पम्पको लाखौं हिनामिना गर्नेको अझै खोजी भएन
काठमाडौं । प्रहरी कल्याण कोषअन्तर्गत सञ्चालिते पेट्रोल पम्पमा लाखौं अनियमितता गर्नेहरू व्यक्तिको प्रहरीका हाकिमहरूबाट नै संरक्षण हँुदै आएको छ । प्रहरी निरीक्षक वासुदेव नेपालले विगत एक वर्षदेखि कमान्ड गरिरहेको पम्पमा व्यापक अनियमितता भए पनि त्यसको खोजी थालिएको छैन ।
पम्पको ५०औं लाख रकम हिनामिना गरिए पनि अहिले लेखापाल दिलीप कार्की बेपत्ता छन् । प्रहरी नियमावलीअनुसार कार्यालय छाडेको वा गैरहाजिर रहेको १५ दिनपछि खोजतलास गर्नुपर्ने, सम्पर्कमा आएन भने पत्रिकामा सूचना निकाल्नुपर्ने हुन्छ । तर, असई कार्की विगत तीन महिनाभन्दा बढीदेखि पम्पको सम्पर्कमा रहेका छैनन् । विगत १३ वर्षदेखि लगातार पम्पको लेखा शाखामा रहेका असई कार्की पछिल्लो समय करोड रकम बेरुजु देखिने भएपछि बेपत्ता भएका हुन् । पम्पमा बसेर लाखौं रकमको तेलको आयात, निर्यात र बिक्रीको फेहरिस्त राख्ने जिम्मेवारी पाएका उनले त्यसको हरहिसाब राम्रोसँग नराखी रकम मासेकाले अहिले भागीभागी हिँडेको पम्पस्रोतले बतायो । उनले प्रहरीका उच्च तहका हाकिमहरूसँग घुस खुवाएर सेटिङ कायम गरेकाले कार्कीलाई सबैतिरबाट संरक्षण रहेको बताइन्छ । अन्य प्रहरीलाई बिनासूचना १५ दिन मात्र गयल हुँदा कारबाही हुने भए पनि करोडौंको रकम गोलमाल गरी कार्यालयबाट बिनासम्पर्क बेपत्ता हुने कार्कीलाई किन कारबाही भएन ? भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
प्रहरी कर्मचारीहरूको आन्तरिक अडिट प्रहरीभन्दा बाहिरको व्यक्तिले गर्न नपाउने भए पनि कल्याण कोषको अडिट भने चार्टर एकान्टेन्ट जीवन पौडेललाई गराउने गरिएको छ । महालेखापरीक्षकको विभागअन्तर्गतका कर्मचारी रहेका पौडेलले नै लामो समयदेखि पम्पको अडिट गर्दै आइरहेका छन् । उनैले आफ्ना अडिट फर्मका कर्मचारीलाई खटाएर पम्पको हिसाब मिलाउँदै आए पनि यसपटक भने मोटो रकम हिनामिना गररे कार्की बेपत्ता भएकाले मिलाउन समस्या परेको बुझिएको छ ।
अहिले पम्पका इन्चार्ज नेपालको प्रत्यक्ष निर्देशनमा केशव केसी र मनोज केसी दुई भाइ मिलेर पम्पमा अनियमिताको धन्दा चलाएको बताइएको छ । जसमा न्यौपाने थरका कार्यालय सहयोगीको भूमिका पनि ठूलो रहेको बताइन्छ ।
सुरुमा भान्छेका रूपमा नियुक्ति भएका उनी माथिल्लो तहको शक्ति प्रयोग गरेर लामो समयदेखि पम्पमै क्रियाशील छन् । प्रहरी निरीक्षक नेपाल सो पम्पको नेतृत्व गर्न आइपुगेको करिब एक वर्ष पुगेको छ भने हवल्दारद्वय केसी विगत चार वर्षदेखि त्यही कार्यरत रहेका छन् । उनीहरूको अनियमिततामा जवान छवि न्यौपानेले पनि दह्रो साथ दिने गरेको बताइन्छ ।
लामो समयदेखि सो पम्पमा मस्ती मारेर बसेका व्यक्तिहरूको सेटिङमा नै अहिले पनि पम्पलाई कमाउ धन्दाको अखडा बनाइएको बताइन्छ । स्मरणीय छ, प्रहरीभित्र पनि कल्याणकारी कोषअन्तर्गत पेट्रोल पम्पको जागिरलाई आकर्षक र मालदार मानिन्छ । एकपटक त्यो स्थानमा बसिसकेका प्रहरी कर्मचारीहरूलाई दोहो¥याएर त्यही स्थानमा नराख्ने प्रहरीको आन्तरिक नियम भए पनि पेट्रोल पम्पका केही कर्मचारीका हकमा भने त्यो नियम लागू भएको छैन । उनीहरू चार–पाँच वर्षदेखि पम्पमै तर मारेर बस्न पाइरहेका छन् । केसीद्वयको नेतृत्वमा पम्पका कर्मचारीहरूले उपत्यकामा भएका प्रहरी कार्यालयबाट इन्धन नै नहाली कुपनलाई आधा रकम दिने र उक्त तेल बेचेर पैसा खल्तीमा हाल्ने गर्दै आएको आरोप छ । उनीहरूले तेलै नहालीकन तेल घटेको भन्ने बहाना बनाएर रकम असुल्ने गर्दै आएको बताइएको छ । त्यसो गर्दा काउन्टरमा मासिक ३ लाखसम्म अतिरिक्त जम्मा हुने र सो रकमबाट इन्सपेक्टर, असईदेखि सबै कर्मचारीले भागबन्डा गर्दै आएका छन् ।
प्रहरी महानिरीक्षक संरक्षक रहने प्रहरी कल्याण कोषको अध्यक्ष प्रशासन विभागका एआईजी हुने गर्छन्, जसले प्रहरीका लागि विभिन्न किमिसका सेवा प्रदान गर्दै आएको छ । हाल पेट्रोल पम्प, हेल्थ क्लब कोषअन्तर्गत सञ्चालन भइरहेको ती सबै निकायमा अनियमितता जारी रहेको बताइन्छ ।
त्यसैले प्रहरी कल्याण कोषका एसएसपी लालमणि आचार्यले नक्सालस्थित प्रहरी पेट्रोलपम्प र सामाखुसीस्थित प्रहरी पेट्रोल पम्पमा कार्यरत कर्मचारीहरूमा छानबिन गर्नुपर्ने आवाज उठेको छ । एसएसपी आचार्य थाहा नपाएजस्तो गरेर बस्ने हो भने त्यहाँको कमिसन उनको भागमा पनि पुगेको स्पष्ट हुन्छ ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply