राष्ट्रियसभामा कांग्रेस निल
काठमाडौं । आगामी ९ माघमा १८ सांसदका लागि हुने राष्ट्रिय सभाको निर्वाचनमा प्रमुख प्रतिपक्षी कांग्रेसले सबैतिर सून्य सिट जित्ने करिब–करिब निश्चित देखिएको छ । सातमध्ये ६ ओटा प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत रहेको र प्रदेश २ मा पनि राष्ट्रिय जनता पार्टी (राजपा) स“ग नेकपाको गठबन्धन बनेकाले सबै प्रदेशमा कांग्रेस उम्मेदवार पराजित हुने निश्चित भएको हो ।
राजनीतिक घटनाक्रम अन्यथा विकास नभए राष्ट्रिय सभाको आसन्न चुनावमा १८ मध्ये १६ सिट नेकपा एक्लैले र बा“की २ सिट राजपाले जित्नेछ । यद्यपि, कांग्रेसले ६ प्रदेशमा एक्लै र प्रदेश २ मा संघीय समाजवादी फोरमस“ग मिलेर उम्मेदवारी दर्ता गराएको छ । यसअनुसार अहिले राष्ट्रियसभामा रहेको सिटमध्ये कांग्रेसले सात र समाजवादीले एक सिट गुमाउनेछन् । राष्ट्रियसभामा रहेका नेकपाका ३९ मध्ये आठ, कांग्रेसको १३ मध्ये सात, राजपाका दुईमध्ये दुई नै र समाजवादीका दुईमध्ये एकजनाको दुईवर्षे पदावधि फागुन २० गते सकिन लागेपछि ती पदपूर्तिका लागि माघ ९ गते चुनाव हुन लागेको हो । गत २० पुसमा सातवटै प्रदेशमा उम्मेदवारी दर्ता भएको छ । राष्ट्रियसभाका लागि प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । तीमध्ये स्थानीय तहको मतभार १८ र सांसदको मतभार ४८ रहेको छ ।
प्रदेश १ मा नेकपाका तर्फबाट गोपी अछामी, देवेन्द्र दाहाल र इन्दु गौतमले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, कांग्रेसबाट नीरबहादुर विश्वकर्मा, मीना पुलामी मगर र राजेन्द्र घिमिरेको उम्मेदवारी परेको छ । यो प्रदेशमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखसहित ३ सय ६७ मतदाता रहेकोमा जितका लागि १ सय ८४ मत आवश्यक पर्छ । जबकि, नेकपाको जितका लागि आवश्यक पर्ने आरामदायी २ सय ३० मत रहेको छ । त्यस्तै, कांग्रेसको १ सय २६ र अन्य ११ मत छ ।
त्यस्तै, प्रदेश २ मा नेकपाबाट तुलसा दाहाल र राधेश्याम पासवान, कांग्रेसबाट नगिना यादव र भोला पन्जियार, समाजवादीबाट रामप्रीत पासवान र अनिरुद्र सिंह तथा राजपाबाट मृगेन्द्रसिंंह यादव र शेखर सिंह उम्मेदवार बनेका छन् । यो प्रदेशमा ३ सय ७९ मतदाता रहेकोमा जितका लागि १ सय ९० मत आवश्यक पर्छ । जसअनुसार नेकपाको १ सय १५ र राजपाको ७९ सहित १ सय ९४ मत रहेको छ । कांग्रेस र संघीय समाजवादीको १ सय ८२ मत रहेको छ भने अन्य १३ मत रहेको छ । अन्यतर्फ पनि स्वतन्त्र मत पनि नेकपामै खस्ने अनुमान गरिएको छ ।
त्यस्तै, प्रदेश ३ मा नेकपाबाट बेदुराम भुसाल, गंगा बेल्बासे र कांग्रेसबाट हरिशरण श्रेष्ठ तथा छलीकुमारी शर्मा उपाध्याय उम्मेदवार रहेकोमा जितका लागि ३ सय ४८ मत मध्ये १ सय ७५ मत आवश्यक पर्छ । जबकी यो प्रदेशमा नेकपा एक्लैको २ सय ४६ मत रहेको छ भने कांग्रेसको ९५ र अन्य ७ मत रहेको छ । त्यस्तै गण्डकी प्रदेशमा नेकपाबाट नारायणकाजी श्रेष्ठ, भगवती न्यौपाने तथा कांग्रेसबाट सूर्यप्रसाद रेग्मी, विमला गौचन उम्मेदवार रहेकोमा कुल मतदाता २ सय ३० मत रहेका छन् । त्यसमध्ये जितका लागि १ सय १६ मत आवश्यक पर्नेमा नेकपाको १ सय २३ मत रहेको छ भने कांग्रेसको ९७ मत रहेको छ । त्यस्तै, अन्य मत १० रहेको छ ।
त्यसैगरी प्रदेश ५ मा नेकपाबाट विमला घिमिरे, जगप्रसाद शर्मा र गोपाल भट्टराई तथा कांग्रेसबाट गिरिजादेवी न्यौपाने, बालकृष्ण पाण्डे र मेराज अहमद हलवाई उम्मेदवार बनेका छन् । यो प्रदेशमा ३ सय ५ मतदाता रहेकोमा जितका लागि १ सय ५३ मत आवश्यक पर्छ । जसमा नेकपाको १ सय ९१ तथा कांग्रेसको ८७ र अन्यको २७ मत रहेको छ ।
त्यस्तै, कर्णाली प्रदेशमा नेकपाबाट मायाप्रसाद शर्मा, सुमित्रा बिसी तथा कांग्रेसबाट डिल्लीराम पाठक र सावित्री पौडेल उम्मेदवार छन् । कुल मतदाता १ सय ९८ रहेकोमा जितका लागि १ सय मत आवश्यक पर्छ । जसअनुसार नेकपाको १ सय ४३ तथा कांग्रेसको ४७ र अन्यको ८ मत रहेको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा नेकपाबाट शारदा भट्ट र तारामान स्वा“र तथा कांग्रेसबाट प्रताप ठगुन्ना र तुलसी देवकोटा उम्मेदवार बनेका छन् । कुल २ सय २९ मतदाता रहेकोमा १ सय १५ मत जितका लागि आवश्यक पर्नेमा नेकपाको १ सय ४१ तथा कांग्रेसको ७३ र अन्यको १५ मत रहेको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply