मेगा बैंकले पायो आईएसओ प्रमाण–पत्र
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारा लिएको मेगा बैंकले ‘आइएसओ ९००१ः२०१५’ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिस्ट्रार अफ सिस्टम (युआरएस) ले बैंकलाई आईएसओ ९००१ः२०१५ को अन्तर्राष्ट्रिय मापदण्डबमोजिम गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेबापत बुधबार प्रमाणपत्र प्रदान गरेको हो । सञ्चालनको छोटो अवधिमै एक लोकप्रिय एवं प्रतिष्ठित संस्थाको परिचय बोक्न सफल मेगा बैंकले आधुनिक बैंकिङ सुविधाहरू प्रदान गर्दै आएको र व्यवस्थापनमा गुणस्तर कायम गरेकोले प्रमाणिकरणको रुपमा आइएसओ प्रमाण पत्र पाएको हो ।
तीव्रगतिका साथ ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले स्थापनाको एक दशक नबित्दै आफ्नो शाखा सञ्जाल र व्यवसायलाई देशभर विस्तार गरिसकेको छ । मेगा बैंकका अहिले १ सय ११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउन्टर, ११२ वटा एटिएम मेसिन तथा १ सय १९ वटा शाखारहित बैंकिङ केन्द्र छन् । बैंकको आफ्नै विप्रेषण प्रविधि ‘मेगा रेमिट’को देशभर लगभग २,५०० भन्दा अधिक प्रतिनिधिहरू रहेका छन् भने अन्य आन्तरिक तथा अन्तर्राष्ट्रिय विपे्रषण सेवा सहकार्यको संख्या २१ पुगेको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply