खतिवडा नहट्ने
काठमाडौं । राजनीतिक बजार वामदेव गौतमको ‘इन्ट्री’ र अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमनको हल्लाले गर्माइरहेको छ । त्यही हल्लाले सेयर बजारलाई राहत दिइरहेका बेला प्रधानमन्त्री केपी ओलीले भने आफ्नै निकटस्थहरूलाई समेत चक्मा दिँदै उनै खतिवडालाई थप जिम्मेवारीसमेत सुम्पिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमिताको नियत राखेको आरोप लाग्ने अडियो प्रकरण बाहिरिएपछि प्रधानमन्त्री ओलीका दाहिने हात मानिने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिए । उनको राजीनामापछि रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले उनै खतिवडालाई दिएका छन् ।
राष्ट्रपतिबाट राष्ट्रियसभा सांसदमा मनोनीत सांसद खतिवडाको दुईवर्षे कार्यकाल २१ फागुनबाट सकिँदैछ । त्यसपछि संविधानअनुसार बढीमा ६ महिना मात्र उनले मन्त्रीमा निरन्तरता पाउन सक्नेछन् । यति जान्दाजान्दै पनि दोस्रो वरीयताका मन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित बाँकी २२ मन्त्रीको सट्टा उनै खतिवडालाई रिक्त मन्त्रालयको जिम्मेवारी सुम्पिनुको पछाडि प्रधानमन्त्रीले बेग्लै सन्देश दिन खोजेको अर्थमा विश्लेषण गरिएको छ ।
पहिलो त कार्यकाल सकिन लागे पनि नयाँ जिम्मेवारी पनि दिएर प्रधानमन्त्री ओलीले उनलाई नै भरपर्दो अर्थमन्त्रीका रूपमा निरन्तरता दिन चाहेको सन्देश दिएका छन् । दोस्रो, पार्टीभित्र भरपर्दो अर्को नेता खतिवडाको विकल्पमा मन्त्रालय सम्हाल्ने ओलीले नदेखेको सन्देश दिएका छन् । त्यसो त पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको अर्थमन्त्रीमा लामो समयदेखि चर्चा रहे पनि आफ्नो समूहमा नभएका कारण भर गर्न नसकेको सन्देश पनि ओलीले दिएको विश्लेषण गरिएको छ ।
तेस्रो, बाँस्कोटाको बहिर्गमनपछि सरकारको प्रतिरक्षा गर्ने विश्वासिला प्रवक्ता खतिवडा नै हुन सक्ने उनको बुझाइ छ । त्यसो त टेक्नोक्रेट पृष्ठभूमिका खतिवडा अनुशासनमा कडा मात्र होइन, ‘निट एन्ड क्लिन’ छविका पनि मानिन्छन् । अर्कोचाहिँ पार्टीभित्रै वा बाहिरतिर सरकारविरुद्ध षड्यन्त्र गर्न खोज्नेलाई पनि तत्काल त्यस्तो कुनै सम्भावना नरहेको सन्देश पनि खतिवडाको निरन्तरताबाट ओलीले दिन खोजेको बताइएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply