इन्द्रसरोवरका काँग्रेस कार्यकता नेकपामा प्रवेश
मकवानपुर । नेकपा मकवानपुरका सचिवालय सदस्य रामचन्द्र बलले पार्टीको केन्द्रमा केही अन्तरविरोध देखिएकाले पार्टी फुट्ने होकी भन्ने आशंका कार्यकर्तामा रहेपनि कुनै हालतमा पार्टी नफुट्ने ठोकुवा गरेका छन् । बुधबार मकवानपुरको फाखेलमा वडा पार्टी कार्यालयको उद्घाटन गर्दै कार्यकर्ता भेटघाट कार्यक्रममा नेता बलले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्वोधन गर्दै नेता बलले पार्टीको जग तल्लो तहका कार्यकर्ताहरु भएको र उनीहरुको बलमै पार्टी टिकेको भन्दै कार्यकर्ताहरुले हतास होइन उत्साहका साथ संगठन निर्माणमा जोड दिनुपर्ने बताए । उनले भने, ‘पछिल्लो घटनाक्रमले केही अन्यौलता थपेको छ तर तर आत्तिनु पर्दैन, जो जहाँ छौं, त्यहीँबाट पार्टी निर्माण र एकतावद्ध पारी जनताको बीचमा आ आफ्नो ढंगले जाने काममा जोडदार ढंगले लागौं ।’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ईन्द्रसरोबर गाउपालिकाको ५ नम्बर वडा पार्टी कार्यलय बिहिबार एक कार्यक्रमको बीच उदघाटन गरिएको हो । नेकपा मकवानपुरका सचिवालय सदस्य तथा इन्द्रसरोबर इन्चार्ज रामचन्द्र बलले कार्यालय उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका २०४६ साल देखि कृयाशिल सदस्य राजु बस्नेतको नेतृत्वतमा तरुण दलका युवराज वलामी, बुद्धि राम बलामी, ईन्द्र बहादुर बलामी सहितको ६ जनाको टोलि नेपाली काङ्ग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेका छन् । नेकपाको ५ नम्बर वडा अध्यक्ष जयन्द्र स्याङ्तन को अध्यक्षतमा भएको कार्यक्रममा नेकपा जिल्ला सचिबलय सदस्य तथा ईन्द्रसरोबर गाउपालिका ईन्चार्ज रामचन्द्र बल को प्रमुख आतिथ्यता रहेको थियो । बल नेपाल लोकतान्तिक आदिवासी जनजाती महासंघका निवर्तमान सचिव समेत हुन् । कार्यक्रममा गाँउ पालिका प्रमुख तथा जिल्ला कमिटी सदस्य जीवन लामा, नेकपा जिल्ला सदस्य तथा पालिका सहईन्चर्ज विनायक गोले, नेकपा पार्टी अध्यक्ष ऋषिराम पुडासैनी, सचिब बिर्जु पदम लामा, वडा अध्यक्ष धनराज महर्जन लगयतले मन्तव्य राखेका थिए । कार्यक्रममा पार्टीका नयाँ र पुराना कार्याकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- राष्ट्र संघका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै
- पहिलो पटक कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता
- एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपर्यो -प्रधानमन्त्री प्रचण्ड
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख राहत दिने
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- मन्त्रिपरिषद्को विशेष बैठक आव्हान
- एक दिवसीय विश्वकप क्रिकेट आजदेखि भारतमा शुरु
Leave a Reply