जनवादी कार्यक्रम नै क्रान्तिको हतियार
कमरेड पुष्पलालले नै हाम्रो देशका शोषित–पीडित जनताको मुक्तिका लागि नेपाल कम्युनिस्ट पार्टीको बीजारोपण गर्नुभएको थियो । त्यही बीज आज प्रस्फुटित, अङ्कुरित र पल्लवित हु“दै विशाल वृक्षमा रूपान्तरित भएको छ । पुष्पलालको रोपेर अहिले विशाल बनेको त्यो वृक्षमा कुनै रोग लाग्न नदिने दायित्व उहा“को विचारका हामी बा“चेका अनुयायीहरूको हो ।
व्यक्तिको मृत्यु हुन्छ, विचार मर्दैन । सही विचार छ भने त्यसले समाजमा सधैं स्थान पाउ“छ । यस अर्थमा पुष्पलालको विचार सही थियो भनिरहनै पर्दैन । सामन्तवादको उन्मूलनका निम्ति वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच कार्यगत एकताका आधारमा संयुक्त जनआन्दोलन उठाउनुपर्दछ भन्ने उहा“को स्पष्ट विचार थियो । यही सिद्धान्तलाई अवलम्बन गरेर हामीले ०४६ सालमा निर्दलीय र दलविहीन पञ्चायती व्यवस्थाको आवरणमा स्थापित राजाको निरङ्कुश व्यवस्थालाई फालेर बहुदलीय प्रजातान्त्रिक व्यवस्था ल्याएका हौं भने दोस्रो कालखण्डमा पनि यही सिद्धान्तलाई अपनाएर सामन्ती राजतन्त्रको समूल अन्त्य गरी देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको चरणमा पु¥याउन सफल भएका छौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र आफैंमा साध्य होइन, साधन हो । साध्य त देशभर भोक, रोग र अशिक्षा अन्त्य गरी सबै क्षेत्रमा समानतामा आधारित शासन व्यवस्था प्राप्ति हो । अब हामीले गर्नुपर्ने काम भनेको समानतामा आधारित शासन व्यवस्था अर्थात् जनवादी व्यवस्थाका निम्ति गर्ने काम हो । हामीले गर्नुपर्ने अबको कामका निम्ति पनि कमरेड पुष्पलालले आफ्नो नया“ जनवादी कार्यक्रममा स्पष्ट रूपमा उल्लेख गर्नुभएको छ । जसरी पुष्पलालको कार्यदिशा संयुक्त जनआन्दोलनको बाटो समातेर अगाडि बढ्दा हामीले नेपाली समाजलाई यहा“सम्म रूपान्तरित गर्न सफल भयौं, त्यसरी नै नया“ जनवादी कार्यक्रमको अर्को पाटोलाई दृढतापूर्वक समाउन सक्यौ भने हामीले भोलि पुनः नेपाली समाजलाई सजिलैस“ग समाजवादको दोस्रो फड्कोमा पु¥याउन सक्नेछौ । त्यसैले, आज पुष्पलालको ३८औं स्मृति दिवसको सन्दर्भमा हामी उहा“का अनुयायी कम्युनिस्टहरूले उहा“का शिक्षालाई आत्मसात् गरेर नया“ जनवादी कार्यक्रमलाई सिद्धान्तबाट व्यवहारमा रूपान्तरित गरी अगाडि बढ्न प्रण गर्नुपर्ने बेला आएको छ । उहा“को स्मृति दिवस मनाउनुको सान्दर्भिकता पनि यही हो ।
आज कमरेड पुष्पलाल हामीबाट भौतिक रूपमा बिदा हुनुभएको ३८ वर्ष बितिसके पनि उहा“को सन्निकटमा रह“दाका कतिपय प्रसङ्गलाई म अझै पनि झलझली सम्झिरहन्छु । ०३२ सालमा काठमाडौंबाट उठेको विद्यार्थी आन्दोलनले राष्ट्रव्यापी रूप लिन थालेपछि त्यसले जनआन्दोलनको रूप लिने भन्ने डरले गर्दा पञ्चायती शासकहरू घु“डा टेक्न बाध्य बनेको हु“दा धेरै माग पूरा भएको खबर बनारसको दसपुत्र गल्लीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेछ । यो खबरलाई त्यसबेला बनारसमा पढ्ने हाम्रो पार्टी समर्थक साथीहरूलाई सुनाउने उद्देश्यले जगन्नाथ आचार्य र मलाई सबै विद्यार्थी साथीहरूलाई पार्टी अफिसमा जम्मा हुनका निमित्त खबर गर्न पुष्पलालले अह्राउनुभयो । हामीले अरू साथीहरूको समेत मद्दत लिएर सम्भव भएसम्मका साथीहरूलाई भेटेर वा खबर पठाएर पार्टी अफिसमा अपराह्न ३ बजे बोलायौं । त्यतिबेला अत्यन्त प्रफुल्ल मुद्रामा बि“डी तान्दै पुष्पलालले हामीलाई काठमाडौं जिल्ला पार्टीबाट आएको रिपोर्टिङको सार सुनाउ“दै भन्नुभएको थियो– ‘हाम्रो पार्टीले लिएको लाइन, संयुक्त जनआन्दोलनको एउटा पक्षको उदाहरण यही हो । लौ हेर्नुहोस्, काठमाडौंमा काङ्ग्रेस समर्थक र कम्युनिस्ट समर्थक विद्यार्थीहरू एकजुट भएर संयुक्त रूपमा आन्दोलनमा लागेका हुनाले यसले सफलता हासिल ग¥यो । पञ्चायती शासकहरूले विद्यार्थीका मागहरू पूरा गर्न बाध्य भए । अब विद्यार्थीहरूले स्वतन्त्र विद्यार्थी युनियन खोल्न पाउने भए । तपाईंहरूलाई विश्वास लाग्दैन भने आफ्नो डायरीमा लेखेर राख्नुहोस्, आज संयुक्त विद्यार्थी आन्दोलनको अगाडि राजाले झुकेर दिन बाध्य भएको त्यही स्वतन्त्र विद्यार्थी युनियन भोलि अर्को परिस्थितिमा पुनः अर्को संयुक्त विद्यार्थी आन्दोलन उठ्दा त्यसले दोस्रो चरणमा अरू जनवर्गीय सङ्गठनहरूलाई समेत समेटेर लैजान सक्यो भने राजाको पञ्चायती व्यवस्थासमेत ढालिदिनेछ र त्यही जनआन्दोलनको उभारलाई जनवादी क्रान्तिको चरणसम्म पु¥याउन सकिनेछ ।’ मलाई अहिले पनि सम्झना छ, कमरेड पुष्पलालले भन्नुभएको थियो– ‘तर, यसका निम्ति एउटा सर्त छ, हाम्रा साथीहरूले जनवादी कार्यक्रमको भावनालाई राम्रोस“ग बुझेर त्यसको मर्म र महŒवलाई आत्मसात् गरेको हुनुपर्दछ । तपाईंहरूले पार्टीको कार्यक्रम आपूmले मात्र बुझ्ने होइन, अरूलाई पनि उसैगरी बुझाउनुहोस् । विरोधीहरूका किताब पनि पढ्नुहोस् । उनीहरूका नीति र हाम्रो पार्टीको राजनीतिमा के–के समानता छन् ? के–के अन्तर छन् ? त्यसलाई केलाउन सिक्नुहोस् । व्यापक बहस चलाउनुहोस् । जनवादी कार्यक्रम नै क्रान्तिको पहिलो हतियार हो । सबै कमरेडको दिमागले यो हतियार बोक्न नसकेसम्म अरू हतियारले काम गर्न सक्दैन । त्यसले राजनीतिमा विचलन ल्याइदिन्छ ।’
यसरी लामो समयसम्म हामीलाई सम्झाएको प्रसङ्ग मेरो स्मृतिपटलमा अझै पनि ताजै छ । दुःखको कुरा त्यसको केही दिनपछि काठमाडौंबाट फेरि अर्को खबर आएछ । सरकारले अखिल र नेविसङ्घका बीचमा घुसपैठ गराएका सीआईडीहरूले सुरुमा पाटन क्याम्पसका विद्यार्थीहरूबीच झगडा उठाइदिन सफल भएछ । त्यहा“बाट फैलिएको विद्यार्थी–विद्यार्थीबीचको झगडा त्रिभुवन विश्वविद्यालयलगायत उपत्यकाका प्रायः सबै क्याम्पसमा मारामारको स्थिति पु¥याई आपसमा लडाइ“बाट रक्ताम्य बनेका विद्यार्थीलाई सरकारले प्लेनमा राखी दिल्ली उपचार गर्न लगेको र त्यही निह“ुमा विद्यार्थीका सबै माग खोसी स्ववियुमाथि प्रतिबन्ध लगाएको खबर बनारसमा पुग्यो ।
उक्त खबर अनुसार काठमाडौंमा हाम्रो पार्टीको तर्फबाट नेतृत्व गरेका सबै विद्यार्थी जेलमा परेको हु“दा विद्यार्थी फा“टमा पार्टी सङ्गठनको निरन्तरता पाउन अर्को व्यवस्था हुनुपर्ने कुरा केन्द्रमा राखेपछि मलाई पुष्पलालले काठमाडौंमा गई विद्यार्थी मोर्चामा काम गर्न भन्नुभयो । कमरेड पुष्पलालले त्यसबेला भन्नुभएको थियो– ‘पार्टीको लाइन अझै क्लियर छैन भने भन, नत्र तिमीजस्तो आन्दोलन
(गुल्मी जिल्लाको किसान आन्दोलन)मा खारिएर परिपक्व बनेको कमरेड अब बनारसमा अल्मलिने होइन । काठमाडौं गएर त्यहा“का साथीहरू र पार्टीसित सम्पर्क गरी विद्यार्थी मोर्चालाई हा“केर लैजाने हुनुप¥यो ।’
कमरेड पुष्पलालको यसै अनुरोधलाई आदेश मानेर म ०३२ सालको असारको अन्तिमतिर बनारसबाट पटना हु“दै वीरगन्जको बाटो काठमाडौं गएर साउनमा बाल्मीकि क्याम्पसमा भर्ना भएको हु“ । ती सबै क्षण भोगेर आएको हुनाले आज पनि म कमरेड पुष्पलाललाई नेता मात्र नभएर आफ्ना एक भरपर्दो अभिभावकका रूपमा सम्झिरहन्छु ।
सम्बन्धित समाचार
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- राष्ट्र संघका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै
- पहिलो पटक कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता
- एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपर्यो -प्रधानमन्त्री प्रचण्ड
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख राहत दिने
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को विशेष बैठक आव्हान
- एक दिवसीय विश्वकप क्रिकेट आजदेखि भारतमा शुरु
Leave a Reply