सरकारको सफलता र देशको भविष्य
‘समृद्ध नेपाल सुखी नेपाली’ मूलनारा बोकेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वको इतिहासकै शक्तिशाली सरकार एकपछि अर्को सफलता प्राप्त गर्दै अगाडि बढिरहेको छ । आफ्नो स्वास्थ्य समस्याका बाबजुद प्रधानमन्त्री केपी शर्मा ओलीको भिजन र सक्रियताले देशले आज ठूल्ठूला सफलता हासिल गर्दैछ । पार्टी एकताले लगभग पूर्णता पाइरहँदा अब पार्टीको राष्ट्रव्यापी परिचालनमार्फत पार्टीको र सरकारको मिसन पूरा गर्न अघि बढ्ने राम्रो वातावरण तयार हुँदैछ ।
देशको स्थायित्वका लागि जनताको लामो संघर्षबाट बनेको संविधानको सफलतापूर्वक कार्यान्वयन हुनुपर्ने थियो । सरकारको प्रथम वर्ष मूलतः यही काममा बित्यो । इतिहासमै पहिलोपटक सुरु गरिएको प्रदेश सरकारको अभ्यास कार्यान्वयन गर्न थुप्रै झन्झटिला प्रक्रिया पार गर्नुपर्ने थियो । थुप्रै भौतिक र कानुनी संरचना निर्माण गर्नुपर्ने थियो । नेपाल सरकारले सफलतापूर्वक यो कामा सम्पन्न ग¥यो । सबै प्रदेश सरकार पनि अब आफ्नो लयमा काम गर्न थालेका छन् । परिणाम देखाउन थालेका छन् ।
देशको अर्थतन्त्रलाई मजबुत बनाउन थुप्रै नीतिगत र संरचनागत सुधार गर्नुपर्ने थियो । चुहावटको नियन्त्रण गर्नु थियो । संघीय, प्रादेशिक र स्थानीय सरकारलाई आर्थिक रूपले सम्पन्न बनाई प्रभावकारी सञ्चालन गर्नुपर्ने थियो । सरकारको भागीरथ प्रयत्नका कारण आज सबै तहका सरकार केही अपवादलाई छाडेर प्रभावकारी ढंगले सञ्चालन भइरहेका छन् ।
सरकारको भागीरथ एवं इमानदार प्रयासका कारण हिजो सपनाजस्तो लाग्ने अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेका छन् । अन्तर्राष्ट्रिय स्तरकै चिल्ला र फराकिला सडक निर्माण कार्यले तीव्रता पाएको छ । सधैं बिग्रेको, भत्केको, जनताको बिचल्ली भएको, भ्रष्टाचार भएको, आर्थिक अभाव भएको जस्ता रिपोर्टिङ गर्ने पत्रकारहरू आज सफलताका कथा र सकारात्मक समाचार सम्प्रेषित गर्न थालेका छन् । विदेश गएका लाखौं युवाहरूमा आफ्नै देशमा अब केही हुन्छ, गर्न सकिन्छ भन्ने आभास हुन थालेको छ ।
विगतमा सधै घाटामा गएको नेपाल विद्युत् प्राधिकरण आज नाफामा गएको छ । प्राधिकरणले जनतालाई विकराल लोडसेडिङबाट मुक्त गराएको मात्र छैन, विद्युत निर्यातको तारतम्य पनि मिलाउँदैछ । देशभित्र विद्युत्को खपत बढाएर ऊर्जा आयातबाट हुने व्यापार घाटा न्यूनीकरण गर्दै छ । ग्याँस र पेट्रोलियम पदार्थको प्रयोगमा कटौती हँुदैछ ।
नेपाल भ्रमण वर्ष–२०२० को भव्य तयारी गरेको सरकारले पर्यटन क्षेत्रमा देखिने परिवर्तन ल्याएको छ । देशका सुन्दर पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार विश्वभर गराइँदैछ । विदेशी पर्यटक र आन्तरिक पर्यटकको संख्या बढाउने, उनीहरूको नेपाल बसाइ अवधि बढाउने र नेपाली उत्पादनको बिक्री प्रवद्र्धन गर्ने दीर्घकालीन र अल्पकालीन कार्य योजना बनेका छन् । प्रधानमन्त्रीकै विशेष चासो र सक्रियतामा विगतमा सधै धुलाम्य र अस्तव्यस्त राजधानी काठमाडांै आज सुन्दर सहरका रूपमा विकास हुँदैछ । सडकका खाल्डाखुल्डी पुरिएका मात्र छैनन्, अन्तर्राष्ट्रिय स्तरका सडक बन्दैछन् । २०२० भ्रमण वर्षलाई लक्ष्य गरेर देशका अन्य सहर पनि सिँगारिँदै छन् । देशका सयौं पर्यटकीय गन्तव्य भएका प्रदेश सरकार स्थानीय तह पनि भित्री र बाहिरी पर्यटक आकर्षण गर्ने विशेष तयारीमा जुटेका छन् ।
विभिन्न किसिमका आतंककारी गतिविधि नियन्त्रण गरिएको छ । शान्ति सुरक्षाको राम्रो प्रत्याभूति सरकारले प्रदान गरेको छ । देश विखण्डनको वकालत गर्ने समूहलाई देशको मूल प्रवाहमा ल्याउने काम भएको छ । देशमा सुशासनको वास्तविक अनुभूति भएको छ । भ्रण्टाचारमाथि निर्मम प्रहार गरिँदैछ । ‘ठूलालाई चैन, सानालाई ऐन’ भन्ने उखान अब कसैले उच्चारण गर्नुनपर्ने भएको छ । कानुनको दृष्टिमा के सम्माननीय, के माननीय के सर्वसाधारण जनता सबै बराबर भएका छन् ।
पानीजहाज सञ्चालन हुन अब धेरै समय कुर्नुपर्नेछैन । त्यसका लागि चाहिने दुईदेशीय सहमति भइसकेको छ भने आवश्यक भौतिक पूर्वाधार निर्माणले गति लिएको छ । ‘के छैन, के छैन, पानीजहाज !’ भनेर गरिँदै आएको विपक्षीको खिसीट्युरी पनि अब धेरै दिन टिक्नेवाला छैन । चीनबाट आउने भनिएको रेलमार्गको सम्भाव्यता अध्ययन भइरहेको छ ।
भर्खरै सम्पन्न उप–चुनावमा मतदाताले सत्तारूढ नेकपालाई अधिकांश स्थानमा जिताएका छन् । समग्रमा सरकारले गरिरहेको कामको अनुमोदन गरेका छन् । भक्तपुर, धरानलगायत केही स्थान पनि समयमा पार्टी एकताले भुइँमा टेक्न पाएको भए, तत्तत् तहका पार्टी नेता–कार्यकर्ताको मन विभाजन रोक्न सकेको भए, स्थानीय तहका जनप्रतिनिधिलाई जनताको पक्षमा अझ बढी स्थानीय पार्टीले खटाउन सकेको भए, स्थानीय तहले निर्धारण गरेको कर प्रणालीलाई अझ बढी वैज्ञानिक र व्यवस्थित बनाउन सकेको भए गुम्ने थिएनन् ।
सरकारले दक्षिण एसियाली खेलकुद भव्य रूपमा सफलतापूर्वक सम्पन्न ग¥यो । यसबाट खेल क्षेत्रमा नेपालको अन्तर्राष्ट्रिय छवि उजिलिएको छ । सरकारको खेलप्रतिको उच्च समर्पण, सक्रियता र व्यवस्थापनका कारण नेपाल पदक तालिकामा राम्रो स्थान कब्जा गर्न सफल भएको छ । यही मौकामा काठमाडौंलगायत देशका विभिन्न सहरमा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलका लागि चाहिने रंगशाला र अन्य भौतिक पूर्वाधार निर्माण भएका छन् ।
वर्तमान सरकारलाई उल्लिखित तमाम उत्कृष्ट काम गरेबापत आलोचना मात्र गरेर हरेक योग्य नागरिकको कर्तव्य पूरा हुन सक्दैन । सरकारले गरेका राम्रा कामको समर्थन र कमीकमजोरीको आलोचना गर्ने परिपाटी बस्नैपर्दछ । विगतमा असम्भवजस्तै लाग्ने एमाले–माओवादी एकता गराउन सक्ने, ‘शत्रु’लाई सारथि बनाउन सक्ने दुरदृष्टि भएका प्रधानमन्त्री ओलीको सफलता नै देश, राष्ट्र र जनताको सफलता हो भन्ने तथ्यलाई इन्कार गर्न मिल्दैन । आलोचनै आलोचनाले भरिएका हाम्रा ग्रन्थिमा सकारात्मक सोच र समर्थनको इन्जेक्स नदिन ढिलो भइसकेको छ ।
सम्बन्धित समाचार
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
- ‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
- अडानबाट पछि हटे हर्क साम्पाङ
- मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
Leave a Reply