बालिकाको मार्गदर्शन कसरी गर्ने ?
नारीको चाल र शारीरिक गठन उसको आकर्षक व्यक्तित्वको महŒवपूर्ण अवयव हो । व्यक्तित्वको यस महŒवपूर्ण घटकको जग बाल्यावस्थामा नै बन्छ । सामाजिक तथा आर्थिक परिस्थिति पनि छन्, जसका कारण आमनेपाली नारी त के पुरुषहरूको पनि पिँठ्यू र कुम झुक्छ ।
टाउको उठाएर हिँड्दा, पिँठ्यू सीधा राख्दा, कुम सीधा हुँदा व्यक्तित्व प्रभावकारी भई आत्मविश्वास जाग्दछ । घोप्टो अथवा उत्तानो परेर किताब पढ्नु, किताबमा प्रकाशको उचित व्यवस्था नहुनु साथै नजिक बसेर टिभी अथवा मोबाइल या कम्युटर लगातार चलाउनु हानिकारक हुन्छ । बाल्यकालदेखि नै बालिकाहरूको प्रत्येक कुराको आमाले ख्याल राख्नुपर्छ ।
बालिकाको भरिलो शरीर एउटै उमेरमा हुँदैन । जब बालिकाको शारीरिक विकास हुन थाल्छ, त्यसबेला आमाको सही मार्गदर्शकको एकदम आवश्यकता पर्छ । खासगरी आमाले बालिकाको लवाइखुवाइका ध्यानमा राख्नु जरुरी हुन्छ । शरीरमा धेरै कसिएको कपडाले शरीरको सौन्दर्य घटाउँछ । शरीर विकासको स्थितिमा यदि वक्षस्थललाई उचित किसिमबाट कसिन्छ भने शरीर आकर्षक बन्दछ । यस कुराको ज्ञान बालिकामा हँुदैन तर एउटी अनुभवी चैतन्य आमाले यो कुरा बुझेकी हुन्छिन्, नबुझे सिक्नुपर्छ । पाँच वर्षको उमेरदेखि नै बालिकाको उमेरअनुसारको कपडा उपलब्ध गराउनुपर्छ । त्यतिबेलाको कपडा न धेरै कसिएको र न धेरै खुकुलो हुनुपर्छ । बालिकाहरूमा स्कर्ट लगाउन चाहना हुन्छ । तर घँुडासम्म लामो स्कट उपलब्ध गराउनेमा सचेत रहनुपर्छ ।
बालिकाको खेलकुद अथवा उछलकुद गर्ने उमेरलाई ध्यानमा राखेर भित्री कपडा (पेन्टी) अलिकति लामै दिनुपर्छ तर तिघ्रामा भने कसिएको हुनुपर्छ । पहिले बालिकाको शारीरिक अवस्था हेर्नुपर्छ अनि फेसन कस्तो चलेको छ, त्यसमा विचार गर्नुपर्छ । अश्लील र बेछाँटको कपडा लगाइदिएर बालिकालाई मजाक र छेडछाडको पात्र बनाइदिनुहुँदैन । अतः किशोरीहरूका आमाले त झन् उचित शिक्षा दिएर शरीर र सामाजिक मान्यतालाई समेत ख्याल गरेर समयानुकूल हुनेगरी कपडा लगाउन, शिर उँचो गरेर हिँड्न प्रोत्साहित गर्नुपर्छ ।
समयमै उचित शिक्षा दिइएन भने पिँठ्यू झुकाएर हिँड्ने बानी लाग्छ र सधैंका लागि कुप्रो हुन्छ । यसकारण, जहिले पनि सीधा भएर बस्ने, ढाड सीधा पारेर कुम सोझो बनाएर हिँड्न लगाउनुपर्छ । बाल्यकालदेखि नै खेलकुदमा रुचि र हृदयमा आत्मविश्वास जगाउनुपर्छ । प्रत्येक बालिकाले विवाह भएपछि जन्मघर त्याग्छिन्, यो स्वाभाविकै हो । तर विवाहअघि नै चुस्तदुरुस्त ढंगले चल्न सक्ने बनाउनु घरपरिवारको दायित्व हो । बालिकाहरूलाई मानसिक रूपले कमजोर पार्ने व्यवहार कहिल्यै गर्नुहँुदैन । बालिकाहरूका लागि उमेरअनुसार सही नापका जुत्ता, चप्पल आदिको पनि चयन गर्नुपर्छ । बढ्दै गरेका बालिकाहरूलाई शालीनतासाथ आत्मविश्वास जगाएर सही बाटोमा निडरताका साथ हिँड्ने बानी बसाल्ने प्रयत्न गर्नुपर्छ । बारम्बार अभ्यास गराउँदा बालिकाहरूले त्यस्तो बानी सहज रूपमा सिक्न सक्छन् ।
कुप्रो परेर, कुम झुकाएर साथै सधैं टाउको निहुराएर रहँदा मन पनि सधैं उत्साहहीन, सुस्त र चिन्तित रहन्छ । कुप्रो पर्नुपहिले नै आवश्यक विचार गरिएन भने पछि आदत बन्दछ र अन्ततः पिँठ्युसमेत दुख्न थाल्छ । घर अथवा बाहिर कुप्रो परेर काम गर्नुपर्ने स्थितिमा बालिकाहरूलाई यस्तो व्यायाम गराउनुपर्छ, जसबाट पिँठ्युले आराम पाओस् र बढी झुक्दा पनि शारीरिक बनावटमा असर नपरोस् । नेपाली बालिकाका आमाहरूलाई थाहा छ वा हुनुपर्छ, विदेशमा नारीहरू पिँठ्यू एवं कुमबारे धेरै जागरुक हुन्छन् ।
नाजुक उमेरका बालिकाहरूलाई समयमै सही ज्ञान दिनुपर्छ, उचित ड्रेस लगाउने र सही व्यायाम गर्ने बानी बसाल्नुपर्छ । अतः बाल्यकालदेखि नै बालिकाहरूमा अपेक्षित गुणको विकास गराउनुपर्छ र उसलाई यसरी सवार्नुपर्छ कि तिनी एउटी आकर्षक युवती बनून् र सधैं टाउको उठाएर, सीधा उभिएर, आत्मविश्वासपूर्वक हिँड्न सक्ने होऊन् ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply