प्रहरीे पेट्रोल पम्पमा आईजीको नजर पर्ला ?
काठमाडौं । प्रहरी कल्याण कोषअन्तर्गत सञ्चालित नेपाल प्रहरीको पेट्रोल पम्पमा अनियमितता झनै उदांगिएको छ । प्रहरी निरीक्षक वासुदेव नेपालले विगत एक वर्षदेखि कमान्ड गरिरहेको पम्पमा व्यापक अनियमितता भएको हो ।
उनकै प्रत्यक्ष निर्देशनमा केशव केसी र मनोज केसी दुई भाइ मिलेर पम्पमा अनियमिताको धन्दा चलाएको बताइएको छ । प्रनि नेपाल सो पम्पको नेतृत्व गर्न आइपुगेको एक करिब वर्ष पुगेको छ भने हवल्दारद्वय केसी विगत चार वर्षदेखि त्यही कार्यरत छन् । उनीहरूको अनियमिततामा जवान छवि न्यौपानेले पनि दह्रो साथ दिने गरेको बताइन्छ ।
लामो समयदेखि सो पम्पमा मस्ती मारेर बसेका व्यक्तिहरूको सेटिङमा नै अहिले पनि पम्पलाई कमाउ धन्दाको अखडा बनाइएको बताइन्छ । स्मरणीय छ, प्रहरीभित्र पनि कल्याणकारी कोषअन्तर्गत पेट्रोल पम्पको जागिरलाई आकर्षक र मालदार मानिन्छ ।
उनीहरू पम्पका इन्चार्ज नेपालको अत्यन्त प्रिय पात्र बन्दै आएका छन् । उनीहरूले थानकोटदेखि ट्यांकरबाट तेल ल्याउने बेच्ने तथा हरेक दिन संकलन भएको रकम इन्स्पेक्टरदेखि आफूआफूमा बाँडचुँड गर्ने गरेको बताइन्छ । अहिले केसीद्वयलाई पैसा हुने धन्दा गर्न र अन्य रकम संकलन तथा कारोबारको जिम्मेवारी नै दिइएको छ । इन्सपेक्टर नेपाललाई राम्रो रकम नियमित रूपमा बुझाउने गरेकाले नै केसीद्वय उनका प्रिय पात्र भएको स्रोतको दाबी छ । उनीहरूलाई त्यहाँको इन्चार्ज नेपालले संरक्षण गरेकैले खुलेआम घुसखोरीले प्रश्रय पाएको बताइन्छ ।
एकपटक त्यो स्थानमा बसिसकेका प्रहरी कर्मचारीहरूलाई दोहो¥याएर त्यही स्थानमा नराख्ने प्रहरीको आन्तरिक नियम भए पनि पेट्रोल पम्पका केही कर्मचारीका हकमा भने त्यो नियम लागू भएको छैन । उनीहरू चार पाँच वर्षदेखि पम्पमै तर मारेर बस्न पाइरहेका छन् । केसीद्वयको नेतृत्वमा पम्पका कर्मचारीहरूले उपत्यकामा भएका प्रहरी कार्यालयबाट इन्धन नै नहाली कुपनलाई आधा रकम दिने र उक्त तेल बेचेर पैसा खल्तीमा हाल्ने गर्दै आएको आरोप छ । उनीहरूले तेलै नहालीकन तेल घटेको भन्ने बहाना बनाएर रकम असुल्ने गर्दै आएको बताइएको छ । त्यसो गर्दा काउन्टरमा मासिक ३ लाखसम्म अतिरिक्त जम्मा हुने र सो रकमबाट इन्स्पेक्टर, असईदेखि सबै कर्मचारीले भागबन्डा गर्दै आएका छन् ।
दैनिक कुपन र नगद गरेर १७ देखि २० लाख सम्मको कारोबार भए पनि नगद मासेर कुपनको मात्र कारोबार देखाउने गरेको बताइन्छ । पम्पमा हरेक दिनको १२ देखि १५ हजारसम्म रकम उठाएर कोष बनाउने र महिनाको ३ लाखभन्दा बढी रकम जम्मा भएपछि त्यो सबै कर्मचारी मिलेर बाँडीचँुडी गर्ने गरेको बताइन्छ । उक्त पम्पमा मात्र हाल दर्जन बढी कर्मचारी छन् । प्रहरी नियमावलीमा दुई वर्षभन्दा बढी एकै ठाउँमा रहन कुनै पनि व्यक्तिलाई अनुमति दिइएको छैन । पम्पका कर्मचारीहरूका हकमा यो नियम लागु भएको छैन । गत साउनदेखि कम्युटर बिलिङ सिस्टम लागु भएको भए पनि भ्याट बिल नदिने र साधारण बिलमार्फत कारोबार गर्ने गरेको पाइन्छ ।
नेपाल प्रहरीअन्तर्गत कल्याण कोषले सञ्चालन गरेको र हरेक सिपाहीको गाँस काटेर जम्मा गरिएको नक्सालस्थित प्रहरी पेट्रोल पम्पमा केही व्यक्तिको मस्ती चल्ने गरेकोमा संगठनमा केही नयाँपन दिन्छु भनेर आईजीपी बनेका शैलेश थापा क्षेत्रीले नजर लगाउनु आवश्यक छ । उनले बेवास्ता गर्ने हो भने प्रहरीको कल्याण कोष नै धराशयी बन्ने जानकारहरू बताउँछन् । आईजी थापाले दज्र्यानी चिह्न थाप्ने अवसरमा संगठनले आफ्ना लागि दिएको सवारीसाधनमा समेत परिवारका सदस्यहरूलाई चढ्न दिइनु दुरूपयोग ठहरिने भनेर आदर्शवादी भाषण गरेका थिए । उनले त्यस्तो मितव्ययिता अपनाउने हो भने पहिलो काम नै पेट्रोल पम्पको बेथिति सुधारबाट सुरु गर्नु आशा गरिएको छ ।
प्रहरी महानिरीक्षक संरक्षक रहने प्रहरी कल्याण कोषको अध्यक्ष प्रशासन विभागका एआईजी हुने गर्छन्, जसले प्रहरीका लागि विभिन्न किमिसका सेवा प्रदान गर्दै आएको छ । हाल पेट्रोल पम्प, हेल्थक्लब कोषअन्तर्गत सञ्चालन भइरहेको ती सबै निकायमा अनियमितता जारी रहेको बताइन्छ ।
त्यसैले प्रहरी कल्याण कोषका एसएसपी लालमणि आचार्य नक्सालस्थित प्रहरी पेट्रोल पम्प र सामाखुसीस्थित प्रहरी पेट्रोल पम्पमा कार्यरत कर्मचारीहरूमा छानबिन गर्नुपर्ने आवाज उठेको थाहा पाएका छन् । तर एसएसपी आचार्य थाहा नपाएजस्तो गरेर बस्ने हो भने त्यहाँको कमिसन उनको भागमा पनि पुगेको स्पष्ट हुन्छ । दुवै पम्पबाट ती कर्मचारीहरूले पर्याप्त कमाइ गरेको देखिन्छ । पेट्रोल पम्पमा बाहेक भृकुटीमण्डपस्थित पुलिस क्लब र अतिथि गृहहरूमा अनियमितता हुने गरेको छ । यस सम्बन्धमा पम्पमा कार्यरत भूतपूर्व प्रहरीलाई जिज्ञासा राख्दा उनीहरू भने सम्पर्कमा आउन चाहेनन् । नियमित रूपमा नजराना लिइरहेकाले अहिले एसएसपी आचार्यको नजर त्यतातिर भने नपरेको बताइन्छ । पम्प इन्चार्ज प्रमुख आकर्षक र कमाइ हुने पद मानिन्छ । अन्य अधिकारीलाई एक वर्षमै सरुवा गर्ने एएसपी आचार्यले भने विगत तिन वर्षदेखि राइदाइँ गर्ने इस्पेक्टर नेपाल लगायत सई तथा हवल्दारलार्ई किन संरक्षण गरिरहेका छन् भन्ने रहस्यमय रहेको छ । त्यसो त केही वर्षअघि पनि प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पमा व्यापक अनियमिता देखिएको भन्दै छानबिन गरिएको थियो । पम्पको घोटाला सम्बन्धमा छानबिन गर्न तत्कालिन प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । बजार अनुगमनका क्रममा प्रहरीद्वारा सञ्चालित पाँचवटामध्ये तीन नोजलबाट नियमितता भएको फेला पारेपछि सिल गरिएको थियो । प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्मबाट उपभोक्ता ठगिएपछि चासोको विषय बन्दै आएको छ ।
प्रहरीकै पम्पमा जहिले पनि विवाद बढ्नुमा लामो समयदेखि कल्याणकोषलाई धमिरा पार्न र घुस खान खप्पीस त्यही पुराना कर्मचारीलाई हेरफेर गर्न नसक्नु नै मुख्य कमजोरी रहेको प्रहरी स्रोत बताउँछ । ती नभए पनि पम्प चल्छ भन्ने मानसिकता हाकिमहरूले त्याग्न नसकेसम्म समस्या यथावत् रहने हुनाले कल्याणकोषका हाकिम र आईजीपीले कुनै न कुनै कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply