‘टु प्लस वान’ र लिपुलेकको खतरा
अहिलेको युग वास्तवमा कनेक्टिभिटीको युग हो । जति धेरै क्षेत्रमा हामी कनेक्ट हुन सक्यो, त्यति नै विकास हुन्छ । र, त्यो कनेक्टिभिटी पनि जति गतिका साथ हुन्छ, विकास त्यति छिटो हुन्छ । कनेक्टिभिटीमा सबैभन्दा प्रभावकारी क्षेत्र भनेको सञ्चारको माध्यमबाट हुने कनेक्टिभिटी नै हो । यसले सिधै मानिसको दिमागमा, सोचमा प्रत्यक्ष रूपले प्रभाव पार्छ । देशहरू बीचको सम्बन्धलाई सुदृढ पार्ने कुरामा पनि त्यसले प्रत्यक्ष भूमिका खेल्छ । अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय जीवनका सबै क्षेत्रहरूमा पनि सञ्चारको माध्यमबाट हुने कनेक्टिभिटीजस्तो शक्तिशाली अरु देखिएको छैन । हामीले कनेक्टिभिटीको यो पक्ष र अन्य जस्तै बाटोबाट हुने, रोडबाट, हवाईजहाज बाट हुने कनेक्टिभिटी आदि सबैमा यो संचारबाट हुने कनेक्टिभिटी नै बढी प्रभावकारी हुन्छ । किनभने जनमत निर्माण गर्ने कुरा प्राथामिक कुरा हो । हामीले इतिहासमा हेर्दा सबै ठूला क्रान्तिकारी परिर्वतनहरू वा प्रतिक्रान्तिकारी परिवर्तन पनि सबैमा जनमतको भूमिका हिजो पनि रहँदै आएको छ । आज पनि छ । आज सूचना प्रविधिका यति ठूलो रिभोलुसन भइसके पनि फेरी पनि कुरा जनमत निर्माणका यसको सदुपयोग कसरी गर्ने भन्ने नै हो ।
जनमत निर्माणमा समाजमा भएका विभिन्न वर्ग, तह, तप्काले आ–आफ्नो अवस्थाअनुसार नै जनमत निर्माण गर्न खोज्छन् । सबैले एउटै ढंगले जनमत निर्माण गर्न खोज्छ भन्ने होइन । परिवर्तन, प्रगति, न्याय, विज्ञान आदिको पक्षमा दह्रोसँग उभिनेहरूले एक ढंगले जनमत निर्माण गर्न खोज्छन्, अलिक रूढी, अलिक डग्मा हुने मानिसहरूले एक ढंगले जनमत निर्माण गर्न चाहन्छन् । अर्को भाषामा पुँजीपतिहरूले एक ढंगले जनमत निर्माण गर्न चाहन्छन्, श्रमजीवीहरू वा आममानिसहरूले एक ढंगले जनमत निर्माण गर्न चाहन्छन् । कुरा जसरी पनि फेरि जनमत निर्माण कै हो । जनमत निर्माणमा विचारको भूमिका, राजनीतिको भूमिका या सोचको भूमिका निर्णायक हुन्छ । त्यसमा पनि मिडिया यस्तो भूमिकामा हुन्छ, जसले जनमतलाई सकारात्मक या नकारात्मक कसले जित्छ भन्ने त त्यहाँ पनि छ । कस्तो खालको जनमत कसले कसरी निर्माण गर्ने, कसले प्रभावकारी तरिकाले आफ्नो कुरालाई बजारमा लगेर राम्रोसँग वितरण गर्न सक्छ भन्ने कुरासँग पनि यो सम्बन्धित छ ।
तर पनि कुरा के हो भने, जनमत निर्माण नै हो । मैले मिडियाका साथीहरूलाई सधै के भन्ने गरेको छु भने हामीले जनमत निर्माण गर्ने कुरा आफ्ना–आफ्ना पार्टीका विचार होलान्, दार्शनिक मान्यता होलान् तर फेरि नेपाली हुनुको नाताले हामी सबैको साझा पनि छन् है भन्ने कुराको हेक्का राख्नु जरुरी छ । राष्ट्रको एकतालाई सुदृढ गर्नु हामी सबैको जिम्मेवारीभित्र पर्छ । हाम्रो भौगोलिक अखण्डताको रक्षा गर्न एकताबद्ध भएर पहल गर्नु हामी सबैको जिम्मेवारीभित्र पर्छ । जुनसुकै राजनीतिक परिपाटीको भए पनि राष्ट्रको भौगोलिक अखण्डता, जनताको सार्वभौमसत्ता, राष्ट्रिय एकता, स्वाधीनताजस्ता विषयमा हामीले निरन्तर जनमतलाई प्रभावित पारि पनि राख्नुपर्छ । र, राष्ट्रलाई एकताबद्ध गरेर आफ्नो सुरक्षा गर्ने र स्वतन्त्रताको रक्षा गर्ने कुरामा हामी अगाडी जानुपर्छ । अहिले यो बीचमा हामीले जस्तो समस्याको सामना गरेका छौं या जस्तो वातावरण बनेको छ, खासगरी हाम्रो कालापनी, लिपुलेक, लिम्पियाधुराको सन्दर्भमा । हाम्रो सिमाना कति हो ? कति होइन ? भन्नेबारे ऐतिहासिक खोजी गर्ने र त्यसबारे एउटा जनमत बनाउने, सुदृढ राष्ट्रिय एकता निर्माण गर्ने र त्यो राष्ट्रिय एकताको बलमा वार्ता र संवाद राजीतिक, कूटनीतिक पहलकदमी गरेर हाम्रो सिमानाको सुरक्षा गर्नुपर्छ ।
हाम्रो पहिल्यैदेखि भारतसँगको सन्दर्भमा सुस्ता र कालापानी क्षेत्र समस्याग्रस्त क्षेत्रका रूपमा परिभाषित छन् । अहिले चुनौती त हो तर कहिलेकाहीँ नकारात्मकजस्तो देखिने वातावरणलाई हामीले विवेकसम्मत ढंगले परिचालन गर्न सक्यौं भने त्यसलाई सकारात्मक रूपमा रूपान्तरण गर्ने आधार पनि त्यसभित्र अन्तरनिहित रहेको हुन्छ । चुनौतीरहित उपलब्धि हुन्छ भन्ने मलाई त्यति लाग्दैन । जहाँ अलिक बढी चुनौती देखिन्छ, त्यहि नै उपलब्धिको सम्भावना पनि बढिरहेको हुन्छ । सर्त के हो भने नेतृत्वले, समाजले, राष्ट्रले, राज्यले त्यसलाई ठीक ढंगले परिचालन गर्न सक्नुप¥यो ।
संयोग, लिपुलेकको कुरा आएको बेला मेरो चीन भ्रमण पनि त्यतिबेलै प¥यो, भारत भ्रमण पनि त्यतिबेलै परेको थियो । मैले त्योबेला योचाहिँ नेपालसँग कुनै सरोकार नै नराखी दुइटा देशले गर्ने विषय थियो त ? भनेर गम्भीर रूपले ध्यनाकर्षण गराएँ । अहिले त यो विषय अझ जोडले उठेको छ । त्यसकारण, मिडिया क्षेत्रबाट, बौद्धिक क्षेत्रबाट पनि यसलाई कुनै उत्तेजना, आवेगमा होइन, बरु नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने र हाम्रो सीमासम्बन्धी समस्या समाधान गर्ने अनुकूल अवसरका रूपमा सदुपयोग गर्नुपर्छ ।
अहिले राष्ट्रिय एकताको वातावरण देशमा देखापरेको छ । अस्ति हाम्रा प्रधानमन्त्रीले नै सर्वदलीय, सर्वपक्षीय भेला आयोजना गर्नुभयो । त्यहाँ जस्ताखालका अभिव्यक्तिहरू विज्ञहरू, दलका नेताहरूका आए, त्यसले एउटा राष्ट्रिय एकताको एउटा बलियो महोल बनेको छ भन्ने कुरा देखियो । त्यसमा कसैको विमति छैन । के तराई, के पहाड, के हिमाल सबैतिर । सबै दलहरू, सबै विज्ञहरू एकै ठाउँमा उभिएको भनेको यो एउटा ऐतिहासिक र असाधारण परिस्थिति हो । यसको सदुपयोग हामीले थाँती रहेको समस्या समाधान गर्नका लागि गर्नुपर्छ र मिडियाबाट ।
मैले अघि पनि भने टु प्लस वान भन्ने शब्द प्रयोग हुँदा उही लिपुलेक हुने हो कि भन्ने डर छ मलाई । किनभने, ठूलाले बसेर गरेपछि सानाको कुरा त भन्या जस्तो हुने हो भने त्यो राम्रो कुरा त भएन । त्यसकारण, थ्री नै हुनुपर्छ । थ्री हुँदा मात्र बल्ल समस्याको सही सामाधानतिर जान सकिन्छ । अहिले चाहने हो भने राम्रो अवसर हो । भारतमा पनि बलियो सरकार छ । हामी कहाँ पनि एउटा बलियो जनमत छ । राष्ट्रिय एकताको भावना छ । यतिबेला नै हामीले ठीक ढंगले पहल गरेर यो समस्याको सधैका समाधान गर्नुपर्छ ।
अहिले धेरै किसिमले नेपाल– चीन सम्बन्धका नयाँ–नयाँ आयामहरू थपिँदै गएका छन् । र, पछिल्लोपटक राष्ट्रपति सी चिन फिङको सफल र ऐतिहासिक नेपाल भ्रमणपछि ती आयामहरू अझ धेरै विस्तारित भएका छन् । अझ बढी सुदृढ भएका छन् । र, सम्भावनाका क्षेत्रहरू अझ बढी मुखरित भएका छन् भन्ने मलाई लाग्छ । यसले सम्भावनाका धेरै क्षेटहरूको उजागर गरिदिएको छ । हामीले यो कुरालाई पनि हेक्का राखेका छौं, राख्नु पनि पर्छ । सी जिन पिङ नेपाल आउँदा भारतको बाटो भएर किन आउनुभयो ? भन्ने कुरालाई बिल्कुल बेवास्ता गर्न हँुदैन । किनभने, भारत गएर त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पहिला ६–८ घन्टा कुरा गरेर नेपाल आउनुपर्ने परिस्थितिले त्रिदेशीय समझदारीको हाम्रो सोचलाई र हामीले अगाडि सार्न खोजेको रणनीतिको महŒवलाई स्थापित गरेको छ भन्ने मलाई लाग्छ । भारत किन जानुभयो ? भन्नेमा हाम्रो कुनै गुनासो छैन । तर, हामी हाम्रो हैसियत र हाम्रो विकासको स्थितिलाई त्यसमा जोड्न चाहन्छौं । त्यस अर्थमा यो हुँदाहुँदै पनि धेरै राम्रो वातावरण बनेको छ, आर्थिक रूपले, आर्थिक क्रियाकलाप बढाऊन् ।
सम्भाव्यताको कुरा गर्ने हो भने पक्कै पनि यो कुरामा त्यति विमति हँुदैन कि नेपालको विकासको सम्भावना, क्षितिजहरू धेरै छन् । असीमित छन् भन्न पनि सकिन्छ । किनभने, नेपालमा पूर्वाधार विकासमा हामी केन्द्रित हुने हो भने आद्यौगिक विकासको सम्भावना पनि, पर्यटन विकासको सम्भावना पनि, कृिष, शिक्षा, स्वास्थ्यको क्षेत्रमा विकासको सम्भावना नेपालले दिएको छ । जलस्रोतलगायत सुन्दरता आदि सबै कुरा जोड्दा सम्भाव्यताको हिसाबले हामी दुनियाँका कुनै देशभन्दा कम छौं भन्ने देखिँदैन । हामीकहाँ विकासका अपार सम्भाव्यता छन् । तर हामीले त्यसलाई ठीक ढंगले उपभोग गर्न सकेका छैनौं । लामो समय हामी राजनीतिक परिवर्तन, राजनीतिक अन्योल, राजनीतिक भुमरीमा नै झन्डैझन्डै ७० वर्ष बित्यो भन्न सकिने स्थिति छ । अब पनि सबै कुरा सुदृढ भइसक्यो भनेर विश्वस्त हुने आधार बनिसकेको पनि छैन । हामीले संविधान घोषणा, निर्वाचन गरेर एक खालको संक्रमण त टुंग्यायौं तर फेरि पनि यसलाई सदृढ गर्ने कुरा बाँकी नै छ । यस हिसाबले यसलाई सुदृढ गर्ने र हामीसँग भएको सम्भाव्यताको अधिकतम प्रयोग गर्नुतर्फ ध्यान केन्द्रित गर्नु छ । अब हामीले बाटो बनाउने भन्दा बिस्तारै परम्परागत तरिकाले बनाउने गरेका बाटाहरूको ठाउँमा अलिकति आधुनिक ढंगले तिनलाई विस्तारित गर्नेतिर सोच्नुपर्छ । नेपालको भौगोलिक बनावटले गर्दा पनि त्यस कुरामा बढी ध्यान दिनु जरुरी छ । जस्तै, टनेल प्रविधिको प्रयोग । यो प्रविधि हाम्रो नेपालको आफ्नै पनि रहेछ । मैले अस्ति भर्खरै नर्वेका एक विज्ञले प्रस्तुत गरेको टनेल प्रविधिबारे अध्ययन गरेको हुनाले पनि मेरो दिमागमा अहिले पनि टनेल चढिरहेको छ । यो टनेल प्रविधिलाई प्रयोग ग¥यो भने यसबाट धेरै सदुपयोग गर्न सकिने देखिन्छ । पर्यटन विकासका लागि पनि आवश्यक पर्ने होटल, त्यही खालको व्यवस्थापन आदि सबै हाम्रा ऐतिहासिक विरासतहरूको सदुपयोग पनि त्यत्तिकै महŒवपूर्ण छ । यी सम्भावनाहरूलाई सदुपयोग गर्न फेरि पनि जनमत निर्माणको कुरा महŒवपूर्ण हुन्छ । र, त्यो जनमत निर्माणमा फेरि पनि मिडियाको भूमिका प्रमुख हुन्छ ।
मैले भन्ने गरेको छु, हिजोअस्ति लडाइँ लड्दा एउटै मोर्चामा सफल आक्रमण गरियो भने त्यसले एकैचोटि प्रचारको भूमिका पनि खेल्थ्यो, संगठन निर्माणको भूमिका पनि खेल्थ्यो । एकैचोटि मनोवैज्ञानिक असर पनि पाथ्र्यो । अब त्यो जमाना रहेन । अब अन्तर्राष्ट्रिय रूपमा पनि त्यस्तै पुरानो तरिकाको, परम्परागत युद्धको स्थिति अब छैन । आधुनिकतातर्फ गइरहेको छ । र, मिडिया फ्रन्ट नै भएको छ । कसले कति प्रभाव पार्ने भन्ने कुरा अब कसको प्रस्तुति जनताको मन छुने, जनतालाई आकर्षित गर्ने ढंगको व्यापक र व्यवस्थित छ, लडाइँ पनि त्यसैले जित्छ । यसर्थ, यो सम्भावनालाई हात पार्न पनि मिडिया र बौद्धिक क्षेत्रले ध्यान दिनु पर्ने म देख्छु । कनेक्टिभिटीको सन्दर्भमा खासगरी चीनको सन्दर्भमा अहिले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) भन्ने जुन छ, जसले खालि छिमेकी देशसँगको सम्बन्धलाई मात्र हैन ग्लोबल सम्बन्धलाई पनि प्रभावित पार्ने ढंगले अगाडि आएको छ । मलाई खुसी के छ भने म आफू प्रधानमन्त्री भएको बेला बिआरआईमा हस्ताक्षर गर्ने र त्यसमा नेतृत्व गर्ने अवसर मलाई प्राप्त भयो । यसले नेपालको समग्र विकासमा पनि दीर्घकालीन ढंगले सकारात्मक प्रभाव पारेकै छ । जसलाई अहिले राष्ट्रपतिको भ्रमणले अझ बढी त्यसमा गति र भरोसा थपिदिएको छ । फेरि के पनि छ भने अहिलेका चिनियाँ राष्ट्रपति जो पछिल्लो महाधिवेशनपछि उहाँ करिब–करिब निर्विकल्प र हिजोका कैयौं संवैधानिक र वैधानिक प्रावधानहरू बदलेर उहाँ एक मात्र नेता र उहाँले चाहँदासम्म हुनेजस्तो गरिएको छ । त्यसबाट त्यहाँ उहाँको प्रभाव देखिन्छ । र, उहाँले नेपाललाई अब भूपरिवेष्टित बाट भुजडित बनाउने सहयोग गर्ने भनेर यहाँ घोषणा पनि गर्नुभएको छ । म फेरि कस्तो परेछु भने प्रतिपक्षमा हुँदा पनि म पहिलो नेपाली नेताभित्र परे, जसलाई सी चिन फिङले बोलाउनुभयो, ग्रेट हल अफ द पिपुलमा । खुलेर कुरा भयो सुरुमै । म त्यो बेला प्रतिपक्षको नेता थिएँ । मलाई बोलाउनुपथ्र्यो भन्ने थिएन । किन बोलाउनुभयो ? मैले सोध्या छैन । मैले खालि मलाई बोलाउनुभयो भनेर आभार व्यक्त गरे । त्यसपछि मैले पटकपटक गरी आठपटक भेटेछु, अलगअलग सन्दर्भमा । त्यसकारण, एक खालको सम्बन्ध भएको छ । र, फेरि नेपालमा चिनियाँ राष्ट्रपति आएपछि एउटा समझदारी भएको छ, उहाँहरूको इतिहासको, आन्दोलनको अध्ययन गर्ने, उहाँहरू पनि आएर नेपालमा अध्ययन गर्ने । यही समझारीअनुसार अहिले एउटा टोली छिट्टै चीन जाँदै छ । मेरै नेतृत्वमा आइदिओस् भनेर प्रधानमन्त्रीजीलाई पनि र मलाई पनि भन्नुभएको छ र म जाँदै पनि छु । मलाई आशा र विश्वास छ, त्यसले पनि जनस्तरको सम्बन्ध विस्तार गर्ने कुरामा र हाम्रो जनमत निर्माण गर्ने कुरामा महŒवपूर्ण भूमिका खेल्छ ।
अन्य हाम्रा राष्ट्रिय मुद्दाहरूको सन्दर्भमा पनि जे भए पनि अहिले परिस्थिति के छ भने धेरै लामो समयसम्म हामी नेपाली राजनीति, नेपालको बौद्धिक क्षेत्र पनि या त प्रो चाइनिज भनेर चिनियो, प्रो चाइनिज भएर प्रस्तुत भयो या प्रो इन्डियन भनेर चिनिने र प्रो इन्डियन भनेर प्रस्तुत भयो या प्रो अमेरिकन भनेर चिनिने र प्रो अमेरिकन भएर प्रस्तुत भयो । एउटा लामो अवधि त्यस्तो परम्परा रह्यो । अब हामी अहिले गणतन्त्रमा छौं । संघीय लोकतान्त्रिक गणतन्त्रमा भएको र लामो संघर्ष, तपस्यापछि यो वातावरण बनेको हुनाले अब हामी यो प्रो हुन छाडिदिऔं । हामी एउटै मात्र प्रो होऔं, प्रो नेपाल । नेपालको समग्र हितका निम्ति सबैसँग सन्तुलित सम्बन्ध बनाएर नेपालको हितमा उनीहरूलाई हामीले अधिकतम कसरी सहयोग लिन सकिन्छ, त्यो बातावरण बनाउनेमा एकसूत्रीय हुनुप¥यो भन्ने मेरो अपिल छ । हामीले सबैबाट सहयोग लिने हो । हाम्रा छिमेकीहरू तीव्र आर्थिक विकासको गतिमा छन् । उनीहरूबाट हामीले सहयोग लिने हो । र, हामी प्रो नेपाल होऔं । हामी नेपालकै हित चाहन्छौं । अहिले यो वातावरण बनाइयो ।
मलाई खुसी के छ भने, हामीले शान्ति सम्झौता गर्दा पनि राष्ट्रिय सहमति राजनीतक दलहरूका बीचमा, बौद्धिक वर्ग, पत्रकारहरू सबैको सहयोगबाट त्यो सम्झौता सफल पा¥यौं । सहमतिबाटै संविधान बनायौं । हामीले निर्वाचन ग¥यौं । हामीलाई चिन्ता थियो, कतै निर्वाचनमा एउटा पक्ष, एउटा समुदाय छुट्ने हो कि भन्ने । हामीले त्यसलाई पनि हल ग¥यौं । र, राष्ट्रिय एकताका साथ राष्ट्रिय माहोल बनाएर निर्वाचन पनि ग¥यौं । अहिले हामी लिपुलेक, लिम्पियाधुरा वा कालापानीको कुरा गर्दा सुदृढ राष्ट्रिय एकतामा पाउँछौं । मलाई के लाग्छ भने, यो पृष्ठभूमिले पनि हामीलाई एकै ठाउँमा उभिन निकै प्रेरित गरेको छ । र, आउने दिनमा हामीले यो स्प्रिटलाई कायम राख्न सक्यौं भने हाम्रा छिमेकीसँगको हाम्रो सम्बन्धलाई नेपालको विकासका निम्ति राम्रोसँग सदुपयोग गर्न सकिन्छ ।
चीनसँग हाम्रो त्यस्तो केही समस्या छैन । एक चीन नीति प्रति नेपालमा जसतोसुकै सरकार जस्तोसुकै पार्टी आए पनि त्यो नीतिमा दायाँबायाँ हुनेछैन भन्ने प्रस्ट भएकै छ । त्यस्तै चीनले पनि नेपालमा जुनसुकै पार्टीको जस्तोसुकै सरकार आए पनि नेपाल नीतिमा कहिल्यै परिवर्तन गरेको छैन । यो नै वास्तवमा नेपाल–चीन सम्बन्धको एउटा ऐतिहासिकता, मौलिक विशेषताका रूपमा गर्व गर्न लायक विशेषताका रूपमा रहेको छ । हामी सबै छिमेकीसँग र अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि यिनै मान्यताका साथ अगाडि बढाउन चाहन्छौं ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
- ‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- अडानबाट पछि हटे हर्क साम्पाङ
- मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply