कम्पनीले सिम वितरण तथा व्यापार प्रवद्र्धन कार्य गरेको हो । ¥यालीमा विश्वसाइकलयात्री पुष्कर शाहको समेत सहभागिता रहेको थियो । कम्पनीले सहप्रायोजन गरेको साइकल ¥यालीका क्रममा मूलकोट र सिन्धुलीमाढीमा आयोजित विशाल सांस्कृतिक कार्यक्रममा कम्पनीको स्टल राखी सेवा प्रवद्र्धनका कार्य गरिएको थियो । सो अवसरमा विशेषतः कम्पनीका सेवा, छुट र फोरजीबारे उपभोक्ताबाट राखिएका जिज्ञासालाई सम्बोधन गरिएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
-
शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply