बालुवाटारमा चार घन्टा अनातरंग
काठमाडौं । विगतमा हरेक निर्णयमा स्वेच्छाचारिता प्रदर्शन गरेको भन्दै केन्द्रीय कमिटी बैठकमा समेत आलोचित प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक सकिनासाथ संवाद र सहमतिमा जोड दिएका छन् । केन्द्रीय कमिटी बैठक जारी रहैकै बेला पनि अर्का अध्यक्ष पुष्पकमल दाहालसँग एक्लाएक्लै छलफल गरेर सल्लाहमा बैठकमा उठेका प्रश्नहरुको जवाफ दिएका उनले बैठक सकिएको भोलिपल्टै सोमबार वरिष्ठ नेता माधवकुमार नेपालसँग चार घन्टा एक्लाएक्लै छलफल गरेका छन् ।
सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दुई नेताबीच कुराकानी भएको थियो । त्यसो त आइतबार साँझ प्रधानमन्त्रीले नेकपाका सांसद तथा केन्द्रीय सदस्यका लागि बालुवाटारमा दिएको रात्रिभोज वरिष्ठ नेता नेपालले बहिष्कार गरेको भन्ने समाचार प्रवाह भएको थियो । उक्त दिन नेता नेपाल आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–२ मा दिवंगत भएका तीनजनाका शोकाकुल परिवारजनलाई समवेदना दिन र एउटा विवाह भोजमा सहभागी भएका कारण ढिलो बालुवाटार पुगेका थिए । त्यसबीचमा पनि प्रधानमन्त्री ओलीले नेपाललाई पटकपटक फोन गरेका थिए । नेता नेपाल ढिलो गरी पुगे पनि बाहिर भने बहिष्कार गरेको प्रचार गरिएको थियो । त्यसको भोलिपल्टैै दुई नेताबीच चार घन्टा कुराकानी भएको हो । गत कात्तिक २७ मा पनि दुई नेताबीच चार घन्टै लामो छलफल भएको थियो ।
दुई नेताबीच पार्टी र सरकार सञ्चालन तथा केन्द्रीय कमिटी बैठकको समीक्षामा केन्द्रित रहेर छलफल भएको बुझिएको छ । पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने र आपसी विश्वासको वातावरण बनाउँदै अघि बढ्ने विषयमा दुई नेताबीच समझदारी भएको बुझिएको छ । यो भेटले दुई नेताबीचको बिग्रेको आपसी सम्बन्धमा सुधार आएको अपेक्षा गरिएको छ । किनभने, विगतमा दुई नेताबीचको सम्बन्धमा चिसोपना देखापरेको थियो । पार्टी सञ्चालनमा ओलीले विधि मिचेको भन्दै उनको कार्यशैलीको निरन्तर आलोचना गर्दै आएका नेता नेपालले उनको कार्यशैलीमाथि केन्द्रीय सचिवालयमा दुईपटक ‘नोट अफ डिसेन्ट’ लेखिसकेका छन् । कतिसम्म भने उपचारका लागि बंैकक उड्नुअघिको सचिवालय बैठकमा नेता नेपालले स्वास्थ्य लाभको शुभकामना दिँदा पनि अध्यक्ष ओलीले अस्वीकार गरेका थिए ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply