लिलामीमा अख्तियार आयुक्त
काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्न स्थापना गरिएको राज्यको संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिलामीमा राखेका छन् । रिक्त एउटा आयुक्त पद आफ्नो कोटामा दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कन्भिन्स गराइसकेको भन्दै देउवाले विभिन्न बिचौलियामार्फत आयुक्तका लागि बार्गेनिङ गरिरहेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार देउवाले अहिलेसम्म चारजनासँग आयुक्त बनाइदिन्छु भन्दै पैसाको बार्गेनिङ गरिसकेका छन् । पछिल्लो समय उनले नेपाल राष्ट बैकका कार्यकारी निर्देशकबाट अवकाश पाएका शिवनाथ पाण्डेसँग आयुक्त बनाउने भन्दै डिल गरिरहेका छन् । अख्तियार आयुक्तका लागि राष्ट बैंकको निर्देशक तहको मान्छे पठाउने अभ्यास नै छैन । स्याङ्जा घर भएका पाण्डे पैसाको बलमै आयुक्त हुने दौडमा घुँडा धसेर लागिपरेका छन् । देउवासँग उनले कांग्रेस नेता गोपालमान श्रेष्ठमार्फत कुरा अघि बढाइरहेको बुझिएको छ । यसअघि देउवाले आयुक्तका लागि पहिलो डिलिङ जयबहादुर चन्दसँग गरेका थिए । नेपाल प्रहरीको आईजी बनाउन सकिएन, त्यसको क्षतिपूर्ति दिने भन्दै उनले चन्दसँग डिल गरेका थिए । दोस्रो डिल पूर्वसहसचिव गणेशराज कार्की भएको स्रोतको दाबी छ । ओखलढुंगाका नेपाली कांग्रेसका पूर्वसांसद बालाराज कार्कीका छोरा गणेशराज कार्कीपछि तेस्रो डिल राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख दिलीप रेग्मीसँग गरेका थिए । मुख्यसचिव लोकदर्शन रेग्मीले देउवा पत्नी आरजूसँग समन्वय गरेर उनलाई आयुक्त बनाउन बार्गेनिङ भइरहेको बताइन्छ । जसले धेरै पैसा दिन्छ उसैलाई आयुक्त बनाउने खेलमा देउवाले लिलाम बढाबढ गरिरहेका बताइन्छ ।
रिक्त आयुक्त पदमा प्रमुख आयुक्त हुनेगरी पूर्वगृहसचिव प्रेमकुमार राईलाई नियुक्त गर्ने पक्षमा ओली छन् । नेपाली कांग्रेसको भागमा पनि एउटा आयुक्त दिने पक्षमा ओली भएको बताइन्छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply