नेपालमा नेकपा एकताले पारेको प्रभाव र जनभावना
२०७५ साल जेष्ठ ३ गते नेपालका प्रमुख राजनीतिक पार्टीहरू तत्कालिन नेकपा (एमाले्र) तथा नेकपा (माओवादी केन्द्र) बीच औपचारिक रूपमा पार्टी एकीकरणको प्रारम्भ भएको थियो । दुई पार्टीको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो र छ । २०७४ सालमा भएको संघीय संसदको निर्वाचनको क्रममा उल्लेखित दलहरूकाबीच घोषित चुनावी तालमेल समेत भएको थियो । सो तालमेललाई नेपाली जनताले ऐतिहासिक उपलब्धिका हिसाबले बुझ्दै तालमेल अनुसारनै एकले अर्काेलाई मनदेखि नै सहयोग र समर्थन गरी आएका थिए । नेपालको कम्युनिष्ट आन्दोलनको अध्ययन गर्दा विग्रह, टुट–फूट, षडयन्त्र, सैदान्तिक रूढता, विचलन, आफूलाई मात्र ‘सक्कली कम्युनिष्ट’ देख्ने मनोरोग तथा राजनीतिक अपरिपक्वताले ग्रस्त बन्दै आएकोे अवस्था थियो । कम्युनिष्ट आन्दोलन र राजनीतिक सिद्धान्तलाई सूत्रमा बुझ्ने र ‘जनता एकातिर सिद्धान्त अर्काेतिर र व्यवहार अर्कैतिर’को पाराले राजनीतिक दललाई एउटा गफगर्ने ‘पाटी’ वा ‘अखडा’ बनाउने काम भयो । यस्तो गतिविधिबाट जनता निराश भएको अवस्थामा तत्कालिन एमाले महासचिव मदन कुमार भण्डारीले जनचाहना र विश्वपरिस्थिति सुहाउने ‘जनताको बहुदलीय जनवाद’ नामक सिद्धान्त सहितको कार्यक्रम ल्याएपछि देखि नै नेपालमा कम्युनिष्टप्रतिको आकर्षण बढेको देखिन्छ ।
नेपालमा नेकपाको एकता र विभिन्न प्रभाव
नेपालमा नेकपाको एकतापछिका दिनमा यसले राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक तथा नागरिक समाजका विभिन्न क्षेत्रमा सकारात्मकता र आशावादिताको सञ्चार गरेको अनुभूति गर्न सकिन्छ । राजनीतिक क्षेत्रको विश्लेषण र तुलना गर्दा नेकपाको एकताको कारण कहिल्यै मिल्न नसक्ने भनिएका पञ्चायती पृष्ठभूमि भएका समूहहरू मिलेका छन् र मिल्दैछन् । दर्जनौं समूह बनाएर तराईमा ‘राजनीतिक ठगी’ गर्दै पार्टी खोल्नुलाई ‘नयाँ धन्दा’को हिसाबले संचालन गर्दै आएका समूहहरूले राजपा नामक एउटै समूह बनाएका छन् । नेपाली काँग्रेसले पनि नेकपाको एकताबाट ठूलो पाठ सिकेको देखिन्छ । तर उसले यसलाई कुनैपनि बेला ‘भत्कने पर्खाल’ को रूपमा बुझेको देखिन्छ । नेकपाको एकताकै कारण विभिन्न राजनीति समूहले आफूलाई ‘मर्जर’ मा लगेका छन् र लग्दैछन् । यो नेपालको राजनीतिक इतिहासको एउटा सवल, सुन्दर र उदाहरणीय पक्ष हो । सामाजिक क्षेत्रको चर्चा गर्दा समाजमा पनि यसले सकारात्मकता बढी दिएको छ । फुटेर नभई जुटेरै सबैको हित हुन्छ भन्ने संन्देश दिएको छ । आर्थिक क्षेत्रको कुरा गर्दा ठूला बैंक र वित्तीय संस्थाहरूले समेत आफ्ना संस्थाहरूलाई ‘मर्जर’मा लग्दैछन् । राष्ट्र बैंक राज्यले यस प्रकारको नीतिलाई बढावा दिनुको पछाडि नेकपाको एकताको प्रभाव समेत रहेको छ । साँस्कृतिक क्षेत्रमा पनि एउटा जाति वा समूहको संसकृति र संस्कारमा अर्काे समूहले सहभागिता जताउने र स्वागत गर्ने संस्कृति बढेको देखिन्छ भने नागरिक समाज र बौद्धिक क्षेत्रमा पनि गणतन्त्रको सुरूका दिनमा एउटाले अर्काको विचार र मूल्य र राजनीतिक धारणा स्वीकारनै नगर्ने जुन संकीणर्ता देखिन्थ्यो, कम्तिमा नेकपाको एकताको प्रभावको कारणले नै सबैको कुरा सुन्ने र सम्मान गर्ने खालको संस्कृति बढेको अनुभूति गरिदैँछ । यसरी नेकपाको एकताको कारण नेपालमा मात्र होइन राष्टिय–अन्तराष्ट्रिय क्षेत्रमा विविध प्रकारको सकारात्मकता र असल राजनीतिक संस्कारको सन्देश दिएको छ ।
नेकपाको एकता र जनभावना
नेकपाको एकताको कारण भएको तत्कालिन संसदीय निर्वाच र निर्वाचत मार्फत नेपाल र नेपाली समाजले पाउने स्थीरता, विकास, समृद्धि र प्रगतिको घोषणा थियो, त्यसलाई नागरिकले मनैदेखि विस्वास गरेका थिए । त्यसै कारण निर्वाचनमा नेकपालाई मात्रै झण्डै दुई तिहाईको संसदीय संख्यामा नेपाली जनताले पुर्याईदिए । २०७६ साल मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचनमा समेत जनताले नेकपालाई विस्वास गरेको देखिन्छ । यद्यपी टिकट दिनेक्रममा भएका त्रृटी तथा अन्य विभिन्न प्रकारका आन्तरिक कारणबाट सुनसरीको धरान तथा यसअघि जितेको भक्तपुरको प्रदेश सभामा पार्टीले हार खान पुग्यो । गत संसदको निर्वाचनमा मुलुकको राजनीति र शासन स्थीर होस भन्ने नेपालीको चाहनाले भूमिका खेलेको देखिन्छ । नेकपाले समानुतिक सहितको निर्वाचन प्रणाली भएको मुलुकमा एउटै समूह वा दललाई यसरी प्राप्त भएको यो समर्थन विश्व राजनीतिमै उदाहरणीय छ । लोकतान्त्रिक र प्रजातान्त्रिक निर्वाचनमा यस्तो सफलता कमै देखिन्छ । वास्तवमा नेपालमा विगतमा संसदमा कसैको पनि बहुमत नहुँदा ‘एकसिटै र च्याँखे’ दलको भाउ बढेको थियो । जसको कारण नेपाली राजनीति र समाजमा राजनीति र राज्य व्यवस्था प्रतिनै नकारात्मकता फैलिएको थियो । पार्टी भनेका ‘सबै चोर’ हुन् भन्ने खाले धारण समाजमा व्याप्त भएको अवस्था थियो । लोकतन्त्रको लागि यो खतरनाक मानसिकता थियो र हो । यस्तो अवस्थामा नेकपाको एकताले नेपालमा मात्र होइन विश्व राजनीतिमा चाँख राख्नेहरूका एक प्रकारको ‘भूकम्प’ नै ल्याइदिएको थियो । यस्तो तिब्र चाहना र उत्साहकाबीचमा नेकपाले २०७५ साल जेष्ठ ३ गतेबाट औपचारिक हिसाबमा थालेको एकता घोषित मितिमा सक्न सकिएन र सकिएको छै्रन् । यसबाट नेकपाका लाखौं–लाख कार्यकता र सदस्यहरू ‘बिजनेस वीहिन’ बनेका छन् । यस्तो कछुवा गतिले भइरहेको एकता प्रक्रियाले नेकपाका नेता र कार्यकतालाई मात्र होइन, समर्थक र नागरिकलाई समेत चिन्ता र चासो बढाएको छ । नेकपाको पार्टीको एकता टुङ्गिने कुरा नेकपाका सदस्य मात्रको विषय रहेन । यो आम नागरिकको सरोकार, राजनीतिक हित, सामाजिक–राजनीतिक क्रियाकलाप र गतिविधिले समाजमा राजनीतिक हिसाबले एउटा गति दिने कुरामा तुषारापात भएको छ । एकता भएको छ । एकता भइराखेको छ । एकता भइरहनेनै छ । यो सत्य हुँदाहुँदै पनि एकता प्राविधिक र खेलाँची कुरा होइन । सिङ्गो नेपालीको सरोकार र हित जोडिएको छ यो एकताले । त्यसैले एकता ‘ए–कता’को स्थितिमा रहनु हुन्न । यसले नेपाली समाज र नागरिकमा उर्लिएको सकारात्मकता र उर्जालाई बचाउन सकिएन भने त्यो जनताको हित र मुलुकको आवश्यकता अनुकूलको व्यवहार हुन्न । एकता भनेपछि एकतानै हो र हुनुपर्दछ । एकताको नाममा कुनै समूह वा व्यक्तिलाई जगदेखिनै धराशाही पारिदिने षडयन्त्र भयो भने त्यसको तितो परिणामा अर्काे निर्वाचन वा समयमा जनताले देखाउने छन् । रगत र पसिना बगाएका कार्यकर्ताले बदला पनि लिन सक्ने छन् । यस सत्य र यथार्थलाई नेकपाको सचिवालय वा निर्णय गर्ने अख्तियारी पाएका नेताले हृदयङ्म र मनन गर्नु पर्दछ । यो नै नेपाली भावना र जनताको चाहना पनि हो ।
निष्कर्ष ः
नेपालमा नेकपाको एकताले राजनीतिक लगाायत सबै जसो क्षेत्र र पक्षमा सकारात्मकता र उर्जा दिएको थियो र छ । त्यही उर्जाको बलमा नै नेकपाले यत्रो जनसमर्थन पाएको हो, यसमा कुनै भ्रम छैन् । जनताले मूलत ः विकास, समृद्धि, सुरक्षा, सुविधा, सहुलियत, सामाजिक सुरक्षा र सुविधा, सहजता, सुशासन, न्यायपूर्ण समाज, विधिको शासन आदिको अपेक्षा गरेका हुन् र गरिनै रहेका छन् । नेकपाको एकता र त्यसको बलमा आएको संसदीय शक्तिले केही पनि गरेन होइन । गरेकैछ, गर्नेछ र गर्नेपर्दछ । अर्काे कुनै राम्रो बाटो छैन् । पार्टी एकताले समूर्णमा र सारमा मूर्त रूप र पूर्ण आकार ग्रहण गर्न नसकेकोले जनतामा त्यसबाट जानुपर्ने सकारात्मकता जानै सकेको छैन् । सार्थक जिम्मेवारी र भूमिका नभएकाका कारण ‘केहीमा मात्र उर्जा आउने र अन्यमा उर्जा हराउने’ अवस्था विद्यमान छ । यो अवस्था बदल्न सकियो भने नेपाली जनभावनाको साँचो कदर हुन्छ । हालै सम्पन्न भएको उपनिर्वाचनको मसिनो र गम्भिर राजनीतिक समीक्षा गर्नु पर्दछ । अब जिम्मेवारी दिने कुरामा ’टोपीको रङ’लाई मात्र आधार बनाउने तरिका बदल्नुको कुनै विकल्प छैन् ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
- ‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- अडानबाट पछि हटे हर्क साम्पाङ
- मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply