तीनै तहका सरकार प्रमुख र सचिवहरूसँग पर्यटनमन्त्रीको छलफल
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटका लागि पर्यटनसम्बद्ध सातैवटा प्रदेशका मन्त्री, सचिव, महानगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूसँग छलफल गरेका छन् । आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट ‘समृद्ध नेपाल ः सुखी नेपाली’को लक्ष्यअनुसार प्रभावकारी बनाउन मन्त्री भट्टराईले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच छलफल गरेका हुन् ।
आइतबार मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा प्रदेश सरकार तथा स्थानीय तहका प्राथमिकताका आयोजनासमेतका आधारमा सहकार्यका विविध पक्षमा मन्त्रालय र सातै प्रदेशका तर्फबाट प्रस्तुतीकरण भएको थियो । सातैवटा प्रदेशका सचिवहरूले सम्बन्धित प्रदेशको पर्यटन क्षेत्रको सम्भावना, साझेदारीका परियोजना र भावी कार्यक्रमको प्रस्तुति गरेका थिए ।
कार्यक्रममा मन्त्री भट्टराईले मन्त्रालयअन्तर्गतका योजना तथा कार्यक्रमहरूलाई प्रभावकारी बनाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तिनै सरकारबीच समन्वय, सहकार्य र समझदारीमा जोड दिए । मन्त्रालयले नीति, कार्यक्रम तथा बजेट छनोट गर्दा सबै तहका सरकारसँग समन्वय गर्ने बताए । योजना छनोट तथा लगानीमा पनि सबै तहसँग समन्वय र सहकार्य गरिने उनको भनाइ थियो । उनले भने, ‘संयुक्त लगानी र प्रतिफलका लागि सबै तहबीच समन्वय, सहकार्य र समझदारी गरेर जानुपर्छ ।’
मन्त्री भट्टराईले ‘समृद्ध नेपाल ः सुखी नेपाली’को वर्तमान सरकारको लक्ष्य प्राप्त गर्न पर्यटन क्षेत्रको विकास अनिवार्य रहेको भन्दै प्रदेश सरकारसँग सहकार्यमा सबै प्रदेशमा कम्तीमा एकएकवटा रणनीतिक आयोजनाहरू तय गरिने बताए । मन्त्री भट्टराईले प्रदेश सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन, स्थानीय सरकारले स्थानीय पर्यटन प्रवद्र्धन र संघीय सरकारले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पर्यटन क्षेत्रको एकीकृत विकासका लागि अवलम्बन गर्न सकिने उपायहरूबारे चर्चा गरे । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले नेपालको समग्र पर्यटन क्षेत्रको विकास, पन्ध्रौं योजनाले यस क्षेत्रमा लिएको लक्ष्य तथा रणनीतिबारे बताए ।
राम्रो कामको सुरुआत ः प्रदेश मन्त्रीहरू
कार्यक्रममा सहभागी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रीहरूले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय अभाव भइरहेको बेला समन्वय गोष्ठी आयोजना गरेर मन्त्री भट्टराईले राम्रो अभियानको सुरुआत गरेको भन्दै प्रशंसा गरे । उनीहरूले बजेटलाई छरपस्ट गर्नुभन्दा तीनै सरकारबीच समन्वय गरेर दीर्घकालीन महŒवको रणनीतिक पर्यटकीय योजनाहरू सञ्चालन गर्नुपर्ने र पर्यटन विकासका लागि पर्यटन भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए ।
प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत, प्रदेश २ का राम नरेश राय, बाग्मती प्रदेशका अरुणप्रसाद नेपाल, गण्डकी प्रदेशका विकास लम्साल, प्रदेश ५ का लीला गिरी र कर्णाली प्रदेशका नन्दसिहं बुढाले आफ्नो प्रदेशको अवस्था र योजनाबारे धारणा राखेका थिए ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply