रोकिएन हायातको मनपरी
काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो ।
यो होटललाई हेर्ने सरकारी निकाय तारा गाउँ विकास समितिका अध्यक्ष प्रह्लाद न्यौपानेले होटल हायातको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) को अडान लिएपछि होटल डीडीए गराउन तयार भएको छ । तर, होटलले डीडीए भने आफूखुसी गर्ने चलखेल गरेको हो । हायातले गत १८ फागुन २०७६ मा काठमाडौं पोस्टमा सानो सूचना प्रकाशन गरेर डीडीएका लागि प्रस्ताव आह्वान गरेको छ । सूचनामा कसको डीडीए गर्ने ? कसरी गर्ने ? सम्पर्क ठेगाना कहाँ हो ? केही उल्लेख गरिएको छैन ।
गत २३ मंसिर २०७६ मा बसेको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको होटल सञ्चालक समितिको बैठकमा अध्यक्ष न्यौपानेले सञ्चालक समितिमा प्रतिनिधित्व, हकप्रद सेयर, लगानी र प्रतिफललगायत विषयमा आफ्नो ६ बुँदे फरक मत राखेका थिए । सो ६ बुँदामध्ये तारा गाउँ विकास समितिले तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडमा गरेको लगानी र प्रतिफलको विश्लेषण गनुपर्ने, होटलको हालको सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण (डीडीए) गर्नुपर्ने अडान थियो । अध्यक्ष न्यौपानेको अडानअनुसार नै डीडीएका लागि हायात तयार भए पनि सूचना निकाल्दा भने एकतर्फी रूपमा सुटुक्क निकालेपछि अध्यक्षले त्यसमा असहमति जनाएका हुन् । तर, अध्यक्ष न्यौपानेले भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त कम्पनीबाट मात्रै डीडीए हुने बताए । डीडीएका लागि सबै प्रकारका सूचना तथा विषय खुलाएर पुनः विज्ञापन प्रकाशन गरिनुपर्ने भन्दै अध्यक्ष न्यौपानेले हायातलाई २२ फागुन २०७६ मा चिठी लेखेका छन् ।
गत १८ फागुन २०७६ मा हायातले प्रकाशन गरेको सूचना अनुसार कुनै पनि हालतमा डीडीए नहुने अध्यक्ष न्यौपानेको भनाइ छ । उनले भने, ‘पूर्वनिर्णय, सहमति, संसदीय समिति, अख्तियार अनुसन्धान दुरुपयोग आयोगको निर्देशन सबैलाई मध्यनजर गरेर डीडीएका लागि सूचना जारी गरिनुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त कम्पनीबाट डीडीए गरिनुपर्छ, जो सबै नेपाली जनताले यथार्थ थाहा पाउनुपर्छ । किनभने पब्लिक लिमिटेड कम्पनी हो ।’ अध्यक्ष न्यौपानेले अब विगतमा जस्तो कुनै प्रवाह र आग्रहमा काम नहुने बताए । उनले भने, ‘हिजो केके भयो ? म त्यतातिर जान्न मलाई यति मात्रै थाहा छ, अब नेपाल सरकारको सेयर अनुपात २२.६७ कायम हुनुपर्छ, हुन्छ ।’ समयमा तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडमा तारा गाउँ विकास समितिको लगानी अनुपात साबिकको ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटेको देखाइएको छ । पछिल्लो कम्पनीको चुक्ता पुँजी र एसियन विकास बैंकले लगानी गर्दाको सर्तअनुसार नेपाल सरकारको २२.६७ प्रतिशत सेयर कायम रहनुपर्ने अडान अध्यक्ष न्यौपानेको छ । सञ्चालनमा आएयता होटलले घाटामा गएको देखाउँदै नेपाल सरकारलाई लगानीबापतको कुनै मुनाफा दिएको छैन । विभिन्न समयमा संसदीय समिति, सरकारको छानबिन समितिले हायात होटलको समस्या समाधान गर्न प्रतिवेदनमार्फत सुझाव र निर्देशन दिए पनि सरकारी सम्पत्तिमा निजी लगानीकर्ता राधेश्याम सर्राफ र सुरेशलाल श्रेष्ठको समूहले आफूअनुकुल मनपरी गर्दै आएका छन् ।
सुरुवातमा होटलमा सरकारको ३९.७७ प्रतिशत रहेको सेयर निरन्तर घटाउँदै ९.०१ प्रतिशतमा खुम्च्याइएको छ । गएको वर्ष सांसद् अग्निप्रसाद सापकोटाको संयोजकत्वको समितिले अध्ययनपछि तयार पारेको ‘तारागाउँ विकास समिति अध्ययन अनुगमन सम्बन्धी प्रतिवेदन, २०७५’ ले पनि सेयर लगानीबापत दिइएको जग्गा फिर्ता लिन, भाडा सम्झौता रद्द गरी प्रचलित बजार मूल्य अनुसार जग्गाको मूल्यांकन गरी उचित लाभ तोक्न सरकारलाई निर्देशन दिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गुमेको नेपाल सरकारको सेयर फिर्ता गराउन सबै प्रकारका आवश्यक कदम चाल्न तारा गाउँ विकास समितिलाई निर्देशन दिँदै आएका छन् । मन्त्री भट्टराईले हायातमा नेपाल सरकारको पुरानै सेयर कायम गर्न, व्यक्तिले प्रयोग गरिरहेको तारा गाउँ विकास समितिको जग्गा फिर्ता ल्याएर व्यवस्थित गर्न निर्देशन दिएका छन् । भट्टराईले डीडीएका लागि पनि पटकपटक निर्देशन दिँदै आएका छन् ।
नेकपाका सचिवालय तथा पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवाद निर्माण आधार तयार गर्न वर्तमान सरकारलाई हरहालतमा सफल बनाउनु पर्ने बताउँदै यसका लागि वस्तुपरक र अध्ययनशील पत्रकारिता गर्न पत्रकारहरूलाई आह्वान गर्नुभएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply