अन्तर्राष्ट्रिय परिस्थितिका संकेत र हाम्रो दायित्व
विश्व एकाधिकार पुँजीवाद आज वित्तीय एकाधिकार पुँजीवादका रूपमा प्रकट भएको तथ्य स्पष्ट नै छ । समिति पुँजीपतिहरूका हातमा असिमित वित्तीय पुँजीको केन्द्रीकरण नै वित्तीय पुँजीवादको मुख्य विशेषता हो । वस्तु निर्यातको स्थानमा पुँजी निर्यातद्वारा नवऔपनिवेशिक शोषण उत्पीडिनलाई तीव्रता दिन, नवउदारवादको वैचारिक हमलाद्वारा चरम व्यक्तिवाद र उपभोक्तावादलाई बढाउन, विश्वलाई मुख्यतः तेस्रो विश्वका देशहरूलाई कषि र औद्योगिक उत्पादनबाट विस्थापित गरी बलिया बहुराष्ट्रिय निगमका बजारमा परिणत गर्न ‘तेस्रो विश्वका देशहरूको यवा श्रमशक्तिलाई सस्तोमा खरिद गरेर ती देशहरूलाई विप्रेषणमा बाँच्न वाध्य पार्न जनताहरूमा जातीय, क्षेत्रीय र धार्मिक साम्प्रदायिक विद्वेष र द्वन्द्व सिर्जना गरी राष्ट्रिय एकता र स्वाधिनतालाई समाप्त पार्ने षड्यन्त्र आदिका रूपमा वित्तीय एकताधिकार पुँजीवाद देखापरिरहेको छ ।
आज वित्तीय एकताधिकार पुँजीवाद र नवउदारवादका पक्षधरहरूले मुख्यतः पश्चिमका शक्ति राष्ट्रहरूले आयातमा कडा भन्सार नीति लागू गरेर संकीर्ण राष्ट्रिय अहंकारवादको पक्षपोषणसहित दक्षिणपन्थी अतिवादलाई प्रश्रय दिइरहेका छन् । पुँजीवादको उपर्युक्त विशेषतासहितको शोषण उत्पीडनविरुद्ध नयाँ सिराबाट राष्ट्रिय मुक्ति र समाजवादी आन्दोलन पनि अगाडि बढ्दै गएका छन् । आफ्नै आनुवांशिक चरित्रका कारण वित्तीय एकाधिकार पुँजीवाद मन्दी र संकटको असमायेय अन्तरविरोधमा जेलिइरहेको छ । घटनाक्रमले आज पनि एकाधिकार पुँजीवादको नवऔपनिवेशिशक शोषण उत्पीडनका विरुद्ध उत्पीडित राष्ट्रका जनताका राष्ट्रिय मुक्ति आन्दोलनका बीचको अन्तरविरोध विश्वका प्रधान अन्तरविरोधका रूपमा प्रकट भइ नै रहेको छ ।
यति नै बेला चीनलगायत देशले भने अर्थतन्त्रको क्षेत्रमा ठूल्ठूला उपलब्धिहरू हासिल गरिरहेका छन् । विश्वको दोस्रो आर्थिक शक्तिबाट पहिलो बन्न अग्रसर चिनियाँ अर्थतन्त्र एवं आर्थिक विकासमा तीव्रता लिइरहेको भारतीय अर्थतन्त्रसहितको विकासले अबको विश्व शक्तिको केन्द्र एसिया बन्ने सम्भावना टड्कारो रूपमा देखा परेको छ । चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ एसियाली पर्वाधार विकास बैंक, चीन, रुस, ब्राजिल, दक्षिण अफ्रिका र भारतका बीचको बिक्स आदिले पश्चिमा शक्ति विरुद्ध गरिएका सचेत पहललाई दर्साउँछन् ।
आज चीनले अघि सारेको बिआरआई र संयुक्त राज्य अमेरिकाले विकसित गरिरहेको इन्डो प्यासेफिक स्ट्राटेजी आपसमा टकराइरहेका छन् । आफ्नो अति महाशक्तिको स्थिति कायम राख्ने संयुक्त राज्य अमेरिकाको चाहना र त्यसको प्रतिवाद गरी आफूलाई विश्व अर्थतन्त्र र शक्तिको केन्द्र बनाउने चिनियाँ रणनीतिका वरिपरि विश्वको राजनीति घुम्न थालेको छ । दक्षिण एसिया र नेपालको भूराजनीतिक अवस्थितिको संवेदनशीलताका कारण उपरोक्त विश्व राजनीतिक परिस्थितिका संकेतहरूले एकै साथ हाम्रा अगाडि चुनौती र सम्भावना बोकेर आएका छन् । चीन र भारतका बीचमा हुनुको नाताले देशको समग्र राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर दुबैसँग असल छिमेकी सम्बन्ध कायम राख्दै स्वतन्त्र एवं आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासका निमित्त सकारात्मक पहल बढाउनु, दुवै छिमेकीको तीव्र आर्थिक विकासबाट लाभ लिने आर्थिक कूटनीतिमा अगाडि बढ्नु र मुख्य रूपमा देशको राष्ट्रिय स्वाधीनता, राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न अगाडि बढ्नु नै आजको आवश्यकता हो । हामीबिना कुनै बाह्य हस्तक्षेप प्रत्येक साना ठूला राष्ट्रहरूको आफ्नो भाग्यको आफैं फैसला गर्ने आत्मनिर्णयको अधिकारको सम्मान गर्दछौं । हामी असंलग्न विदेश नीतिका आधारमा सबैसँग मित्रता कायम गरी आफ्नो राष्ट्रको स्वतन्त्रताको रक्षा एवं जनताको आर्थिक समद्धिको चाहना पूरा गर्न चाहन्छौं ।
हालसालै भारत सरकारले प्रकाशित गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र, लिपु लेक र सीमा नदी महाकालीको महान लिम्पियाधुरालाई समेत आफ्नो भूभागमा राखेको कुरामा नेपालका सबै राजनीतिक दल, नेपाल सरकार, बौद्धिक र विज्ञ समुदाय र सिंगो नेपाली समाजलाई असह्य भएको तथ्य प्रकट भइ नै सकेको छ । हाम्रो पार्टी, सरकार र आमनेपाली जनताले तत्काल राजनीतिक र कूटनीतिक संवादमार्फत भारत सरकारसँग नक्सा सच्याउन, नेपाली भूमिबाट भारतीय सेना हटाउन नेपालको भूमि फिर्ता लिन पहल सुरु गरिसकेको छ । हाम्रो पार्टी र सरकारले सुगौली सन्धी अनुसार लिम्पियाधुरा मुहान भएको महाकाली नदी पूर्व नेपाल र पश्चिम भारत रहेको तथ्य स्पष्ट गरिसकेको छ । अन्तर्राष्ट्रिय परिस्थितिका उपर्युक्त संकेतहरूले हाम्रा अगाडि रहेका अवसर र चुनौतीहरूलाई देखाएका छन् । राष्ट्रिय एकता एवं परिपक्व राजनीतिक र कूटनीतिक पहलका आधारमा चुनौतीको सामना गर्न र अवसरहरूको सदुपयोग गर्नु हाम्रो राष्ट्रिय जिम्मेवारी हो ।
राष्ट्रिय राजनीतिक परिस्थितिका सम्बन्धमा
शान्ति–सम्झौताका अत्यन्त जटिल र संवेदनशील कार्य, सेना समायोजन र हतियार व्यवस्थापन’ लगायत आधारभूत कामहरू सफलतापूर्वक सम्पन्न हन् संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण हुनु स्थानीय, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न भई तीनै तहमा अत्यधिक बहुमत प्राप्त सरकारहरूको गठन हन तथा नयाँ सरकारबाट ‘समृद्ध नेपाल सखी नेपाली’को राष्ट्रिय आकांक्षा अघि सार्न आदि नै आज देशको राष्ट्रिय राजनीतिका दूरगामी प्रभाव पार्ने विशेषताहरू हुन् ।
सामन्ती निरंकुशताविरुद्ध लामो राजनीतिक संघर्ष र बलिदानपछि इतिहासमा पहिलोपटक नेपाली जनता साँचो अर्थमा सार्वभौम बन्न पुगेका छन् । राजनीतिक अस्थिरता र अराजकताको दुष्चक्रबाट बाहिर निक्लेर राजनीतिक स्थायित्वसहित समृद्धिको नयाँ यात्रातिर नेपाली समाज अगाडि बढ्दैछ । कम्युनिस्ट पार्टीको नेतृत्वमा सामाजिक न्यायसहित सार्वजनिक निजी र सहकारी क्षेत्रको सहकार्यमा तीव्र आर्थिक वृद्धि हासिल गर्दै संविधानले दिशानिर्देश गरेअनुसार समाजवादको आधार तयार पार्ने ऐतिहासिक अवसर प्राप्त भएको छ । तर, यो अवसर सहज र चुनौतीरहित भने अवश्य छैन । लामो समयसम्म अस्थिरता र अराजकताबाट अनुचित लाभ उठाइरहेका सामन्ती निरंकुशतावादी र प्रतिक्रियावादी दलाल तŒवहरू आज पनि अन्योल र अस्थिरता सिर्जना गर्न ‘कसरत’ गरि नै रहेका छन् । देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरूले कम्युनिस्ट पार्टीमाथि अधिनायकवादीको झूटो आरोप लगाई जनतामा भ्रम छर्ने प्रयास जारी नै राखेका छन् ।
निरंकुश राजतन्त्रका पक्षपोषकहरू, परिवर्तनविरोधी यथास्थितिवादी शक्तिहरू विभिन्न रूप र रंगका साम्प्रदायिक एवं अतिवादी तŒवहरूलाई, कम्युनिस्ट पार्टीको नेतृत्वमा देश स्थिरता र समृद्धिको दिशामा अगाडि बढ्न लागेको कुरा बिल्कुल पचेको छैन । अतः यस्ता तŒवहरू आफ्नो वर्ग चरित्रअनुसार अँध्यारो कोठाहरूमा बसेर प्रतिक्रान्तिको तानाबाना बुन्न छाडेका छैनन् । उनीहरूका भ्रम र षडयन्त्रलाई सम्पूर्ण रूपले निस्तेज पार्न परिवर्तनका पक्षधर वैधानिक शक्तिहरू सजगता पूर्वक एकतावद्ध भएर अगाडि बढ्न जरुरी छ । हामीले इतिहासको यो शिक्षालाई दह्रोसँग पक्रनुपर्दछ कि प्रत्येक क्रान्तिपछि पराजित वर्गले वर्षांैसम्म प्रतिक्रान्तिको प्रयास गरि नै रहन्छन् । यसलाई अन्तिम रूपले परास्त गर्न परिवर्तनकारी शक्तिहरूले आफ्नो सजगता झन् बढाएर लानुपर्ने हुन्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौं वर्षदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सधार होइन, अपितु गुणात्मक परिवर्तनको प्रतिनिधित्व गर्दछ । वैचारिक, राजनीतिक दृष्टिले मात्र होइन, संघीय लोकतान्त्रिक गणतन्त्रले राज्य प्रणाली र संरचनाका दृष्टिले समेत पुरानो राजतन्त्रात्मक प्रणालीसँग गणात्मक र निर्णायक रूपले सम्बन्ध विच्छेद गरेको छ । एउटा नयाँ राजनीतिक प्रणालीको अभ्यासको प्रारम्भमा केही जटिलता र चुनौतीहरू अवश्य रहने गर्दछन् । यस ऐतिहासिक सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सम्पूर्ण देशभक्त एवं लोकतान्त्रिक शक्तिहरू एकताबद्ध भई जनअपेक्षाअनुसार सुशासन, विकास र जनसेवामा समर्पित भई प्रतिक्रियावादी शक्तिहरूका षड्यन्त्रहरूलाई परास्त गर्न आजको राष्ट्रिय राजनीतिको आवश्यकता हो । प्रतिक्रियावादीहरूका तमाम आरोपहरूको खण्डन हाम्रो पार्टीले आफूलाई सर्वाधिक लोकतान्त्रिक शान्ति, स्थिरता र विकासको पक्षधर साबित गरेर कुराले मात्र नभई व्यवहारद्वारा नै भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न नदिने शक्तिका रूपमा स्थापित गरेर मात्र गर्न सकिन्छ । इतिहासका तमाम उतारचढावबाट परिपक्व भएको हाम्रो पार्टीले अब आफूलाई लोकतान्त्रिक प्रणालीबाट आर्थिक–सामाजिक रूपान्तरणको अगुवा साबित गर्नुपर्दछ ।
राजनीतिक स्थिरतालाई दिगो बनाउन पार्टीले शान्ति प्रक्रियाका बाँकी कामहरू (मुख्यतः सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानिबिन आयोगसम्बन्धी काम) पूरा गर्न विशेष जोड दिनुपर्छ । शान्ति प्रक्रिया आफंै एउटा ऐतिहासिक राजनीतिक प्रक्रिया हो । वैधानिक आयोगहरूलाई काम सम्पादनमा सहयोग पु¥याउन उपयुक्त राजनीतिक संरचना गठनबारे विचार गरी निष्कर्षमा पुग्नु जरुरी छ ।
पार्टी एकता सदृढ गर्ने सम्बन्धमा
पार्टी एकताको ऐतिहासिक महŒव र देशको राजनीतिक विकासमा एकताले खेलेको असाधारण भूमिकाबारे माथि नै चर्चा गरिसकिएको छ । तर, पार्टी एकता प्रक्रियालाई पूर्णता दिन भएको ढिलाई, पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण र स्कुलिङको अभावका कारण आज पार्टी संगठन अन्योलग्रस्त अवस्थामा रहेको छ । पार्टी संस्थागत छैन । बरु, विभिन्न प्रकारका गुटहरू झाँगिँदै जान थालेका छन् । पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू बढिरहेको छन् । पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ । पार्टी अनुशासनको स्थान गुट अराजकताले लिने खतरा दिन प्रतिदिन बढ्दै गएको छ । अलोचना, आत्मालोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन गल्ती गर्नेलाई दुरुत्साहन गर्नेजस्ता सजीव र गतिशील कम्युनिस्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालना भइरहेको छैन ।
उपर्युक्त स्थितिमा सुधार ल्याउन विचार र विधिमा स्पष्टतासहित दृढ इच्छाशक्ति र संकल्पका साथ अगाडि बढ्नुको विकल्प छैन । विद्यमान स्थितिलाई सुधार गरी पार्टी एकतालाई सुदृढ गर्न निम्न कुराहरूमा विशेष ध्यान दिनैपर्दछ ः
– पार्टीको मार्ग दर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवादको दर्शन, राजनीतिक अर्थशास्त्र एवं वैज्ञानिक समाजवादबारे व्यवस्थित र योजनाबद्ध स्कुलिङ सञ्चालन गर्ने कामलाई पार्टीको आधारभूत कामका रूपमा अगाडि बढाउनुपर्छ । माक्र्सवाद–लेनिनवादका आधारभूत सिद्धान्तबारे आधारभूत र उपल्लो स्तरसम्मको ज्ञानका लागि आवश्यक परीक्षा प्रणालीसमेत अपनाउनु जरुरी छ ।
– पार्टीको राजनीतिक प्रतिवेदन र विधानबारे सिंगो पार्टी पंक्तिमा व्यवस्थित प्रशिक्षण सञ्चालन गरी बुझाइमा एकरूपता ल्याउन जरुरी छ । आज हाम्रो पार्टीको रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम समाजवाद हो तथा तत्कालीन ठोस कार्यक्रम समाजवाद उन्मुख ‘जनताको जनवाद’ हो भन्ने कुरा स्पष्ट गरिनुपर्दछ ।
पार्टी इतिहासमा कमरेड मदन भण्डारी र जबजको योगदान तथा माओवादी जनयुद्ध र एक्काइसौं शताब्दीको जनवादको योगदानबारे राजनीतिक प्रतिवेदनमा गरिएको विश्लेषण र सश्लेषणलाई व्यवस्थित रूपले पार्टीमा स्थापित गरिनुपर्दछ । नयाँ राजनीति सन्दर्भमा विचारको विकास र परिमार्जनका लागि सिर्जनात्मक अध्ययनमा जो दिनुपर्दछ ।
– पार्टी मुखपत्र एवं अन्य वैचारिशक र राजनीतिक प्रकाशनलाई नियमित र योजनाबद्ध रूपमा प्रकाशन गर्ने, वितरण गर्ने तथा सिंगो पार्टी पंक्तिलाई तिनको अध्ययन र छलफलमा सरिक गराउन योजना बनाएर कार्यान्वयनमा जानुपर्छ ।
–शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक बाटोबाट सामाजिक न्यायसहित आर्थिक विकासलाई गति दिनु र समाजवादको आधार तयार पार्न तथा दलाल नोकरशाही पुँजीवादी, शोषण, उत्पीडनको अन्त्य गर्दै स्वाधीन राष्ट्रिय अर्थतन्त्रको विकास गर्न पार्टीको तत्कालीन कार्यक्रम भएको तथ्य स्पष्ट गरिनुपर्दछ ।
पाटीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता रहेको कुरा स्पष्ट गर्दै पार्टी संगठनलाई व्यवस्थित र अनुशासित तुल्याउन सदस्यता नविकरण गर्नु, कमिटिहरूको नियमित बैठक सञ्चालन गर्न, नियमित रिपोर्टिङ र निर्देशन प्रणाली लागू गर्नु, प्रत्येक कमिटीको कम्तिमा कार्यालय तहबाट आलोचना र आत्मालोचनाको प्रक्रिया सुरु गर्नु, निर्णय प्रक्रिया विधि संगत, सामूहिक र संस्थागत बनाउन विशेष जोड गर्न आवश्यक छ ।
– सबै पार्टी कमिटी, विभाग, मोर्चा र संयन्त्रहरूले कम्तीमा तीशशन महिनाको कार्ययोजना तयार पारी कार्यान्वयनमा जाने । कार्यान्वयन प्रक्रियाको समीक्षा गरी सामूहिक निष्कर्षसहित पुनः नयाँ योजना निर्माणको प्रक्रियामा अगाडि बढ्नुपर्दछ ।
– पार्टी र सरकारका विरुद्ध जनतामा भ्रम छर्नेगरी पार्टी अनुशासन र पद्धतिविपरीत बोल्ने, लेख्ने पार्टी नीतिविपरीत भेला, बैठक गर्ने काम बन्द गर्नुपर्दछ । पार्टीलाई विधि र अनुशासनमा चल्ने शक्तिका रूपमा विकास गर्न आवश्यक छ । अनुशासनहिन काम गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्दछ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
- ‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- अडानबाट पछि हटे हर्क साम्पाङ
- मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply