चैतसम्ममा आठ डिआइजी रित्तिँदै
काठमाडौं । सशस्त्र प्रहरी बलभित्र आगामी चैतसम्ममा आठजना डिआइजीले अवकाश पाउने भएका छन् । त्यसमध्ये दुईजना यही पुसको दोस्रो हप्ताबाटै अवकाश हुने भएपछि लाइनका एसएसपीहरूबीच बढुवाका लागि दौडधुप सुरु भएको छ । आइजी खनालले रिक्त पदमा बढुवा गर्न इच्छा नदेखाउँदा बढुवाको काम रोकिएसँगै धेरैजसो सशस्त्रका प्रहरी अधिकारीहरू डिआइजीबाटै अवकाश पाउन लागेका हुन् ।
डिआइजी वसन्तकुमार बानियाँ, सुरज श्रेष्ठ, बाबुराम पाण्डे र अरविन्द धितालले अवकाश पाएपछि पुस १६ सम्म डिआइजीको रिक्त संख्या ६ पुग्ने भएको छ । त्यस्तै आगामी चैतको दोस्रो साता डिआइजीहरू चिरञ्जीवी अधिकारी र गोविन्द क्षेत्रीले ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउँदै छन् । यसरी अवकाश पाउनेमा हाल कार्यरत डिआइजी श्रेष्ठले यही पुस १६ गतेबाट अवकाश पाउँदैछन् । श्रेष्ठ सशस्त्रको आफ्नो ब्याचमा पहिलो नम्बरमा थिए । उनी एआइजी हुँदै आइजीपी बन्ने सपना बुने पनि उनको त्यो सपनामा सम्भवतः तुषारापात भएको छ । मन्त्रिपरिषद्को बैठकमा एआइजी दरबन्दी थपको प्रस्ताव लगे पनि त्यो फाइल सदर नभएपछि श्रेष्ठको सपना हावामा उडेको हो । त्यसो त आइजी खनालको चाहना पनि दरबन्दी थपेर श्रेष्ठलाई एआइजी बनाउने र आफूपछि आइजीपी बनाएर जाने भन्ने थियो । डिआइजीबाटै अवकाश पाउने अवस्था सिर्जना भएपछि श्रेष्ठ निराश बनेको मुख्यालयमा चर्चा छ ।
यस्तै डिआइजीको पाँच वर्षे पदावधिको कारण श्रेष्ठसँगै डिआइजीहरू पाण्डे र धितालले समेत अनिवार्य अवकाश पाउदैछन् । एआइजी दरबन्दी थपको फाइल सदर भई यही पुस १६ गतेभित्र एआइजीमा बढुवा हुने मौका पाएमा डिआइजी श्रेष्ठ र पाण्डेमध्ये एकले हालका आइजी शैलेन्द्र खनालको अवकाशपछि सशस्त्र प्रहरी बलको नेतृत्व गर्ने अवसर पाउने थिए ।
३० वर्षे सेवाहदका कारण सशस्त्र प्रहरी बलका डिआइजी वसन्तकुमार बानियाँ यही पुस ११ देखि अनिवार्य अवकाशमा जाँदैछन् । गत वर्ष चैतमा रिक्त एक र गत महिना रिक्त एक गरी सशस्त्रमा हाल दुई डिआइजीको पद रिक्त रहेको छ । डिआइजीहरू रिक्त भएपछि सशस्त्र प्रहरी बलको डिआइजीको लागि एसएसपीहरू हरिशंकर बुढाथोकी, कृष्णभक्त ब्रम्हाचार्य, राजेन्द्र बस्नेत, राजेन्द्र शाक्य, किशोर प्रधानलगायत प्रतिस्पर्धामा छन् ।
सशस्त्र प्रहरी बलका आइजी शैलेन्द्र खनालले आफ्ना विश्वासपात्र डिआइजीलाई आफूपछिको आइजी बनाउन जालझेल गरेर सरकारलाई नै गुमराहमा राख्न खोजेका थिए । सशस्त्र प्रहरी बलका प्रवक्ता रहेका डिआइजी श्रेष्ठलाई एआइजी बनाएर आफ्नो उत्तराधिकारी बनाउने आइजी खनालको योजना अन्ततः असफल भएको छ । मन्त्रिपरिषद्मा पुगेको फाइलमा दुई एआइजी दरबन्दी थपको प्रस्ताव देखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एआइजीबाहेकका दरबन्दी थपका लागि अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट ओएन्डएम सर्भेको प्रक्रिया पु¥याएर ल्याउन निर्देशन दिएपछि खनाल र श्रेष्ठको योजना सफल नभएको थाहा भएको छ । तर मन्त्रिपरिषद् बैठकले दरबन्दी थप नगरे पनि सीमासुरक्षाका लागि भन्दै सीमामा १ सय १४ वटा बोर्डर आउट पोस्ट (बिओपी) थप गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को उक्त निर्णयसँगै सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) को संख्या २ सय २१ पुगेको छ । एआइजी दरबन्दी रहेको एकेडेमीमा पुष्पराम केसी र मानवस्रोत तथा प्रशासन विभागमा रामशरण पौडेल कार्यरत छन् । एआइजी नारायणबाबु थापा कार्यरत कार्य तथा सीमा सुरक्षा विभागमा एआइजीको दरबन्दी छैन । ‘कार्य तथा सीमा सुरक्षा विभागका लागि एक एआइजी थप्दा अपुग दरबन्दी स्वतः पूर्ति हुने थियो । श्रेष्ठलाई एआइजी बनाउन दुईटा दरबन्दी आवश्यक हुन्छ । दरबन्दी कटौती भएपछि दुई विभाग गाभिएर बनेको कार्य तथा सीमा सुरक्षा विभागलाई फुटाएर दुई विभाग बनाउने र सम्पूर्ण बोर्डर आउट पोस्ट (बिओपी) हरू प्रत्यक्ष रूपमा सीमा सुरक्षा विभागले हेर्नेगरी दुई एआइजीको दरबन्दी थपको प्रस्ताव गरिएको थियो । सरकारले दरबन्दी थपको प्रस्ताव फिर्ता गरेपछी एआइजी हुँदै भविष्यमा सशस्त्र प्रहरी बलको आइजी बन्ने सपना देखेका डिआइजी श्रेष्ठ अन्ततः यही पुस १६ मा डिआइजीबाटै अनिवार्य अवकाश पाउने भएका छन् । अवकाश मिति नजिकिँदै गए पनि डिआइजी श्रेष्ठको स्वार्थमा एआइजीको दरबन्दी थपका लागि चलिरहेको चलखेल भने रोकिएको छैन । सशस्त्र प्रहरी बलको डिआइजीका लागि हरिशंकर बुढाथोकी, कृष्णभक्त ब्रह्माचार्य, राजेन्द्र बस्नेत, राजेन्द्र शाक्य, किशोर प्रधान लगायतका एसएसपीहरू प्रतिस्पर्धामा छन् । एकैचोटि आठ डिआइजी रिक्त भएपछि संगठनमा ठूलो भ्याकुम पैदा हुेन भएकाले रिक्त हुनासाथ बढुवा गर्नुपर्ने आवाजसमेत उठ्न थालेको छ ।
तर आइजी शैलेन्द्र खनालले यसबारे कस्तो रणनीति अख्तियार गर्छन् भन्ने अहिल्यै भन्न सकिने अवस्था छैन । एसएसपी बुढाथोकी शमशेरगन्जमा हुँदा कारबाही परेका व्यक्ति हुन् । त्यसैले उनको नम्बर घटेको बताइन्छ । त्यसो हुँदा २ नम्बरमा रहेका एसएसपी ब्रह्माचार्य एक नम्बरमा बढुवा हुन सक्ने सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply