तीनै तहका सरकार प्रमुख र सचिवहरूसँग पर्यटनमन्त्रीको छलफल
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटका लागि पर्यटनसम्बद्ध सातैवटा प्रदेशका मन्त्री, सचिव, महानगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूसँग छलफल गरेका छन् । आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट ‘समृद्ध नेपाल ः सुखी नेपाली’को लक्ष्यअनुसार प्रभावकारी बनाउन मन्त्री भट्टराईले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच छलफल गरेका हुन् ।
आइतबार मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा प्रदेश सरकार तथा स्थानीय तहका प्राथमिकताका आयोजनासमेतका आधारमा सहकार्यका विविध पक्षमा मन्त्रालय र सातै प्रदेशका तर्फबाट प्रस्तुतीकरण भएको थियो । सातैवटा प्रदेशका सचिवहरूले सम्बन्धित प्रदेशको पर्यटन क्षेत्रको सम्भावना, साझेदारीका परियोजना र भावी कार्यक्रमको प्रस्तुति गरेका थिए ।
कार्यक्रममा मन्त्री भट्टराईले मन्त्रालयअन्तर्गतका योजना तथा कार्यक्रमहरूलाई प्रभावकारी बनाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तिनै सरकारबीच समन्वय, सहकार्य र समझदारीमा जोड दिए । मन्त्रालयले नीति, कार्यक्रम तथा बजेट छनोट गर्दा सबै तहका सरकारसँग समन्वय गर्ने बताए । योजना छनोट तथा लगानीमा पनि सबै तहसँग समन्वय र सहकार्य गरिने उनको भनाइ थियो । उनले भने, ‘संयुक्त लगानी र प्रतिफलका लागि सबै तहबीच समन्वय, सहकार्य र समझदारी गरेर जानुपर्छ ।’
मन्त्री भट्टराईले ‘समृद्ध नेपाल ः सुखी नेपाली’को वर्तमान सरकारको लक्ष्य प्राप्त गर्न पर्यटन क्षेत्रको विकास अनिवार्य रहेको भन्दै प्रदेश सरकारसँग सहकार्यमा सबै प्रदेशमा कम्तीमा एकएकवटा रणनीतिक आयोजनाहरू तय गरिने बताए । मन्त्री भट्टराईले प्रदेश सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन, स्थानीय सरकारले स्थानीय पर्यटन प्रवद्र्धन र संघीय सरकारले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पर्यटन क्षेत्रको एकीकृत विकासका लागि अवलम्बन गर्न सकिने उपायहरूबारे चर्चा गरे । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले नेपालको समग्र पर्यटन क्षेत्रको विकास, पन्ध्रौं योजनाले यस क्षेत्रमा लिएको लक्ष्य तथा रणनीतिबारे बताए ।
राम्रो कामको सुरुआत ः प्रदेश मन्त्रीहरू
कार्यक्रममा सहभागी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रीहरूले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय अभाव भइरहेको बेला समन्वय गोष्ठी आयोजना गरेर मन्त्री भट्टराईले राम्रो अभियानको सुरुआत गरेको भन्दै प्रशंसा गरे । उनीहरूले बजेटलाई छरपस्ट गर्नुभन्दा तीनै सरकारबीच समन्वय गरेर दीर्घकालीन महŒवको रणनीतिक पर्यटकीय योजनाहरू सञ्चालन गर्नुपर्ने र पर्यटन विकासका लागि पर्यटन भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए ।
प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत, प्रदेश २ का राम नरेश राय, बाग्मती प्रदेशका अरुणप्रसाद नेपाल, गण्डकी प्रदेशका विकास लम्साल, प्रदेश ५ का लीला गिरी र कर्णाली प्रदेशका नन्दसिहं बुढाले आफ्नो प्रदेशको अवस्था र योजनाबारे धारणा राखेका थिए ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply